Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बयलवासमा निषेधाज्ञा जारी
बयलवासमा निषेधाज्ञा जारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १४, २०७८
CDO-office-Sarlahi-1
Hardik health
सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार क्षेत्रमा मंगलबार दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर–५, सखुबनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको घटनालाई लिएर आक्रोशित स्थानीयवासीले आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर आन्दोलित स्थानीयवासी पनि घाइते भएका छन् । ईश्वरपुर–५ का १५ वर्षीय बालक सञ्जय महतोलाई खुट्टामा गोली लागेको छ । उनको उपचारका लागि जनकपुरमा पठाइएको छ । चन्द्रनगर गाउँपालिका–२ बबरगञ्जका दिगम्बर महतोलाई घुडामा पलाष्टिकको गोली लागेको छ । इलाका प्रहरी कार्यालय केशरगञ्जबाट पूर्वमा ईश्वरपुर–४ सागरनाथ टोलसम्म, पश्चिममा ईश्वरपुर–८ रामपुर टोलसम्म, उत्तरमा वडा नं ५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर–९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । निषेधाज्ञाको अवधिमा कुनै पनि किमिसको भेला हुन, बाहिर हिँड्डुल गर्न र राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने उल्लेख छ । सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनीलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले बताए । पीडित पक्षसँग भएको वार्तामा कुनै सहमति हुन नसकेको र आन्दोलत नियन्त्रण बाहिर गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाकै बीच स्थानीयवासीले बयलवास बजारमै रहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज अगाडि नाराबाजी जारी राखेका छन् । आन्दोलित स्थानीयवासी र प्रहरीबीच मंगलबार बिहानैदेखि बारम्बार झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ सेल अश्रुग्याससहित हवाई फायर गरे पनि प्रदर्शन रोकिएको छैन । दोहोरो झडपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी, प्रहरी निरीक्षक कृष्ण गिरीसहित डेढ दर्जन नेपाल प्रहरी र सोही हाराहारीमा सशस्त्र प्रहरी पनि घाइते भएका छन् । आन्दोलित स्थानीयवासीले नगरपालिका प्रमुख मनोजकुमार देवकोटामाथि आक्रमण गरेका छन् । मृतक रामकुमार महतोको परिवारसँग भेट्न उनकै घरमा पुगेका नगरप्रमुख देवकोटामाथि त्यहीँ आक्रमण भएको हो । घाँटीमा चोट लागेर घाइते नगर प्रमुख देवकोटा उपचारका लागि महोत्तरीको बर्दिवास पुगेका छन् । नगरप्रमुख देवकोटा चढ्ने ना १ झ १५७० नम्बरको सुमोको सिसा पनि तोडफोड भएको छ । आइतबार राति ईश्वरपुर–७ मा इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले ना ४३ प ५०१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रामकुमारको मृत्यु भएको थियो । उनको मृत्युपछि स्थानीयवासी सोमबारदेखि नै आन्दोलित छन् । आन्दोलित स्थानीयवासीले सोमबार अपराह्न इलाका प्रहरी कार्यालय हरिपुरको जीपमा आगजनी गरेका थिए । तनाव बढ्दै गएपछि बयलवास–२ नम्बर प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ प्रहरी उपरीक्षक मसाउँद आलम खाँको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरी उपरीक्षक खाँ, प्रमुख जिल्ला अधिकारी गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाईसहित जिल्लाका सुरक्षा अधिकारी घटनास्थलमै रहेका छन् ।
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  ०३:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP