Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आमाको हत्यामा वडाअध्यक्षको संलग्नता दाबी गर्दै कारबाहीको माग
आमाको हत्यामा वडाअध्यक्षको संलग्नता दाबी गर्दै कारबाहीको माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस ६, २०७८
pidit ko news at CLUB (1)
Hardik health
काठमाडौं– कपिलवस्तुकी ७० वर्षीया कोवा अहिरनीको २०७६ साल पुस ४ गते भएको मृत्युमा संलग्न वडा अध्यक्षलगायतलाई कारबाही गर्न परिवारले माग गरेको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर परिवारले अहिरनीको मृत्युमा संलग्न महाराजगञ्ज नगरपालिका–११ का वडाध्यक्ष जगदिश तिवारी र बुद्धभूमी नगरपालिका–८ का वडाध्यक्ष कपिल तिवारीलगायतलाई कारबाही गर्नुको सट्टा प्रहरीले उल्टै संरक्षण गरेको आरोप लगाएको हो । कार्यक्रममा बोल्दै अहिरनीका साहिँला छोरा चन्द्रराम यादवले प्रहरीले आफ्नो आमाको हत्यामा संलग्नलाई बचाएको आरोप लगाए । उनले आरोपितलाई बचाउने र परिवारलाई दुःख दिने षड्यत्र प्रहरीले नै गरेको समेत जिकिर गरे । यादवले आमा मामाघर गएको २०७६ पुस ४ गते र त्यसको भोलिपल्ट अर्थात पुस ५ गते आमाको शव भेटिएको र ६ गते पोस्टमार्टम गरेर वेवारिशे लाश भनेर नगरपालिकाले गाडिदिएकोमा दुःखेसो पोखे । त्यत्ति चाँडै शव गाडिएकोमा आफूहरूको आपत्ति रहेको उनले सुनाए । उनले भने,‘हामीलाई कुनै खबर नै आएन्, मेरो आमाको लाशलाई हतार गरेर किन लुकाईयो ? पानीनै नभएको तालमा डुबेर मरेको मुचुल्का उठाइएको छ । यो हुनै सक्दैन् । घट्ना मामाघर र आफ्नो गाउँको बीचमा भएको हो ।’ उनले प्रमाणनै लोप भइसकेपछि प्रहरीले अनुसन्धान गरेकोमा आश्चर्य लागेको सुनाउँदै प्रश्न गरे, ‘हामी कस्तो देश र सुशासनमा हुर्केका छौं ।’ उनले ४ जना दाजुभाईमध्ये दुई जना काठमाडौं र दुई जना हरिहर गाउँमै बस्दै आएको पनि सुनाए । उनले आफु र एक भाई काठमाडौंमा जागिर खाँदै आएकोले आमा हराएको खबर आएपछि तुरुन्तै जान नसकेको स्मरण गराए । उनले भने,‘आमा ३÷४ दिनदेखि मावली गएको तर कहाँ जानुभयो भनेर कुनै जानकारी नभएको भनेर हामीकहाँ खबर आएको थियो, हामी पनि कामविशेषले तुरुन्तै जान सकेनौं ।’ आफूहरूले काठमाडौंबाट गएर आमा हराएको भनेर प्रहरीकहाँ सूचना दिएको यादवले सुनाए । त्यहीबेला एकजना मरेको थरुनी बलात्कृत अवस्थामा महाराजगञ्जमा भेटिएको खबर पाएपछि आफूहरू नगरपालिका पुगेको पनि उनले सुनाए । उनले नगरपालिकामा शवको फोटो देखाउन आग्रह गर्दा आफ्नो आमाको खुट्टा मात्र देखाउँदा दाजुभाईले आमाको शव पहिचान गरेको सुनाए । प्रहरीलाई एकपटक आमाको मुख देखाउन आग्रह गरेपछि मात्र आमाको मुखको फोटो देखाएपछि गाडिएको स्थानमा गएर शव झिकेर आमाको अन्तिम संस्कार गरेको सुनाए । केही व्यक्तिहरूको समुह आएर लाश जलाएको भन्दै आफुलाई थर्काएको समेत उनले बताए । आमाको अन्तिम संस्कार पनि गर्न नदिएको भन्दै उनले गुनासो गरे । यादवले बेवारिसे लाश नभएर कसैलाई खबर नगरेर वडाध्यक्ष तिवारीले गाड्न लगाएकोले तिवारीलगायतको नाममा किटानी जाहेरी दिएको बताए । उनले भने,‘तिवारीले हाम्रो परिवारलाई राम्ररी चिनेका छन्, उनले झुट बोलेका हुन् । यसमा ठुलो षड्यन्त्र गरिएको हुनुपर्छ ।’ पुस १७ गते आमाको मृत्यु दर्ता गराउन जाँदा मृत्यु दर्ता गराउने प्रक्रिया ठीक नभएर घरमै मरेको भन्नुपर्ने प्रशासनले बताएको पनि उनले स्पष्ट पारे । मृत्युदर्ता गर्न पनि मुश्किल परेको उनको भनाई थियो । उनले २५ दिनपछि किटानी जाहेरी दिन खोज्दा ढिलो भइसकेको भन्दै माथिल्लो निकायमा जाहेरी दिन आग्रह गरिएको सुनाए । लामो संघर्षपछि २०७६ को माघको १७ गते आमाको मृत्यु दर्ता भएको उनले सुनाए । बहिनीको पनि भारतमा मृत्यु भएको, भाईलाई कसैले.मारेको र आमालाई पनि मारेर गाडिदिएको भन्दै उनले आँशु बगाउँदै भने, ‘भाइ र आमाको मृत्युले त झन् निकै पीडा दिएको छ ।’ २०७३ चैत्र २६ गते भाईले आत्महत्या गरेको भनेपनि अदालतले आत्महत्या नभई हत्या भएको सफाई दिएर आफुहरूलाई न्याय दिएको स्मरण गराए । अहिले आमाको हत्यारा पत्ता लगाउन उनले सरकारसमक्ष विलौना गरेका छन् । जलप्रसाद अहिर (माहिला दाई) लाई किटानी जाहेरी दिएपछि २ वडाअध्यक्षहरूले विभिन्न बहाना बनाएर दुःख दिएको उनले बताए । उनले ११ दिन अगाडि प्रहरीको भ्यान आएर आमाको फोटो देखाएर (नपढेको) माहिला दाजुलाई दस्तखत गर्न बाध्य बनाईएको बताए ।
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  ०३:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
ओलीको बोलीमा राप्रपाको आपत्ति
ओलीको बोलीमा राप्रपाको आपत्ति शुक्रबार, भदौ १३, २०८२
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने बिहीबार, भदौ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP