

विराटनगर– सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न भयो । कम्पनीका संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभा विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो ।
सभाले चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पश्चात् कम्पनीको
चुक्ता पूजी बृद्धि भई रु.२,५५,०२,८२,१००।– कायम हुनेछ ।
सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै संचालक समितिमा संस्थापक शेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरूको निर्वाचन समेत सम्पन्न गरेको छ । संस्थापक शेयरधनी समुह ‘क’ बाट केशव प्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा विवेक झा निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट कृति टिवडेवाल तथा बीरेन्द्र बाबु श्रेष्ठ निर्वाचित भएका छन् ।
कम्पनीले चालु आ.व. २०७८/७९ को मंसिर मसान्तसम्म देशभरिका आङ्खना १३५ शाखा सञ्जालमा रहेका ४९,७१७ अभिकर्ताहरू मार्फत १२२९७० बीमालेखबाट रु.२,०१,८५,७१,३१८/– बीमाशुल्क आर्जन गर्नुका साथै कुल दावी भुक्तानी रु.२९,१८,६७,३१०/– गरेको जनाएको छ ।