Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रियसभाको निर्वाचन : एमाले भर्सेस गठबन्धन
राष्ट्रियसभाको निर्वाचन : एमाले भर्सेस गठबन्धन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २१, २०७८
Hardik health
काठमाडौं– आगामी १२ माघमा हुने राष्ट्रियसभाको निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ताका काम सम्पन्न भएको छ । सबै प्रदेशमा उम्मेदवारहरूले नाम दर्ता गराएका छन् । प्रदेश २ बाहेक सबै प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरू र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेविरुद्ध सत्ता गठबन्धन गरेका पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले यो निर्वाचनमा पनि गठबन्धन कायमै राखेका छन् । यसअघि एमाले अध्यक्ष केपी ओलीलाई सरकारबाट बाहिर पठाउन सुरु गरिएको गठबन्धनले यसअघि भएको राष्ट्रियसभाको निर्वाचन र प्रदेश सरकार परिवर्तनमा पनि गठबन्धन गरेका थिए । राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १, २ र वाग्मतीमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । एमाले, गठबन्धन र राप्रपाले समेत उम्मेदवारको मनोनयन गराएको छ । एमालेको तर्फबाट खुलातर्फ गुरूप्रसाद बराल, महिलामा सुमित्रा भण्डारी र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दिएका छन् । यहाँ गठबन्धनको तर्फबाट खुलातर्फ गोपाल बस्नेत, महिलातर्फ जयन्ती राई र अल्पसंख्यक वा अपांग कोटामा हेमराज राईले उम्मेदवारी दर्ता गरेका हुन् । बस्नेत कांग्रेस, जयन्ती एकीकृत समाजवादी र हेमराज जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका हुन् । राप्रपाको तर्फबाट खुलामा अम्बरबहादुर विष्ट र महिलामा रन्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ । त्यस्तै प्रदेश २ मा गठबन्धन, एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुनेछ । प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा पुगेर सत्तारूढ गठबन्धनको तर्फबाट महिला कोटामा माओवादी केन्द्रकी उर्मिला अर्याल र जसपाका अन्य समूहमा मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दर्ता गराएका छन् । एमालेका तर्फबाट महिला कोटामा बिनादेवी साह र अन्य समूहबाट उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् । एमालेले सुरुमा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका असर्फी भिनवार यादवलाई उम्मेदवार बनाउने निधो गरे पनि अन्तिम समयमा अन्सारीलाई उम्मेदवारी दर्ता गर्न लगाएको हो । प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रूपा यादव र श्यामसुन्दर सरदारले पनि उम्मेदवारी दर्ता गराएका छन् । वाग्मती प्रदेशमा भने गठबन्धन, एमाले र नेपाल मजदुर किसान पार्टीबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका दुईजना उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट खुलातर्फ ललितपुरका गोपाल शाक्य र महिलातर्फ सिन्धुलीकी निरकुमारी कुँवर दर्लामीले उम्मेदवारी दर्ता गराएकी हुन् । गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद पौडेल र एकीकृत समाजवादीकी गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । सोही पदमा नेमकिपाबाट कृष्णबहादुर तामाङ र महिलातर्फ भक्तपुरकी गीता काङ्खलेले उम्मेदवारी दर्ता गराएका छन् । लुम्बिनी प्रदेशमा पनि एमाले र सत्तारुढ गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लीला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई उम्मेदवार बनाएको छ । सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको थियो । गण्डकीमा सत्ता पक्षीय गठबन्धनका ३ उम्मेदवारले राष्ट्रियसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादी केन्द्रका सुरेश आले मगर र भुवन सुनारले मनोनयन दर्ता गराएका हुन् । लुम्बिनी प्रदेशमा पनि दुवै पक्षले मंगलबार उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसबाट बाँकेका युवराज शर्मा, एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राजमोबाट रूपन्देहीका तुलबहादुर विश्वकर्माले मनोनयन दर्ता गराएका छन् । एमालेको तर्फबाट खुल्लाबाट दाङका रामदयाल गुप्ता, महिलाबाट बाँकेकी भारती खनाल र दलितबाट गुल्मीका कृष्णबहादुर सुनारले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् । कर्णालीमा एमालेबाट महिलामा जुम्लाकी गंगा थापा महत, खुलामा सुर्खेतका चुँडामणि शर्मा र अपांगता वा अल्पसंख्यक कोटामा दैलेखका पदमबहादुर माझीले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनका तफबाट महिलामा कांग्रेसबाट सुर्खेतकी दुर्गाकुमारी गुरूङ, अपांगतातर्फ सुर्खेतकै माओवादी केन्द्रका नरबहादुर विष्ट र खुलातर्फ समाजवादीबाट सल्यानका उदय बोहराले उम्मेदवारी दिएका छन् । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा पनि मंगलबार नै उम्मेदवारको मनोनयन गरिएको छ । मंगलबार निर्वाचनका कार्यलय धनगढी पुगेर एमाले र सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारहरूले उम्मेदवारी मनोनयन गराएका छन् । गठबन्धनतर्फ खुलामा कांग्रेसबाट कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेलधुराका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । एमालेबाट महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका हुन् । १२ माघमा रिक्त १९ राष्ट्रियसभा सदस्यको पदका लागि निर्वाचन हुने लागेको हो । जसमा सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र सात जना अन्य समूहका रहेका छन् । आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, वाग्मतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् ।
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  ०३:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP