

काठमाडौं– नेटिभ बचत तथा ऋण सहकारी संस्थाको कुल नाफा रु. ३० लाख ५३ हजार ४१६ भएको छ । सहकारी संस्थाको कोषाध्यक्ष टेकबहादुर नाछिरिङ राईले प्रस्तुत आर्थिक वर्ष ०७७/७८ को आर्थिक प्रगति प्रतिवेदनमा सहकारीले १ वर्षमा उक्त नाफा कमाएको उल्लेख छ ।
शनिबार सम्पन्न सहकारीको बार्षिक साधारणसभामा कोषाध्यक्ष नाछिरिङले उक्त विवरण प्रस्तुत गरेका हुन् । सहकारीले ऋण लगानिबाट प्राप्त व्याज रु. १९ लाख ० हजार ७०७, व्यवस्थापन शुल्क, प्रवेश शुल्क, हर्जनालगायत अन्य सञ्चालन आम्दानीबाट रु. १० लाख २२ हजार ५९, बैंकबाट प्राप्त व्याज रु. ५० हजार १११ रूपैया गरी सहकारीको गत आवमा रु. ३० लाख ५३ हजार ४१६ कुल नाफा आर्जन गरेको हो । सहकारीले गएको आर्थिक वर्षमा रु. २१ लाख ६० हजार ४१४ खर्च गरेको छ ।
कुल नाफामा खर्च घटाउँदा खुद नाफा रु. ८ लाख ९३ हजार २ आर्जन गरेको छ । राष्ट्रिय सहकारी बैंक चाबहिलकी शाखा प्रमुख जानुका नेपालको प्रमुख आतिथ्यतामा संस्थाको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष भीमराज राई, उपाध्यक्ष विजय गुरुङ, प्रमुख कार्यकारी अधिकृत गगन राई, जि राई एण्ड एसोसियट्सका गणेशराज राईले मन्तव्य राख्दै सहकारी आजको आवश्यकता भएको बताएका थिए ।