Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्रीको आश्वासनपछि शुक्लाफाँट आरक्षण पीडितद्वारा आन्दोलन स्थगित
प्रधानमन्त्रीको आश्वासनपछि शुक्लाफाँट आरक्षण पीडितद्वारा आन्दोलन स्थगित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १४, २०७८
Hardik health
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्लाफाँटा राष्ट्रिय (पुरानो वन्यजन्तु आरक्ष) निकुञ्जबाट विस्थापितहरूको समस्या एक साताभित्र समाधान गर्ने प्रतिबद्धता जनाएपछि लामो समयदेखि आन्दोलित शुक्लाफाँट वन्यजन्तु आरक्षण पीडितहरूले आन्दोलन स्थगित गरेका छन् । सरकारी निवास बालुवाटारमा सोमबार कांग्रेस नेता एनपी साउदको नेतृत्वमा आएको आरक्ष पीडित संघर्ष समितिका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले एक साताभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । पीडितको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले विगतमा राजनीतिक अस्थिरताका कारण समस्या समाधान गर्न नसकिएको स्वीकार गर्दै अब कुनै हालतमा समाधान गर्ने दृढता व्यक्त गरे । ’यो राज्य यस्तै छ । कहिले के हुन्छ, कहिले के । केही गर्दा कहिले कोही रिसाउने, कहिले कोही,’ ढिलाइको कारण खुलाउँदै देउवाले भने, ’अब म साँच्चिकै समाधान गर्छु । एक हप्ताभित्र रिजल्ट देखिनेछ ।’ भेटमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने नेता साउदले आफ्नो क्षेत्रका पीडितहरूको समस्या लामो समयदेखि समाधान हुन नसकेको र आफूले मुख देखाउने अवस्थासमेत नभएको, अफ्ठेरो भएको गुनासो प्रधानमन्त्री एवं पार्टी सभापति देउवासँग गरेका थिए । राजधानीमा आयोजित एउटा कार्यक्रममा आरक्षण पीडित जिल्ला संयोजक संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्द प्रधानमन्त्री देउवाले आफुहरूको माग एक हप्तामै सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको बताए । समितिले मंगलबारै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बालुवाटारमा बुझाएको हो । समितिले २०५८ सालमा आरक्षण पीडीतहरूको बसोबासको व्यवस्थापन गर्न, अन्तिम कार्यालदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न, किसानहरूको खोसिएको सम्पत्ति फिर्ता गर्न माग गर्दै लामो समयदेखि आन्दोलनमा उत्रिदै आएको छ । कार्यक्रममा बोल्दै आरक्षण पीडितलाई सहयोग गर्दै आएका नेपाली कांग्रेसका नेता शोरोमणी ओझाले नेपाल कृषी प्रधान मुलुक भएको भन्दै नेपालमा ९० प्रतिशत किसान रहेको बताए । सुदुरपश्चिम नेपालमा शुक्ला फाँट आरक्षणले किसानहरूलाई पटक–पटक गरेर विस्थापित गराएको बताए । नेता ओझाले २० वर्ष पु्ग्दा समेत किसानहरूले राहत नपाएको गुनासो गरे । उनीहरूको अवस्था अत्यन्तै दयनिय बन्दै गएपछि १ हप्ताअघि किसानहरू काठमाडौं छिरेको उनले सुनाए । प्रधानमन्त्रीले किसानहरूको समस्यमा समाधान गर्नेमा आफु विश्वस्त रहेको उनले सुनाए । सुदुरपश्चिमका मात्र नभएर राष्ट्रका सबै किसानहरूको समस्या सम्बन्धित सरोकार वालाहरूले गर्नुपर्नेमा उनले जोड दिए । एमसीसी संशोधन नभएसम्म सम्झौता लागु गर्न आम जनता तयार नरहेको उनले बताए । संघर्ष समितिको सम्पुर्ण विरोधका कार्यक्रम बन्द गर्ने समेत उनले जानकारी दिए । त्यस्तै, कार्यक्रममा बोल्दै जिल्ला संयोजक संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्दले काठमाडौं आएको ७ दिनपछि आरक्षण पीडितहरूको समस्याको सम्बोधन हुने भएपछि आन्दोलन स्थगित गरेको जानकारी दिए । वन मन्त्रालयमा गएर आफ्नो समस्या सुनाएको समेत उनले बताए । वन मन्त्रालयले राम्रो किसिमको आस्वासन दिएको उनको भनाई थियो । यसैगरी, आरक्षण पीडित हिक्मत शाहीले प्रधानमन्त्री देउवाको आश्वासनले न्याय पाउनेमा आशा बढेको बताए । आफुहरूको मागको विषयमा सम्बोधन गर्ने बताएपछि आफुहरू ढुक्क भएको सुनाए । विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि आफुहरूको माग राखेको र सबैले सम्बोधन गर्ने आस्वासन दिएको उनले सुनाए ।
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  ०३:०३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP