Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राजदूत नियुक्तिको अन्तिम तयारी
राजदूत नियुक्तिको अन्तिम तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २२, २०७८
Rajdoot copy
Hardik health
काठमाडौं– सरकारले २० मुलुकमा राजदूत नियुक्तिको अन्तिम तयारी गरेको छ । रिक्त रहेका ती मुलुकमा राजदूत नियुक्तिका लागि सत्तासाझेदार दलको उच्च तहमा सहमतिसमेत भएको समाचार स्रोतको दाबी छ । राजदूत बन्न र बनाउनका लागि सत्तारुढ दलका विदेश विभागका सदस्य, कूटनीतिक मामिला जानकार, बुद्धिजीवी, सांसद र पूर्वप्रशासकहरले इच्छा व्यक्त गरे पनि सरकारले यसबारे गोप्य नाम नै तयार गरेको बताइन्छ । भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरिइसकिएको छ । तर, चीनमा राजदूत सिफारिस गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाले चासो नदिएको बताइन्छ । चीनमा प्रधानमन्त्री देउवाले चासो नदेखाएपछि नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसमक्ष चासो देखाएको बताइएको छ । यसअघि नै राजदूतहरुको नाम सिफारिस गरिने भनिए पनि सत्तासाझेदार दलका प्रमुख घटक नेपाली कांग्रेसको महाधिवेशनले छोपेपछि सो कार्य पछि सरेको थियो । त्यसपछि सत्ता साझेदार दल माओवादी केन्द्रको महाधिवेशन पनि हुने भएपछि सो कार्य तत्कालका लागि थाति राखिएको थियो । अहिले भने दुवै दलको महाधिवेशन सम्पन्न भएकाले अब बस्ने मन्त्रिपरिषद्को बैठकले राजदूतको नाम सिफारिस हुने बताइएको छ । अहिले राजनीतिक कोटाबाट १४ जना र परराष्ट्र सेवाबाट ६ जनालाई राजदूत नियुक्त गर्न लागिएको बताइन्छ । जसमा सत्तासझेदार दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच भागबण्डासमेत मिलेको छ । भारत र पश्चिमा मुलुकमा राजदूत सिफारिस भए पनि चीनमा राजदूत सिफारिस ढिला गर्न नहुने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवामाथि दबाब दिएको बताइन्छ । सरकारले चीन, कतार, मलेसिया, जापान, बंगलादेश, ओमान, स्पेन, दक्षिण अफ्रिका, म्यानमार, दक्षिण कोरिया, ब्राजिल, इजिप्ट, साउदी अरेबिया, अस्ट्रेलिया, श्रीलंका, बहराइन, इजरायल, डेनमार्क, रुस र अस्ट्रियामा राजदूत नियुक्तिको सिफारिसका लागि गृहकार्य अघि बढाइसकिएको छ । राजनीतिक दलबाहेकका परराष्ट्र सेवाका तर्फबाट सिफारिस हुनेको सूची चाहिँ परराष्ट्रमन्त्री र परराष्ट्र सचिवले तयार पारेको छ । यसपटक राजदूत बन्नेहरुमा माओवादी केन्द्रबाट पूर्वमुख्यसचिव लीलामणि पौड्याल, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वउपकार्यकारी निर्देशक रुपक सापकोटा, परराष्ट्र मामिलाका जानकार ऋषिकेशकुमार झा र मानवअधिकारवादी विष्णुपुकार श्रेष्ठको नाम प्रस्तावित राजदूतका रुपमा चर्चामा छ । एकीकृत समाजवादीका तर्फबाट जापान, श्रीलंकासहित तीन देशका लागि राजदूत सिफारिस हुने बताइएको छ । यो पार्टीबाट अहिले मिलनराज तुलाधर र डा.युवराज संग्रौलालगायतको नाम चर्चामा छ । चीनका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीमध्ये कसले राजदूत सिफारिस गर्ने भन्नेमा विवाद देखिएको बताइएको छ । प्रधानमन्त्री देउवाले चीनका लागि उमेर र कार्यानुभवले खारिएका व्यक्ति हुनुपर्ने अध्यक्ष दाहाललाई सुझाएको स्रोत बताउँछ । उता कांग्रेसको कोटामा राजदूत बन्न पूर्वप्रशासक, सांसददेखि पूर्वराजदूत समेत दौडधूपमा छन् । प्रभु बुढाथोकी र अरुणकुमार सुवेदीलगायतको नाम कांग्रेसबाट चर्चामा छ । यद्यपि, कांग्रेसकै कोटामा राजदूत बनिसकेका चोपलाल भुसाल र रमेश कोइराला लगायत समेत राजदूत बन्ने दौडमा छन् । जनता समाजवादी पार्टीको कोटामा दक्षिण कोरिया, साउदी अरब र ओमानका लागि राजदूत सिफारिस हुने स्रोतको भनाइ छ । जसपाबाट प्रद्युम्नविक्रम शाहलगायत राजदूत हुने दौडमा छन् । परराष्ट्रका पूर्व सहसचिव शाह ब्राजिलका लागि पूर्व नेपाली राजदूत हुन् । राजदूत नियुक्तिलाई समावेशी बनाउनुपर्ने दबाबमा सरकार छ। संसदीय सुनुवाइ समितिले पटक—पटक राजदूत सिफारिस समावेशी बनाउन सरकारलाई निर्देशन दिइसकेको छ । उता सरकारले राजदूत सिफारिसको तयारी गरेपछि परराष्ट्र सेवाका दर्जन सहसचिवबीच कडा प्रतिस्पर्धा भएको बुझिएको छ । सहसचिवहरु निर्मलराज काफ्ले, भरतकुमार रेग्मी, लोकबहादुर थापा, हरिश्चन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्यालको नाम अगाडि आएको स्रोतको दाबी छ ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १४:०८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
ओलीको बोलीमा राप्रपाको आपत्ति
ओलीको बोलीमा राप्रपाको आपत्ति शुक्रबार, भदौ १३, २०८२
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने बिहीबार, भदौ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP