Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • माओवादी केन्द्र महाधिवेशन समूहमा छलफल हुँदै
माओवादी केन्द्र महाधिवेशन समूहमा छलफल हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १३, २०७८
mao1640513448
Hardik health
काठमाडौं– संघीय राजधानी काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा मंगलबारदेखि समूहगत छलफल सुरु हुने भएको छ । आइतबारदेखि सुरु भएको महाधिवेशनअन्तर्गत आइतबार राजनीतिक प्रतिवेदन तथा विधान संशोधन मस्यौदा प्रस्तुत भएपछि त्यसमाथि मंगलबारदेखि समूहगत छलफल गर्ने कार्यक्रम तय गरिएको हो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा जारी महाधिवेशनमा सोमबार अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन तथा नेता देवप्रसाद गुरुङले विधान संशोधन मस्यौदा प्रस्तुत गरेका थिए । ती दुवै प्रतिवेदनमाथि छलफल गर्नका लागि विभिन्न २५ वटा समूह निर्माण गरिएको छ । विभाजन गरिएकामध्ये जेष्ठ कम्युनिस्ट, सल्लाहकार परिषद् र सल्लाहकार परिषद्को समूहको छलफल प्रज्ञा भवनमा हुनेछ । यस्तै प्रदेश १ को दुई समूहको प्रज्ञा भवनको भानुभक्त हलमा छलफल हुनेछ भने प्रदेश २ को दुई समूहको छलफल पनि प्रज्ञा भवनकै पारिजात हलमा हुनेछ । यस्तै, पुस्तकालय हलमा लुम्बिनीको विभाजन गरिएको दुई समूहको छलफल हुनेछ भने गण्डकीको दुई समूहको छलफल पार्टी कार्यालय पेरिसडाँडामा हुनेछ । यस्तै प्रवास समूहको पनि पेरिसडाँडामै हुनेछ । यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशको दुई–दुई समूहको ए वान पार्टी प्यालेस, विभागको क्वालिटी ब्यांक्वेटमा दुई समूहमा छलफल हुनेछ । यस्तै उपत्यका विशेष प्रदेश समूहको पनि क्वालिटी ब्यांक्वेटमा छलफल हुनेछ भने दुई समूहमा विभाजन गरिएको सम्पर्क समन्वयको क्रिष्टल पार्टी प्यालेस, वाग्मतीको दुई समूहको बानेश्वर ब्यांक्वेट, आयोगको पनि सोही ब्यांक्वेटमा छलफल हुनेछ । यस्तै जन वर्गीय संगठन, मोर्चा इन्चार्ज, कार्यालयको काठमाडौं ब्यांक्वेटमा छलफल हुनेछ । बन्दसत्रमा देव गुरुङले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि पनि छलफल हुनेछ । मंगलबार दिनभर समूहगत छलफल हुनेछ भने बुधबार ११ बजेदेखि समूहका नेताहरूले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ । बुधबार बिहानको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने माओवादीले जनाएको छ । अध्यक्ष दाहालले महाधिवेशनको बन्दसत्रमा ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमा निरन्तर र व्यवस्थित तवरले शान्तिपूर्ण क्रान्तिको तयारी गर्ने, श्रमिक जनताप्रति जवाफदेही हुने विषय उल्लेख गरिएको छ । जनवर्गीय संगठन निर्माण गर्ने र सम्पूर्ण पार्टी पंक्ति जनताको माझमा गई व्यापक जनाधार खडा गरी शान्तिपूर्णरूपमा समाजवादी क्रान्ति सम्पन्न गर्ने चुरो दस्तावेजमा छ । ‘शान्तिपूर्ण क्रान्तिबाट समाजवाद सम्भव छ । सर्वहारावर्गप्रति प्रतिबद्ध छौँ, निरन्तर र व्यवस्थित रूपमा क्रान्ति जारी छ, राष्ट्रिय स्वाधिनताको रक्षा, श्रमिक जनताप्रति उदत्तरदायी हुनुपर्छ’, दस्तावेजको सार रहेको छ । सोमबारको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  ०३:०१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP