Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्रीको आश्वासनपछि शुक्लाफाँट आरक्षण पीडितद्वारा आन्दोलन स्थगित
प्रधानमन्त्रीको आश्वासनपछि शुक्लाफाँट आरक्षण पीडितद्वारा आन्दोलन स्थगित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १४, २०७८
Hardik health
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्लाफाँटा राष्ट्रिय (पुरानो वन्यजन्तु आरक्ष) निकुञ्जबाट विस्थापितहरूको समस्या एक साताभित्र समाधान गर्ने प्रतिबद्धता जनाएपछि लामो समयदेखि आन्दोलित शुक्लाफाँट वन्यजन्तु आरक्षण पीडितहरूले आन्दोलन स्थगित गरेका छन् । सरकारी निवास बालुवाटारमा सोमबार कांग्रेस नेता एनपी साउदको नेतृत्वमा आएको आरक्ष पीडित संघर्ष समितिका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले एक साताभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । पीडितको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले विगतमा राजनीतिक अस्थिरताका कारण समस्या समाधान गर्न नसकिएको स्वीकार गर्दै अब कुनै हालतमा समाधान गर्ने दृढता व्यक्त गरे । ’यो राज्य यस्तै छ । कहिले के हुन्छ, कहिले के । केही गर्दा कहिले कोही रिसाउने, कहिले कोही,’ ढिलाइको कारण खुलाउँदै देउवाले भने, ’अब म साँच्चिकै समाधान गर्छु । एक हप्ताभित्र रिजल्ट देखिनेछ ।’ भेटमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने नेता साउदले आफ्नो क्षेत्रका पीडितहरूको समस्या लामो समयदेखि समाधान हुन नसकेको र आफूले मुख देखाउने अवस्थासमेत नभएको, अफ्ठेरो भएको गुनासो प्रधानमन्त्री एवं पार्टी सभापति देउवासँग गरेका थिए । राजधानीमा आयोजित एउटा कार्यक्रममा आरक्षण पीडित जिल्ला संयोजक संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्द प्रधानमन्त्री देउवाले आफुहरूको माग एक हप्तामै सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको बताए । समितिले मंगलबारै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बालुवाटारमा बुझाएको हो । समितिले २०५८ सालमा आरक्षण पीडीतहरूको बसोबासको व्यवस्थापन गर्न, अन्तिम कार्यालदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न, किसानहरूको खोसिएको सम्पत्ति फिर्ता गर्न माग गर्दै लामो समयदेखि आन्दोलनमा उत्रिदै आएको छ । कार्यक्रममा बोल्दै आरक्षण पीडितलाई सहयोग गर्दै आएका नेपाली कांग्रेसका नेता शोरोमणी ओझाले नेपाल कृषी प्रधान मुलुक भएको भन्दै नेपालमा ९० प्रतिशत किसान रहेको बताए । सुदुरपश्चिम नेपालमा शुक्ला फाँट आरक्षणले किसानहरूलाई पटक–पटक गरेर विस्थापित गराएको बताए । नेता ओझाले २० वर्ष पु्ग्दा समेत किसानहरूले राहत नपाएको गुनासो गरे । उनीहरूको अवस्था अत्यन्तै दयनिय बन्दै गएपछि १ हप्ताअघि किसानहरू काठमाडौं छिरेको उनले सुनाए । प्रधानमन्त्रीले किसानहरूको समस्यमा समाधान गर्नेमा आफु विश्वस्त रहेको उनले सुनाए । सुदुरपश्चिमका मात्र नभएर राष्ट्रका सबै किसानहरूको समस्या सम्बन्धित सरोकार वालाहरूले गर्नुपर्नेमा उनले जोड दिए । एमसीसी संशोधन नभएसम्म सम्झौता लागु गर्न आम जनता तयार नरहेको उनले बताए । संघर्ष समितिको सम्पुर्ण विरोधका कार्यक्रम बन्द गर्ने समेत उनले जानकारी दिए । त्यस्तै, कार्यक्रममा बोल्दै जिल्ला संयोजक संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्दले काठमाडौं आएको ७ दिनपछि आरक्षण पीडितहरूको समस्याको सम्बोधन हुने भएपछि आन्दोलन स्थगित गरेको जानकारी दिए । वन मन्त्रालयमा गएर आफ्नो समस्या सुनाएको समेत उनले बताए । वन मन्त्रालयले राम्रो किसिमको आस्वासन दिएको उनको भनाई थियो । यसैगरी, आरक्षण पीडित हिक्मत शाहीले प्रधानमन्त्री देउवाको आश्वासनले न्याय पाउनेमा आशा बढेको बताए । आफुहरूको मागको विषयमा सम्बोधन गर्ने बताएपछि आफुहरू ढुक्क भएको सुनाए । विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि आफुहरूको माग राखेको र सबैले सम्बोधन गर्ने आस्वासन दिएको उनले सुनाए ।
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  ०३:०३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
ओलीको बोलीमा राप्रपाको आपत्ति
ओलीको बोलीमा राप्रपाको आपत्ति शुक्रबार, भदौ १३, २०८२
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने बिहीबार, भदौ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP