Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • माओवादीको सम्मेलनको तयारी पूरा
माओवादीको सम्मेलनको तयारी पूरा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस ८, २०७८
Hardik health
काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी आइतबारदेखि हुने राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टी हेडक्वार्टर पेरिसडाँडामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक, वैचारिक र प्राविधिक तयारी पूरा बताएका छन् । चिनियाँक्रान्तिका नायक माओको जन्मजयन्तीको सन्दर्भ पारेर माओवादीले यही ११ देखि १३ पुससम्म राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ । माओ दिवसको अवसर पारेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने छन् । राष्ट्रिय सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ । प्रवक्ता महराले नयाँक्रान्तिकारी विचार र पार्टी निर्माणका लागि सम्पूर्ण पार्टी पंक्तिलाई त्यसतर्फ निर्देशित गर्ने उद्देश्यका लागि अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन लेख्दै गरेको जानकारी दिए । उनका अनुसार अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकले अनुमोदन गरेपछि मात्र राष्ट्रिय सम्मेलनमा पेस हुनेछ । महाधिवेशन र राष्ट्रिय सम्मेलन फरक हुने भन्दै उनले राष्ट्रिय सम्मेलनले विचार र पार्टी निर्माण गर्ने बताए । ‘नयाँक्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने राष्ट्रिय सम्मेलनको मुख्य उद्देश्य हो, २१औँशताब्दीसम्म आइपुग्दा धेरै परिवर्तन भएका छन’, प्रवक्ता महराले भने, ‘विश्व साम्राज्यवादले लिएको नयाँरूपलाई परास्त गर्न नयाँक्रान्तिकारी विचार र पार्टीको आवश्यकता छ ।’ सम्मेलनमा पार्टीको राजनीतिक वैचारिक अवस्थाका बारेमा गम्भीर ढंगले समीक्षा हुने उनले बताएका छन् । ‘सामन्तवादको अवशेष उखेलेर फाल्ने ढंगबाट माओवादीको नेतृत्वमा जनयुद्ध भयो, ०६४ सालको निर्वाचनमा आम जनताको विश्वास जितेको पार्टी अहिले यो अवस्थामा आइपुगेको छ’, उनले भने, ‘हिजो हामी कसरी बलियो भयौँ, आज किन कमजोर भयौँभनेर समीक्षा हुनेछ ।’ सम्मेलनमार्फत फरक ढंगबाट पार्टी निर्माण गर्ने संकल्प लिइने उनले बताएका छन् । क्रान्तिको नयाँकार्यभार तथा नेपाली जनताको आकांक्षा पूरा गर्न नयाँपार्टीको आवश्यकता रहेको भन्दै उनले सम्मेलनले त्यसतर्फ अविचलितरूपमा लाग्ने पार्टी निर्माण गर्ने बताए । प्रवक्ता महराका अनुसार सम्मेलनमा एक हजार ५०० बढी प्रतिनिधिको सहभागिता हुनेछ । सम्मेलनमा प्रदेश प्रतिनिधि ८०३, केन्द्रीय प्रतिनिधि २७, केन्द्रीय विभागबाट १०२, आयोगबाट ७५, ज्येष्ठ कम्युनिस्ट मञ्चबाट १२५, केन्द्रीय सल्लाहकारबाट १४९ र आयोजक समितिका तर्फबाट १७९ प्रतिनिधि सहभागी हुनेछन् । त्यसमा जनयुद्धका घाइते, अपांगता भएका, पूर्वजनमुक्ति सेनाबाट पाँच प्रतिशत मनोनित गरिनेछ । माओवादीले राष्ट्रिय सम्मेलनको तयारीस्वरूप यसअघि सेल, टोल, वडा, शाखा, महाशाखा, पालिका र प्रदेश सम्मेलन सम्पन्न गरिसकेको छ । पत्रकार सम्मेलनमार्फत माओवादीको प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ । लोगोमा ‘नयाँक्रान्तिकारी विचार र पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ नारा लेखिएको छ । लोगोभित्र विश्व कम्युनिस्ट आन्दोलनका अग्रज नेताको प्रतिक राखिएको छ । यस्तै पार्टीको झण्डा र निर्वाचन चिह्न राखिएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा कुनै तामझाम नगर्ने र विदेशी पाहुना समेत नबोलाउने जनाएको छ । राष्ट्रिय सम्मेलन र महाधिवेशन फरक हुने भएकाले सम्मेलनमा विदेशी पाहुना समेत नबोलाउने प्रवक्ता महराले बताए । ‘यो महाधिवेशन होइन, राष्ट्रिय सम्मेलन हो, यसको मुख्य काम नयाँक्रान्तिकारी विचार र पार्टी निर्माण गर्नु हो,’ उनले भने, ‘सम्मेलनमा हामी कुनै तामझाम गर्दैनौँ ।’ त्यस्तै उनले सम्मेलनमा राष्ट्रिय, अन्तराष्ट्रिय अतिथि पनि नबोलाउने बताए ।
प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  ०२:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP