Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राजदूत नियुक्तिको अन्तिम तयारी
राजदूत नियुक्तिको अन्तिम तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २२, २०७८
Rajdoot copy
Hardik health
काठमाडौं– सरकारले २० मुलुकमा राजदूत नियुक्तिको अन्तिम तयारी गरेको छ । रिक्त रहेका ती मुलुकमा राजदूत नियुक्तिका लागि सत्तासाझेदार दलको उच्च तहमा सहमतिसमेत भएको समाचार स्रोतको दाबी छ । राजदूत बन्न र बनाउनका लागि सत्तारुढ दलका विदेश विभागका सदस्य, कूटनीतिक मामिला जानकार, बुद्धिजीवी, सांसद र पूर्वप्रशासकहरले इच्छा व्यक्त गरे पनि सरकारले यसबारे गोप्य नाम नै तयार गरेको बताइन्छ । भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरिइसकिएको छ । तर, चीनमा राजदूत सिफारिस गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाले चासो नदिएको बताइन्छ । चीनमा प्रधानमन्त्री देउवाले चासो नदेखाएपछि नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसमक्ष चासो देखाएको बताइएको छ । यसअघि नै राजदूतहरुको नाम सिफारिस गरिने भनिए पनि सत्तासाझेदार दलका प्रमुख घटक नेपाली कांग्रेसको महाधिवेशनले छोपेपछि सो कार्य पछि सरेको थियो । त्यसपछि सत्ता साझेदार दल माओवादी केन्द्रको महाधिवेशन पनि हुने भएपछि सो कार्य तत्कालका लागि थाति राखिएको थियो । अहिले भने दुवै दलको महाधिवेशन सम्पन्न भएकाले अब बस्ने मन्त्रिपरिषद्को बैठकले राजदूतको नाम सिफारिस हुने बताइएको छ । अहिले राजनीतिक कोटाबाट १४ जना र परराष्ट्र सेवाबाट ६ जनालाई राजदूत नियुक्त गर्न लागिएको बताइन्छ । जसमा सत्तासझेदार दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच भागबण्डासमेत मिलेको छ । भारत र पश्चिमा मुलुकमा राजदूत सिफारिस भए पनि चीनमा राजदूत सिफारिस ढिला गर्न नहुने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवामाथि दबाब दिएको बताइन्छ । सरकारले चीन, कतार, मलेसिया, जापान, बंगलादेश, ओमान, स्पेन, दक्षिण अफ्रिका, म्यानमार, दक्षिण कोरिया, ब्राजिल, इजिप्ट, साउदी अरेबिया, अस्ट्रेलिया, श्रीलंका, बहराइन, इजरायल, डेनमार्क, रुस र अस्ट्रियामा राजदूत नियुक्तिको सिफारिसका लागि गृहकार्य अघि बढाइसकिएको छ । राजनीतिक दलबाहेकका परराष्ट्र सेवाका तर्फबाट सिफारिस हुनेको सूची चाहिँ परराष्ट्रमन्त्री र परराष्ट्र सचिवले तयार पारेको छ । यसपटक राजदूत बन्नेहरुमा माओवादी केन्द्रबाट पूर्वमुख्यसचिव लीलामणि पौड्याल, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वउपकार्यकारी निर्देशक रुपक सापकोटा, परराष्ट्र मामिलाका जानकार ऋषिकेशकुमार झा र मानवअधिकारवादी विष्णुपुकार श्रेष्ठको नाम प्रस्तावित राजदूतका रुपमा चर्चामा छ । एकीकृत समाजवादीका तर्फबाट जापान, श्रीलंकासहित तीन देशका लागि राजदूत सिफारिस हुने बताइएको छ । यो पार्टीबाट अहिले मिलनराज तुलाधर र डा.युवराज संग्रौलालगायतको नाम चर्चामा छ । चीनका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीमध्ये कसले राजदूत सिफारिस गर्ने भन्नेमा विवाद देखिएको बताइएको छ । प्रधानमन्त्री देउवाले चीनका लागि उमेर र कार्यानुभवले खारिएका व्यक्ति हुनुपर्ने अध्यक्ष दाहाललाई सुझाएको स्रोत बताउँछ । उता कांग्रेसको कोटामा राजदूत बन्न पूर्वप्रशासक, सांसददेखि पूर्वराजदूत समेत दौडधूपमा छन् । प्रभु बुढाथोकी र अरुणकुमार सुवेदीलगायतको नाम कांग्रेसबाट चर्चामा छ । यद्यपि, कांग्रेसकै कोटामा राजदूत बनिसकेका चोपलाल भुसाल र रमेश कोइराला लगायत समेत राजदूत बन्ने दौडमा छन् । जनता समाजवादी पार्टीको कोटामा दक्षिण कोरिया, साउदी अरब र ओमानका लागि राजदूत सिफारिस हुने स्रोतको भनाइ छ । जसपाबाट प्रद्युम्नविक्रम शाहलगायत राजदूत हुने दौडमा छन् । परराष्ट्रका पूर्व सहसचिव शाह ब्राजिलका लागि पूर्व नेपाली राजदूत हुन् । राजदूत नियुक्तिलाई समावेशी बनाउनुपर्ने दबाबमा सरकार छ। संसदीय सुनुवाइ समितिले पटक—पटक राजदूत सिफारिस समावेशी बनाउन सरकारलाई निर्देशन दिइसकेको छ । उता सरकारले राजदूत सिफारिसको तयारी गरेपछि परराष्ट्र सेवाका दर्जन सहसचिवबीच कडा प्रतिस्पर्धा भएको बुझिएको छ । सहसचिवहरु निर्मलराज काफ्ले, भरतकुमार रेग्मी, लोकबहादुर थापा, हरिश्चन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्यालको नाम अगाडि आएको स्रोतको दाबी छ ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १४:०८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP