Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सभापतिलाई कोइरालाको प्रश्न मनोनयनको मापदण्ड के हो ?
सभापतिलाई कोइरालाको प्रश्न मनोनयनको मापदण्ड के हो ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २२, २०७८
Shekhar-Koirala
Hardik health
काठमाडौं– दोस्रोपटक नेपाली कांग्रेसको सभापति पदमा निर्वाचित शेरबहादुर देउवाको सबैजसो निर्णय विवादरहित बन्न सकेको छैन । सभापतिमा जित्न विधानविपरीत नजाने र गुटका आधारमा कसैलाई विभेद् नगर्ने वाचा गरेका देउवाले पछिल्लो सबै निर्णयमा गुटको घेरा तोड्न नसकेको भन्दै आलोचना भएको छ । गत मंसिरमा सम्पन्न पार्टीको १४औँ महाधिवेशनपछि कांग्रेसमा गुटबन्दी कम हुने अनुमान गरिएको थियो । तर, देउवाको पछिल्लो निर्णयले अनुमानविपरीत पार्टीभित्र गुटबन्दी झन् मौलाउने परिस्थिति बनेको छ । १४औँ महाधिवेशनमा संस्थापन इतर पक्षका नेताहरू एक ठाउँमा उभिन नसक्दा देउवाले जित हात पारेका हुन् । पहिलो चरणमा देउवासँगै नेताहरू डा.शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशनमान सिंह र कल्याण गुरुङ पनि सभापतिको दौडमा थिए । पहिलो चरणमा कसैले बहुमत प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा भयो । उक्त प्रतिस्पर्धामा नेतृत्व परिवर्तनको चर्का कुरा गर्ने बाँकी सबै उम्मेदवार आश्चार्यजनक रूपमा देउवाको समर्थनमा उभिए । अन्ततः कोइरालालाई पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भए । पहिलो चरणमा बहुमत प्राप्त गर्न नसकेपछि देउवाले निधि, सिंह र गुरुङसँग सहयोगको याचना गरे । त्यसक्रममा उनीहरूले देउवा अघिल्लोपटक विधानविपरीत चलेको भन्दै गुनासो गरे । देउवाले अब आफू विधानभन्दा बाहिरबाट नचल्ने वाचा गरे । झण्डै उनले कसम नै खाए ‘अब विधानविपरीत र तपाईंहरूको सल्लाह बिनाकुनै काम गर्दिनँ’ भनेर । तर, देउवाको उक्त वाचा सभापतिमा जित्ने अस्त्रमात्र सावित भएको छ । सभापतिमा निर्वाचित भएपछि गरेको पहिलो निर्णय नै आलोचित भयो । उनले केन्द्रीय समितिका सदस्यहरूको वरीयता निर्धारण गर्दा आफूसँग सभापतिमा पराजित कोइरालालाई २०औँ नम्बरमा राखे । जबकि यसअघि सभापति पदका प्रतिस्पर्धीलाई दोस्रो वरीयतामा राख्ने गरिएको थियो । तत्कालीन सभापतिहरू गिरिजाप्रसाद कोइराला, सुशील कोइराला दुवैले सभापतिमा पराजित देउवालाई दोस्रो वरीयतामा राखेका थिए । देउवाले पनि अघिल्लो कार्यकालमा सभापति जितेपछि रामचन्द्र पौडेललाई दोस्रो वरीयतामा राखेका थिए । तर, देउवाले यसपटक केही पदाधिकारीहरूपछि मात्र कोइरालालाई वरीयताक्रममा राखे । उनको उक्त निर्णयका आलोचना भयो । देउवाको दोस्रो निर्णय पनि विवादरहित हुन सकेन । कांग्रेसको विधानले सभापतिलाई मनोनयनको अधिकार दिएको छ । सोही अधिकारको प्रयोग गर्दै देउवाले पहिलो चरणमा १० जना र दोस्रो चरणमा ३ जनालाई केन्द्रीय समितिमा मनोनित गरे । उनले आफूनिकट बाहेक कोइरालानिकट अग्रज नेताहरूलाई समेत छुटाएपछि उनको निर्णयको विरोध भयो । यसअघि केन्द्रीय सदस्य मनोनयनका क्रममा मापदण्ड बनाएर सोही आधारमा गर्ने गरिएको थियो । तर, सभापति देउवाले आफूखुसी आङ्खनो समूहका नेताहरूलाई मात्र मनोनित गरेपछि सभापतिका प्रत्यासी कोइरालाले प्रश्न गरेका छन् । कोइरालाले पार्टीको १४औँ महाधिवेशनपछि कुन मापदण्डका आधारमा केन्द्रीय सदस्य मनोनित गरिएको हो भनी सभापति देउवालाई प्रश्न गरेका हुन् । बुधबार एक अपिल जारी गर्दै उनले केन्द्रीय सदस्यहरू कुन मापदण्डका आधारमा मनोनित गरिएको हो भन्ने जान्न चाहेको बताएका छन् । ‘नियुक्ति पाउनुभएका सबै साथीहरू सक्षम र योग्य नै हुनुहुन्छ । तर, के मापदण्ड अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो हामी जान्न चाहन्छौँ,’ उनले अपिलमा भनेका छन्, ‘पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।’ नेता कोइरालाले सभापतिलाई मन पर्ने र नपर्नेका रूपमा व्यक्तिको छनोट हुन थालेमा पार्टी दुर्घटनामा पर्ने बताएका छन् । ‘सभापतिको लाइक र डिसलाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधानबाहिर गएर गरिने सबै कामहरू बन्द गर्न हामी एक ढिक्का भएर प्रयत्न किन नगर्ने ?’ उनले प्रश्न गरेका छन् । नेता कोइरालाले पार्टीको निर्णय गर्ने ठाउँमा आफूहरू प्रभावकारी हुन नसके पनि पार्टीभित्र हुने सबै काम न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय हुनुपर्ने बताए । उनले पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेसको संगठनमा निरासा पैदा भए अगाडिका निर्वाचन असहज हुने पनि बताएका छन् । ‘हाम्रो निर्णय प्रक्रियाले पार्टीमा ऊर्जाको सञ्चार गर्न नसके कांग्रेस शिथिल हुन सक्छ,’ डा. कोइरालाले भनेका छन् । त्यसबाहेक आगामी १२ माघमा हुने राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार छनोटमा पनि देउवाले विधान मिचेका छन् । यसअघि कांग्रेसमा उम्मेदवार छनोटको अधिकार पार्टीको संसदीय बोर्डले गर्ने प्रचलन थियो । हाल महाधिवेशनपछि संसदीय बोर्ड गठन हुन सकेको छैन । यद्यपि कमसेकम पदाधिकारीहरूको बैठकबाट उम्मेदवार छान्न महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले आग्रह गरे पनि सभापति देउवाले त्यसलाई सुनेको नसुनेकै गरी आङ्खनो खल्तीको प्रस्ताव पारित गराएका छन् । सभापति देउवाले खल्तीबाट निकालेको उम्मेदवारहरूको नाम नै कांग्रेस केन्द्रीय समितिले अनुमोदन गरेर मंगलबार उनीहरूले उम्मेदवारी दर्तासमेत गराइसकेका छन् । राष्ट्रियसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल भएको छ । सोही आधारमा कांग्रेसले ६ सिट पाएको छ । ६ जना उम्मेदवार नै देउवाले आफूनिकटलाई मात्र बनाएका छन् । महाधिवेशन सकिएलगत्तै कोइराला समूहले पार्टीमा गुटबन्दी अन्त्य गर्ने, आफूहरूले देउवासँग भाग नखोज्ने बताएका थिए । उनीहरू एकताबद्ध कांग्रेस निर्माणका लागि सभापति देउवालाई सहयोग गर्ने बताएका थिए । विगतमा कांग्रेसमा सभापतिको पक्षमा ६० र इतरपक्षलाई ४० प्रतिशत भाग दिने प्रचलन थियो । उक्त प्रचलनको विरोध आफूहरूले गरे पनि सभापतिको क्रियाकलापले एकताबद्ध कांग्रेस निर्माण हुन नसक्ने सो समूहका एक नेताले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  ०३:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP