Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • माओवादी केन्द्रको महाधिवेशन आजदेखि
माओवादी केन्द्रको महाधिवेशन आजदेखि
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस ११, २०७८
Hardik health
काठमाडौं– नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदै छ । माओवादीको आठौँ राष्ट्रिय महाधिवेशन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । उक्त महाधिवेशनको पार्टीका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् । महाविधेशनको अपराह्न १ बजे अध्यक्ष दाहालले उद्घाटन गर्ने पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । उनका अनुसार आइतबारदेखि सुरु हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । यसअघि राष्ट्रिय सम्मेलन भनिए पनि यसलाई राष्ट्रिय महाधिवेशनका रूपान्तरण गर्ने निर्णय गरिएको उनले बताए । कार्यकर्ता र शुभेच्छुकहरूको अधिक उत्साह देखिएको भन्दै माओवादी केन्द्रले महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको उनले जानकारी दिए । शनिबार बसेको स्थायी समिति बैठकले पार्टीमा आकर्षण बढ्दै गएकाले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरिएको बताएका छन् । यसअघि माओवादीले राष्ट्रिय सम्मेलनमा विचारको बहस गरेपछि महाधिवेशनमा गएर आमसभा गरेर देखाउने बताएको थियो । तर, स्थायी समिति बैठकबाट अचानक राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको हो । महाधिवेशनको उद्घाटनपूर्व आइतबार बिहान केन्द्रीय समितिको बैठक पनि बस्ने छ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता महराले जानकारी दिए । उक्त बैठकले स्थायी समिति बैठकको निर्णय अनुमोदन गर्ने उनले बताए । बैठकमा सबै केन्द्रीय सदस्यलाई उपस्थित हुन निर्देशन दिइएको छ । माओवादीको सम्मेलनमा १५ सय प्रतिनिधि सहभागी हुँदै छन् । बन्दसत्र प्रज्ञा भवन र कोटेश्वरस्थित पेरिसडाँडामा हुँदै छ । सोमबारदेखि नै माओवादी केन्द्रको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा अध्यक्ष दाहालले आङ्खनो राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । यही सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । माओवादी केन्द्रले यसपटकको महाधिवेशनमा जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटि भयो भन्ने विषयमा समीक्षा गर्ने जनाएको छ । सो आत्मसमीक्षा आफूबाटै सुरु गर्ने अध्यक्ष दाहालले सार्वजनिक कार्यक्रममार्फत उद्घोष गरेका छन् । सम्पादकहरूसँग अध्यक्ष दाहाल महाधिवेशनको पूर्वसन्ध्यामा माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार सम्पादकहरूसँग अन्तक्र्रिया गरेका छन् । अन्तक्र्रियामा उनले पार्टीको आन्तरिक राजनीतिदेखि समसामयिक विषयमा कुराकानी गरेका छन् । त्यसक्रममा अध्यक्ष दाहालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आवश्यक संशोधन र परिमार्जन गरेर मात्रै स्वीकार गर्न सकिने बताएका छन् । उनले नेपालको राष्ट्रिय हित र नेपाली जनताको भावनालाई समेत केन्द्रविन्दुमा राखेर र प्रोजेक्टभित्रको सुरुवातको सम्झौता र पछिका कैयौँ सम्झौताबाट उठेका प्रश्नहरूको जवाफ दिएर मात्रै अघि बढाउन सकिने बताएका हुन् ।
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  ०२:५५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP