Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • माओवादीको अध्यक्षमा फेरि दाहाल
माओवादीको अध्यक्षमा फेरि दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २०, २०७८
Hardik health
काठमाडौं– नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल निर्वाचित भएका छन् । पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको सोमबार बसेको बैठकले दाहाललाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । आइतबार सम्पन्न माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनबाट २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरिएको थियो । महाधिवेशनले पारित गरेको विधानमा २९९ सदस्यीय केन्द्रीय समिति हुने भनिए पनि दाहालले बन्दसत्रमा खुला र समानुपातिक सूची गरी २३५ सदस्यको नाम मात्र पेस गरेका थिए । दाहाललाई प्रस्तावलाई बन्दसत्रले अनुमोदन गरेको थियो । बाँकी सदस्यहरू पछि चयन गरिने जनाइएको छ । माओवादीको विधानमा महाविधेशनबाट केन्द्रीय समिति निर्वाचित गर्ने र केन्द्रीय समितिले पदाधिकारीसहित स्थायी कमिटी, पोलिटब्युरोलगायत छनोट गर्ने प्रावधान छ । सोहीअनुसार आइतबार महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक जेष्ठ सदस्य दिनानाथ शर्माको अध्यक्षतामा बसेको थियो । उक्त बैठकले अध्यक्षमा दाहाललाई निर्विरोध निर्वाचित गरे पनि अन्य पदाधिकारी भने चयन गरिएको छैन । बैठकमा अहिलेको सन्दर्भमा दाहालकै नेतृत्व आवश्यक रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले उनको नाम अध्यक्षका रूपमा प्रस्ताव गरेका थिए । पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन दाहालकै नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो । दाहालकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको भन्दै उनले दाहालकै नेतृत्वमा अब बाँकी कार्यभार पूरा गर्ने संकल्प गर्नुपर्नेमा जोड दिएका थिए । श्रेष्ठले दाहाललाई अध्यक्षमा चयन गर्न राखेको प्रस्तावमा नेता कृष्णबहादुर महराले समर्थन जनाएका थिए । श्रेष्ठले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो । अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष दाहालले बैठकलाई सम्बोधन गरेका थिए । उनले फेरि आङ्खनो काँधमा निकै ठूलो भारी आएको महसुस भइरहेको बताएका छन् । आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवादसमेत दिएका थिए । अध्यक्ष दाहालले आफू लामो समय पार्टी नेतृत्वमा रहेको र विभिन्न घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै इतिहासका गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर पाएको चर्चासमेत गरे । उनले भने, ‘यति लामो समय, यति धेरै राजनीतिक घटनाक्रम र उतारचढावबाट गुज्रिएर अहिलेसम्म सक्रिय राजनीतिमा कायमै रहँदा भिन्न भूमिकामा जानु पर्दैन र भन्ने लाग्छ ।’ तर, देशलाई एउटा राजनीतिक बिन्दुमा लैजाने आवश्यकता, पार्टीलाई अझै सुदृढ गर्ने आवश्यकता महसुस गर्दा आफू अझै केही समय सक्रिय हुनुपर्ने बाध्यता रहेको उनले बताए । कतिपयले ‘प्रचण्ड नभए यो पार्टी के होला ?’ भन्ने प्रश्न गर्ने गरेको उल्लेख गर्दै उनले यो प्रश्न नै गलत रहेको बताए । माओवादी एउटा विचार रहेको र यो विचार कुनै व्यक्तिसँग नभई सिंगो कम्युनिस्ट आन्दोलनको इतिहाससँग जोडिएको उनको भनाइ थियो । बैठक स्थगित माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आगामी २५ पुसमा बस्ने गरी स्थगित गरिएको छ । सोमबारको बैठकले केन्द्रीय अध्यक्षमा दाहाललाई चयन गरे पनि पदाधिकारी र ६३ केन्द्रीय सदस्यको मनोनयन नगरी स्थगित भएको हो । माओवादीमा पदाधिकारीको आकांक्षी धेरै भए पनि सन्तुलन मिलाउन सकस देखिएको छ । विशेषगरी महासचिवमा सहमति नजुट्दा आज पदाधिकारी चयन हुन नसकेको बताइएको छ । त्यसो त कतिपयले केन्द्रीय समितिले पूर्णता नपाई पदाधिकारी चयन गर्न लागिएको भन्दै केही नेताले असन्तुष्टिसमेत जनाएका थिए । महाधिवेशनबाट निर्वाचित हुनुपर्ने संख्या नै ६३ सदस्य रिक्त छ । त्यस्तै, केन्द्रीय समितिले मनोनयन गर्नुपर्ने १५ प्रतिश पनि बाँकी रहेको अवस्थामा पदाधिकारी चयन गर्न लागिएको भन्दै असन्तुष्टि व्यक्त भएको हो । माओवादी विधानमा केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने उल्लेख गर्दा पूर्णकेन्द्रीय समितिकै परिकल्पना गरेको उनीहरूको तर्क छ । त्यसो हुँदा पूर्ण भइनसकेको समितिले पदाधिकारी चयन गर्दा प्रश्न उठ्न सक्ने भन्दै पार्टीकै कतिपय नेताहरूले आपत्ति जनाएका छन् । हरेक केन्द्रीय सदस्यलाई पदाधिकारी बन्ने हक भएकाले समितिलाई पूर्णता नदिइ पदाधिकारी नियुक्त गरिँदा उनीहरूको हक कुण्ठित हुने पनि कतिपयको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  ०३:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP