

काठमाडौं – हजारौैं युवा विदेशिएको अहिलेको परिस्थितिमा केही युवाहरूको समूहले भने देशको लागि दश लाख घण्टा श्रमदान गरी समाज परिवर्तन गर्न सकिन्छ भन्ने अठोत सहित ‘मिलियन आवर च्यालेन्ज’ अभियानको पहिलो संस्करण ‘देशको लागि एक दिन’ भन्ने नारा सहित शुरुवात गरेका छन् । दश लाख घण्टाको सामूहिक श्रमदान लक्ष्य राखेको यस अभियानले पहिलो दिनमै चार सय घण्टा बराबरको श्रमदान प्राप्त गरेको छ ।
काठमाडौंबाट एक सय कि.मी.को यात्रा गरी, टेन्ट र स्पिपिङ्ग ब्यागको बन्दोबस्तसहित सय जना युवाहरूको समूह काभ्रे जिल्लाको विकट गाँउ चौरी देउराली गाउँपालिकास्थित नाग्रे गर्गचे पुगेको थियो । उक्त समूहलाई चर्चित र्यापर निर्णय श्रेष्ठ, पर्यटन व्यवसायी विजय खड्का र समाजसेवी सुमन लामाले सामूहिक रूपमा नेतृत्व गरेको थियो । उक्त अवसरमा स्वयंसेवकहरूलाई वडाअध्यक्ष दिनेश लामा र स्थानियहरूले स्वागत गरेका थिए । सेफ्स एशोसियसन अफ नेपालका अध्यक्ष श्याम लामाको नेतृत्वमा रहेका ६ जना वरिष्ठ सेफले श्रमदान दिई स्वयंसेवकलाई खाना पकाएर खुवाएका थिए । अन्तर्राष्ट्रिय योगगुरु डा. चिन्तामणि गौतमले स्वयंसेवकलाई योगा प्रशिक्षण गराएपछि स्वयंसेवक समूहहरू विविध कार्यहरूमा खटिएका थिए । स्वयंसेवकहरूले प्राथमिक विद्यालय, डे केयर सेन्टर, चौतारा आदिमा सरसफाई तथा रंग रोगन गरेका थिए । स्वयंसेवीहरूको समूहलाई प्रोत्साहन र शुभकामना व्यक्त गर्न बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री माननीय रत्न ढकाल स्वंमसेवकहरू खटिएको स्थलमा पुगेका थिए ।
स्थानिय तामाखानी प्राथमिक विद्यालय पुगेर स्वयंसेवकहरूको समुहले उक्त विद्यालयको परिसरमा उम्रिएका घाँसपात मात्र सफा गरेनन्, कक्षा कोठालाई पनि सरसफाइ गरेर रंगरोगन समेत गरेर चिटिक्क बनाए । यसका लागि काठमाडौंबाटै रंग तथा रंग लगाउने सामग्रीहरू लगिएको थियो । अन्य स्वयंसेवकहरूले स्थानिय नदीमा निर्माण भएको झोलुंगे पुल तथा आसपासका क्षेत्रको सरसफाइ गरे तथा निर्माणाधिन अवस्थामा रहेको डे केयर सेन्टरको परिसर सरसफाइ गरेका थिए ।
‘देशका लागि महत्वपूर्ण एक घण्टा देशका लागि दिन सकियो भने समाज आफैं बन्छ’ भन्ने उदेश्यले यो दश लाख घण्टाको च्यालेञ्ज अभियान प्रारम्भ गरिएको हो, झण्डै सय जनाको समुहले काभ्रेको यो दुर्गम गाउँमा केही घण्टा श्रमदान गर्दा केही न केही परिवर्तनको अनूभूति स्थानीयहरूले गरेका छन् । यसका साथै यो अभियानमा हेल्थ पार्टनरको रूपमा डिसीडब्लूसी सामुदायिक अस्पताल, एड्भान्चर पार्टनरको रूपमा एड्भान्चर स्टेप्स नेपाल (सबिन महर्जन र अमित कर्माचार्य), हस्पिटालिटी पार्टनरको रूपमा ठमेलमा रहेको होटल ओएसिस, फूड पार्टनरको रूपमा सेफ्स एसोशिसन अफ नेपाल तथा एजुकेशन पार्टनरको रूपमा निर्णय एनएसके टुर फर एजुकेशन र हेल्थ वीथ ग्रयाटीच्युड रहेका थिए भने रमेश गौतमले यातायात व्यवस्थाको संयोजन गरेका थिए । अमर ज्योती, सौर्य श्रेष्ठ, अपेक्षा बैद्य, कीतेश्वर अर्याल, यरोण पाण्डेले पेन्टस् सामाग्रीहरू तथा टि सर्ट दिएर सहयोग गरेका थिए ।
स्वयं सेवकहरूमा मिमो श्रेष्ठ, श्रीया कार्की, स्मारिका शर्मा, अुनषा थापा, सुयोग गुरुङ्ग, दीपेन्द्र घिमिरे, आस्मा अधिकारी, सुशील, असीमा, मुना लम्साल, मखना तामाङ्ग, जनक तामाङ्ग, सुवानी राणा परमर्थ खड्का, सुमित श्रेष्ठ, अनिला श्रेष्ठ, अधिथि श्रेष्ठ, निमल शर्मा, सुर्जिना श्रेष्ठ, अनुषा रायमाथी, पुजा पुरी, मेघा श्रेष्ठ, श्रृजना ढुवाल, ज्यास्मीन श्रेष्ठ, शिलु अधिकारी, बेन्नु रिमाल, रुद्र पाण्डे, कणिका गुरुङ्ग, अनिल गुर्जा मगर, सर्मिला रिजाल, गोविन्द अधिकारी, कमला ढुंगाना, कमल सिंह बोगते, विरत सिंह ठकुरी, पुरुषोतत्तम महत, गोकुल सुवेदी, कुमार चाउला गाई, ज्योति सिंह, फनस खतिवडा, सुजन ढकाल, सरोज राणा, गोविन्द अधिकारी, चिन्तुु रिमाल, सविन महर्जन, अमित कर्माचार्य, धिरज, निरज, विशाल रुमान लामा, आशिष लामा, अनिला श्रेष्ठ, जयन सुब्बा मानन्धर, अरुणा भट्टराई, बाल कलाकार कुशाग्र भट्टराई, सीमा श्रेष्ठ, धीरज श्रेष्ठ, हरि गोपाल प्रधान, सागर श्रेष्ठ, पद्यमसागर कक्षपति, कृष्ण भट्टराई, सिर्जना दुवाल, आराध्यालक्ष्मी खड्गी, सोहन मानन्धर, अजय अधिकारी सुशिल सहित जनक तामाङ, अनुशा थापा, सागर कटवाल, भावना तामाङ, असिम कुमार लम्साल लगायतहरूले यस अभियानलाई आफ्नो श्रमदान दिएका थिए ।