Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवा–ओली भेटवार्ता गतिरोध अन्त्यको आस
देउवा–ओली भेटवार्ता गतिरोध अन्त्यको आस
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २५, २०७८
Hardik health
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच शनिबार भेटवार्ता भएको छ । लामो समयदेखि संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा अवरोध गर्दै आएको एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीबीचको औपचारिक भेटले जारी राजनीतिक गतिरोध अन्त्यको आस पलाएको छ । मुख्य गरेर गत ५ पुसमा तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई दलका शीर्ष नेताका बीचमा संवादहीनताको अवस्था सिर्जना भएको थियो । उक्त निर्णयलाई सर्वोच्च अदालतले खारेज गर्दै प्रतिनिधिसभा पुनस्र्थापना गरिदिएको थियो । त्यसपछि ओलीले दोस्रोपटक गत ८ जेठमा प्रतिनिधिसभा विघटन गरेका थिए । उक्त विघटित प्रतिनिधिसभालाई पनि सर्वोच्चले पुनस्र्थापित गरिदिएको थियो । यसपटक देउवाको नेतृत्वमा सरकार गठनको अन्तरिम आदेश माग गर्दै एमालेकै केही सांसदसहित अन्य दलका सांसदहरू अदालत पुगेका थिए । दोस्रोपटक सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना मात्र गरेन, देउवालाई समय तोकेर प्रधानमन्त्रीमा नियुक्त गर्न परामदेश नै जारी गरेको थियो । पहिलोपटकको संसद विघटनपछि नै कांग्रेस उक्त निर्णयविरुद्ध आन्दोलनमा उत्रिएको थियो । दोस्रोपटक सर्वोच्चले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि एमालेले संसदमा अवरोध गर्दै आएको छ । कांग्रेस आन्दोलनमा उत्रिएपछि नै एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीचमा औपचारिक संवाद हुन सकेको थिएन । लामो समयदेखिको संवादहीनताको अन्त्य गर्दै ओली र देउवाबीचमा शनिबार भेटवार्ता भएको हो । प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्न प्रधानमन्त्री देउवा भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए । भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीले अनुरोध गरेको बताएका छन् । भेटमा अमेरिकी सहायता परियोजना एमसिसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेका छन् । एमालेले कारबाही गरेका माधव नेपालसहित १४ संसदको कारबाही रोकेर अवैध रूपमा दल (नेकपा एस) दर्ता गरिएको प्रतिपक्षीले लगातार संसद अवरुद्ध गर्दै आएको छ । माधव नेपालको कारबाही वैध हुनुपर्ने, सांसदको हैसियतमा संसदमा उपस्थित गराउन नहुने र कारबाही रोक्ने सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने एमालेको माग छ । एमालेसँग सम्वाद गर्न यसअघि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाए पनि माधव नेपाल सहभागी भएका कारण एमाले सहभागी भएन । त्यसैगरी सभामुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको छैन । सहमतिको निरन्तर प्रयास गर्दा पनि एमालेले अवरोध कायमै राखेपछि सत्ता गठबन्धनले सम्वाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ । जसअन्तर्गत देउवा बालकोटा पुगेका हुन् । ओली र देउवाको शनिबारको भेटले राजनीतिक गतिरोध अन्त्य गर्दै निकासको वातावरण बन्ने अपेक्षा गरिएको छ । राजनीतिक दलहरूबीच संवाद हुन नसक्दा अवधि पूरा हुन लाग्दासमेत स्थानीय तहको निर्वाचनको बारेमा केही निर्णय गर्न सकिएको छैन । निर्वाचन आयोगले पहिले चैतमा र पछिल्लोपटक आगामी २० वैशाखमा निर्वाचन गर्ने गरी मितिसमेत प्रस्ताव गरिसकेको छ । तर, दलहरूबीच यसबारेमा केही सहमति हुन सकेको छैन ।
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  ०३:०२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP