Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रियसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको मनोनयन दर्ता
राष्ट्रियसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको मनोनयन दर्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २१, २०७८
राष्ट्रियसभा सदस्य
Hardik health
गण्डकी– राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि मंगलबार उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि सबै प्रदेशमा सबै समूहमा मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिएका छन् । उक्त निर्वाचनका लागि मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो । निर्वाचनमा १२ राजनीतिक दलले भाग लिँदै छन् । आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । आगामी फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा(एस)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नपर्ने प्रावधान छ । राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ अन्तर्गत गण्डकी प्रदेशमा सत्ताधारी गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पोखरा महानगरपालिका–७ पार्दीस्थित प्रदेश निर्वाचन कार्यालयमा गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट अन्य समूहमा तनहुँका सुरेश आलेमगर, महिलातर्फ नेपाली कांग्रेसका तर्फबाट गोर्खाका कमला पन्त र दलितर्फ माओवादीका गोर्खाका भुवन सुनारले उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी नेकपा एमालेका तर्फबाट अन्यतर्फ कास्कीका पुण्यप्रसाद पौडेल, दलिततर्फ स्याङ्जाका अर्जुनकुमार सुनाम र महिलातर्फ नवलपरासीका लीला पोखरेल(थनेत)ले उम्मेदवारी दर्ता गराएका छन् । गण्डकी प्रदेशमा तीन सिटका लागि राष्ट्रियसभा सदस्य निर्वाचन हुन लागेको हो । त्यस्तै सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेको तीन राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि छ जनाले उम्मेदवारीको मनोनयन दर्ता गरेका छन् । धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् । खुल्लातर्फको एक सिटमा कांग्रेसबाट कैलालीका नारायणदत्त मिश्र र एमालेबाट डोटीका डिल्लीराज भट्टले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी महिलातर्फको एक सिटमा एमालेबाट कैलालीकी सन्तोषकुमारी शर्मा थापा र नेकपा एकीकृत समाजवादीबाट कैलालीकै मदनकुमारी (गरिमा) शाहले उम्मेदवारी दर्ता गराएकी छन् । दलिततर्फको एक सिटमा एमालेबाट बैतडीका नरेश विक र नेकपा माओवादी केन्द्रबाट डडेल्धुराका जगत पार्कीले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ताले संयुक्तरूपमा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्रलक्ष्मी गैरेले उम्मेदवारी दर्ता गराएकी छन् । जनमोर्चाका तर्फबाट दलित उम्मेदवार तुलप्रसाद विश्वकर्माले उम्मेदवारी दर्ता गराएको अधिकृत थापाले जानकारी दिए । नेकपा एमालेबाट लुम्बिनीमा खुलातर्फ दाङका रामदयाल गुप्ता, महिलातर्फ बाँकेकी भारती उपाध्याय र दलिततर्फ गुल्मीका कृष्ण सुनारले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश १ मा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आठ जनाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (गठबन्धन दल) बाट तीन, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुईले मनोनयन दर्ता गराउनुभएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए । राष्ट्रियसभाको अन्यतर्फ गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसबाट गोपाल बस्नेत (झापा), एमालेबाट गुरु बराल ( मोरङ) र राप्रपाबाट अम्बरबहादुर विष्ट (झापा), महिलामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई (भोजपुर) र एमालेबाट सुमित्रा भण्डारी (झापा) र राप्रपाबाट रन्जु प्याकुरेल (झापा) रहेका छन् । यसैगरी अल्पसंख्यकमा गठबन्धनबाट जनता समाजवादी पार्टीका हेमराज राई थुलुङ (भोजपुर) र एमालेबाट सोनाम ग्याल्जेन शेर्पा (सोलु) ले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश नं २ मा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । यस प्रदेशमा दुई सिटका लागि हुने निर्वाचनका लागि जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा छ जनाको उम्मेदवारी परेको हो । उम्मेदवारी दिनेमा पाँच दलीय सत्ताधारी गठबन्धनबाट सिरहाका खालिद सिद्धिकी र पर्साकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । खालिद जनता समाजवादी पार्टी (जसपा) नेपाल र अर्याल माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन् । सत्तारूढ दलले गठबन्धन बनाए पनि प्रमुख प्रतिपक्षी एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका छन् । लोसापाबाट सप्तरीका श्यामसुन्दर सरदार र महोत्तरीकी रूपा यादवले उमेदवारी दर्ता गराएका छन् । यसैगरी एमालेबाट रौतहटकी विना साह र पर्साका उसमान अन्सारीले उमेदवारी दिएका छन् ।
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  ०३:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP