Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओमिक्रोन भेरियन्ट फैलनुमा पार्टीहरू नै जिम्मेवार छन् : डा.दीक्षित
ओमिक्रोन भेरियन्ट फैलनुमा पार्टीहरू नै जिम्मेवार छन् : डा.दीक्षित
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २७, २०७८
Hardik health
काठमाडौं– वरिष्ठ चिकित्सक डा.सुन्दरमणी दिक्षितले नेपालमा कोरोना भाइरस फैलनुमा राजनीतिक दलहरू दोषी भएको बताएका छन् । दलहरूले महाधिवेशन गर्दा संक्रमण फैलिएको उनको टिप्पणी थियो । सोमबार साक्षात्कारमा बोल्दै डा. दिक्षितले सरकारले अग्रिम जानकारी हुँदा पनि धेरै राजनीतिक दलहरूलाई महाधिवेशन गर्न दिएकोले कोरोना संक्रमण फैलिएको बताए । दलहरूले कोरोना संक्रमणलाई गम्भीर रूपमा नलिएकाले भयावह अवस्था आइसकेको बताए । आफूले सबै पार्टीलाई विधान परिवर्तन गरेर थोरै समयमा महाधिवेशनको काम सक्न सल्लाह दिएपनि कार्यान्वयन नगरेको बताए । कुनै पनि दल र दलका नेताहरूको प्रतिवेदनमा कोरोना खोपको बारेमा उल्लेख नगरेकोे समेत बताए । सरकारले आङ्खनो पार्टीको भेला रोक्न नसकेको भन्दै आज २५ जनाको भेलालाई रोक्न खोज्नु हास्याँस्पद भएको बताए । आफुले २ वर्ष अगावै कोरोना भाइरसको खतराबारे जानकारी दिएको सुनाए । नेपाली जनताले आज बाध्य भएर कोरोना भाइरसको बारेमा जान्न र सुन्न परेको उनले बताए । भाइरसलाई भ्रष्टचारीको संज्ञा दिँदै उनले भने, ‘भ्रष्टाचारीलाई जतिनै मासियो भनेपनि बढी हाल्छ त्यस्तै हो यो भाइरस, हाम्रै वरिपरि घुमिरहेको हुन्छ ।’ मानिसहरूको लापरवाहीले गर्दा नै भाइरस संक्रमण बढेको उनको भनाई थियो । भुटानले सबै जनसंख्यालाई २ डोज दिइसक्दा नेपालले बालबालिकाहरूलाई खोप दिन नसकेको बताए । लकडाउन समस्याको समाधान होइन् भन्दै उनले भाइरसलाई लकडाउनले केही नगर्ने तर्क गरे । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का निमित्त प्रमुख कार्यकारी अधिकारी डा.भुपेन्द्र बस्नेतले कोरोना भाइरसको संक्रमित बिरामीको चाप बढेको बताए । बिरामी बढेकोले आवश्यक तयारी गरेको बताए । संक्रमणको संख्या बढ्दै जाँदा तयारीलाई सरकारले तिव्रता दिएको उनले स्पष्ट पारे । वीर अस्पतलामा उनले वीर अस्पतालमा १ सय वटा आइसीयु, १ सय वटा एचडियु, ३ सय वटामा अक्सिजनको सुविधा र २ वटा अक्सिजन प्लान्ट छ तयारी अवस्थामा राखिएको जानकारी दिए । जस्ले खोप लगाएका छन् यसको संक्रमण कम र खोप नलगाएकाहरूमा ओमिक्रोनको प्रभाव बढी देखिएको उनले जानकारी दिए । नेपाल सरकारले तोकेको कोभिड–१९ सेन्ट्रल अस्पताल वीर अस्पताल भएको बताए । सरकारले तोकेका उपत्यकामा १३ वटा कोभिड अस्पताल रहेको जानकारी दिँदै उनले प्रदेशमा सातवटा कोभिड अस्पताल रहेको बताए । बिरामीको चाप र आवश्यकताको आधारमा अस्पताल थप भएर जाने समेत उनले बताए । भाइरसविज्ञ डा.रमेश आचार्यले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाँडो फैलिइरहेको बताए । ‘ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाडो फैलिएको छ । पत्ता लागेको डेढ महिनामा धेरै देशमा पुगिसकेको छ,’ उनले भने । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाएको मध्ये पनि कति प्रतिशत एन्टीबडी उत्पादन भयो त्यो कसैलाई थाहा नभएको भन्दै उनले खोप लगाएकाहरू पनि सचेत हुनपर्ने बताए । ओमिक्रोन भेरियन्ट अहिले संसार भरीमा भेरोसिल्ड खोप भन्दा फाइजर, जोनसोन र मोर्डना खोपमा कम असर देखिएको डाटा उल्लेख गरे । ज–जसले दोस्रो डोज लगाएका सबैले तेस्रो डोज ‘बुस्टर’ लगाउन पर्ने डा.आचार्यले सुझाव दिए । अन्य देशमा २ वर्ष देखि ११ वर्ष मुनिका उमेर समुहका धेरै बालबालिकाले खोप लगाएको भन्दै उनले नेपालका बालबालिकाहरूलाई पनि तुरुन्तै खोपको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे । ओमिक्रोन र डेल्टा भेरियन्ट मिक्स भएर आएमा अहिले लगाएको खोपले काम नगर्ने उनको भनाई थियो ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  ०३:३६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP