Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवा–ओली भेटवार्ता गतिरोध अन्त्यको आस
देउवा–ओली भेटवार्ता गतिरोध अन्त्यको आस
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २५, २०७८
Hardik health
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच शनिबार भेटवार्ता भएको छ । लामो समयदेखि संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा अवरोध गर्दै आएको एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीबीचको औपचारिक भेटले जारी राजनीतिक गतिरोध अन्त्यको आस पलाएको छ । मुख्य गरेर गत ५ पुसमा तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई दलका शीर्ष नेताका बीचमा संवादहीनताको अवस्था सिर्जना भएको थियो । उक्त निर्णयलाई सर्वोच्च अदालतले खारेज गर्दै प्रतिनिधिसभा पुनस्र्थापना गरिदिएको थियो । त्यसपछि ओलीले दोस्रोपटक गत ८ जेठमा प्रतिनिधिसभा विघटन गरेका थिए । उक्त विघटित प्रतिनिधिसभालाई पनि सर्वोच्चले पुनस्र्थापित गरिदिएको थियो । यसपटक देउवाको नेतृत्वमा सरकार गठनको अन्तरिम आदेश माग गर्दै एमालेकै केही सांसदसहित अन्य दलका सांसदहरू अदालत पुगेका थिए । दोस्रोपटक सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना मात्र गरेन, देउवालाई समय तोकेर प्रधानमन्त्रीमा नियुक्त गर्न परामदेश नै जारी गरेको थियो । पहिलोपटकको संसद विघटनपछि नै कांग्रेस उक्त निर्णयविरुद्ध आन्दोलनमा उत्रिएको थियो । दोस्रोपटक सर्वोच्चले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि एमालेले संसदमा अवरोध गर्दै आएको छ । कांग्रेस आन्दोलनमा उत्रिएपछि नै एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीचमा औपचारिक संवाद हुन सकेको थिएन । लामो समयदेखिको संवादहीनताको अन्त्य गर्दै ओली र देउवाबीचमा शनिबार भेटवार्ता भएको हो । प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्न प्रधानमन्त्री देउवा भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए । भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीले अनुरोध गरेको बताएका छन् । भेटमा अमेरिकी सहायता परियोजना एमसिसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेका छन् । एमालेले कारबाही गरेका माधव नेपालसहित १४ संसदको कारबाही रोकेर अवैध रूपमा दल (नेकपा एस) दर्ता गरिएको प्रतिपक्षीले लगातार संसद अवरुद्ध गर्दै आएको छ । माधव नेपालको कारबाही वैध हुनुपर्ने, सांसदको हैसियतमा संसदमा उपस्थित गराउन नहुने र कारबाही रोक्ने सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने एमालेको माग छ । एमालेसँग सम्वाद गर्न यसअघि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाए पनि माधव नेपाल सहभागी भएका कारण एमाले सहभागी भएन । त्यसैगरी सभामुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको छैन । सहमतिको निरन्तर प्रयास गर्दा पनि एमालेले अवरोध कायमै राखेपछि सत्ता गठबन्धनले सम्वाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ । जसअन्तर्गत देउवा बालकोटा पुगेका हुन् । ओली र देउवाको शनिबारको भेटले राजनीतिक गतिरोध अन्त्य गर्दै निकासको वातावरण बन्ने अपेक्षा गरिएको छ । राजनीतिक दलहरूबीच संवाद हुन नसक्दा अवधि पूरा हुन लाग्दासमेत स्थानीय तहको निर्वाचनको बारेमा केही निर्णय गर्न सकिएको छैन । निर्वाचन आयोगले पहिले चैतमा र पछिल्लोपटक आगामी २० वैशाखमा निर्वाचन गर्ने गरी मितिसमेत प्रस्ताव गरिसकेको छ । तर, दलहरूबीच यसबारेमा केही सहमति हुन सकेको छैन ।
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  ०३:०२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
ओलीको बोलीमा राप्रपाको आपत्ति
ओलीको बोलीमा राप्रपाको आपत्ति शुक्रबार, भदौ १३, २०८२
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने बिहीबार, भदौ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP