

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले तत्काल मल, खाद समस्या समाधान हुने बताएका छन् । उनले भारतसँग जिटुजीमार्फत मल खरिदको सम्झौता हुने जनाएका हुन् ।
बिहीबार आयोजित साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले युवा शक्ति स्वदेशमै बसोस भन्ने आफूहरूको चाहना रहेको पनि सुनाए । कृषिमा सरकारले अनुदानको व्यवस्था गरेको पनि बताए । उनले देशको मेरुदण्ड भनेको कृषि नै रहेको उल्लेख गरे ।
त्यस्तै, उनले उत्पादन वृद्धिको लागि सामूहिक खेती गर्नुपर्नेमा पनि जोड दिए । उनले निजी, सहकारी र सरकारी क्षेत्रको सहकार्यमा नै कृषि क्षेत्रको विकास हुने उल्लेख गरे । मन्त्री यादवले अहिलेपनि मल, खादको अभाव रहेको सुनाए । अहिले नेपालमा विद्युतमा आधारित मल कारखाना निर्माणको कुरा भैरहेको उनले जनाए । उनले मलको समस्या समाधानको लागि जिटुजीमार्फत खरिद गरिने पनि सुनाए । उनले नेपालमा प्रति वर्ष ५ लाख मेट्रिक टन युरिया चाहिने र २ लाख मेट्रिक टन डिएपी चाहिने आवश्यकत्ता सुनाए । मल खरिदको लागि अन्य देशसँग पनि पत्राचार गरेको उनले उल्लेख गरे ।
त्यस्तै, मल व्यवस्थापनको सम्बन्धमा प्रदेश सरकारलाई पनि केन्द्रबाट कार्यविधि बनाएर पठाएको यादवले सुनाए । उनले भने–‘जैविक मल र प्राङगरिक मललाई प्रदेश र स्थानीय सरकारले दुवै मिलेर मल किसानलाई अघि बढाउन भनेका छौं । अनुदानको प्रक्रिया अघि बढाएको छ । अहिले हामीले किन्दा एक सय १५ रूपैयाँ पर्छ । सरकारले किसानलाई १५ रूपैयाँ सब्सिडी दिन्छ । अब किसानलाई १०० रूपैयाँ पर्छ । अहिले जुन प्रकारले मलको अभाव भैरहेको छ।
अहिलेसम्म सरकारको २७ अर्ब ७१ करोड सरकारले खर्च गर्ने अवस्था छ । यसलेपनि समस्याको समाधान हल हुने देखिँदैन । अहिले २७ अर्ब छ । करिब–करिब ४५ अर्ब चाहिन्छ। सब्सिडीको लागि ।’ त्यस्तै, उखुको मूल्य ५९० रूपैयाँ दिने भनेर निर्धारण गरिएको सुनाए । मन्त्री यादवले भारत सरकारले नेपालको विकास र नेपाली जनताको हितको लागि धेरै ठूलो योगदान गरेको विश्वास दिलाए । उनले भने–‘चाहे राजनीतिक, चाहे आर्थिक या सामाजिक क्षेत्रमा, या त प्राकृतिक प्रकोपको अवस्थामा भारतले निरन्तर नेपाललाई सहयोग गरेको छ । भारतले मल खाद दिने निर्णय गर्यो, यो खुशीको कुरा हो ।
भारतमा नै मलको अभाव छ। पाँच लाख मेट्रिक टन भारतले दिओस भन्ने हामी चाहन्छौं । अहिले डेढ लाख मेट्रिक टन दिएको छ । मलमात्रै होईन, कोभिडको कहरमा पनि भारतले सकारात्मक सहयोग गरेको छ । यो निरन्तर रहन्छ भन्ने विश्वास लिएको छु ।’