Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रानीपोखरीको संरक्षण दायित्व काठमाडौं महानगरपालिकालाई
रानीपोखरीको संरक्षण दायित्व काठमाडौं महानगरपालिकालाई
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ९, २०७८
NRA_hanover_NDRRRMA, 2078-9-8 (D)
Hardik health
काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट भइरहेका विभिन्न कार्यहरू, श्रेस्ता तथा कागजात राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण भएको छ । गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यमा पुनर्निर्माण प्राधिकरण परिसरमा आयोजित ‘हस्तान्तरण तथा बहिर्गमन’ कार्यक्रममा बाँकी दायित्व तथा कागजात हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै गृहमन्त्री बालकृष्ण खाँडले पुनर्निर्माणका क्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुभव र दक्षतालाई अनुशरण गर्दै आगामी दिनका विपद् जोखिम व्यवस्थापनमा क्रियाशील हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सुझाव दिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा प्राप्त अनुभव र सिकाईको जगमा तयार भएको विपद् जोखिमबाट सुरक्षित नेपाल निर्माणको अवधारणा व्यवस्थित रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले जिम्मेवारीमा आएका कार्यहरू निर्देशक समितिको निर्णयअनुसार भूकम्प पुनर्निर्माण इकाईमार्फत् सम्पादन गरिने जानकारी दिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हस्तान्तरण भई विभिन्न मन्त्रालय, विभाग एवं निकायहरू मार्फत सम्पादन भैरहेका पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी कार्यहरूको सहजीकरण, समन्वय तथा अनुगमन सम्बन्धी कार्यहरू अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् हुनेछन् । त्यसैगरी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको चालु र पँुजीगत खर्चको आ.व. ०७८÷०७९ को एकीकृत आर्थिक विवरण तयार गर्ने कार्य तथा लेखा परीक्षण सम्बन्धि कार्यहरूको जिम्मेवारी पनि यसै प्राधिकरणलाई हस्तान्तरण भएको छ । यसका साथै विश्व बैँकसँगको सम्झौता बमोजिम कार्यान्वयन भैरहेका भूकम्पीय आवास पुनर्निर्माण आयोजना तथा एमडिटिएफसँग सम्बन्धित प्राविधिक सहयोग, सोधभर्ना र प्रतिवेदन सम्बन्धि कार्य पनि अब यही निकायले हेर्नेछ । यीसम्बन्धी दस्तावेजहरू राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेललाई हस्तान्तरण गरे ।त्यस्तै, पुनर्निर्माण प्राधिकरणले प्रत्यक्ष हेरिरहेको धरहरा, सिंहदरबार, रानीपोखरीको शान्तिबाटिका खण्ड, हरिहर भवन तथा नारायणहिटी संग्रहालय अन्तर्गतको रणोद्विप दरबारको भौतिक निर्माणको कार्य शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ । यी कार्यहरू राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशिलचन्द्र तिवारीले शहरी विकास सचिव मणिराम गेलाललाई हस्तान्तरण गरे । हस्तान्तरण तथा बहिर्गमन कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेको पनि उपस्थिति थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  ०२:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
ओलीको बोलीमा राप्रपाको आपत्ति
ओलीको बोलीमा राप्रपाको आपत्ति शुक्रबार, भदौ १३, २०८२
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने बिहीबार, भदौ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP