Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आज सर्वदलीय बैठक एमसिसीलगायत एजेन्डामा छलफल हुने
आज सर्वदलीय बैठक एमसिसीलगायत एजेन्डामा छलफल हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस ४, २०७८
Hardik health
काठमाडौं– जारी संसदको अवरोध तथा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लगायतबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् । २८ मंसिरदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेपछि त्यसबारे छलफल गर्न उनले आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि बैठक बोलाइएको हो । ‘नेकपा एमालेको विरोधका कारण अघि बढ्न सकेको छैन । त्यही भएर गतिरोध अन्त्य गरेर संसद्लाई सुचारु गर्न प्रधानमन्त्रीज्यूले पहल सुरु गर्नुभएको हो । सबै दललाई पत्र पठाइसकिएको छ,’ उनले भने । प्रमुख सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा प्रधानमन्त्री देउवाले बैठक बोलाएको कांग्रेस स्रोतले जनाएको छ । शुक्रबार बिहान प्रधानमन्त्री देउवा र दाहालबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो । बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका थिए । अमेरिकाले एमसिसी सम्झौता अघि बढाउन सरकारमाथि निरन्तर दबाब बढाइरहेको छ । यससअघि २८ मंसिरमा अमेरिका एमसिसी बोर्डको बैठक बस्नुपूर्व एमसिसी नेपालको संसदबाट पारित गर्न अमेरिकाले नेपाल सरकारलाई चेतावनीयुक्त भाषामा सम्झाएको थियो । सोही अनुसार २८ मंसिरमा सरकारले संसदको हिउँदे अधिवेशन आह्वान गरेको चर्चा चलेको थियो । उक्त दिन एमसिसीलाई प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा राखिएको थियो । उता एमसिसी बोर्डमा भने नेपालसम्बन्धका बारेमा छलफल भएको थियो । उक्त बैठकमा नेपालमा एमसिसीको बारेमा सकारात्मक ढंगले अगाडि बढेको भन्दै अझै केही समय कुर्ने बताएको थियो । नेपालले एमसिसी सम्झौता अनुमोदन गर्न प्रतिबद्धता जनाएको बैठकमा रिपोर्टिङ गरिएको थियो । अमेरिका नेपालले एमसिसी सम्झौता अनुमोदन गर्ने पूर्ण विश्वस्त देखिएको छ । तर, नेपालमा भने राजनीतिक दलहरूबीच मात्र होइन, सत्तारुढ दलहरूबीच पनि एकमत छैन । अघिल्लोपटक कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकारले नै एमसिसी सम्झौता गरेको थियो । प्रमुख सत्तारुढ घटक कांग्रेस एमसिसी सम्झौता जस्तोको तस्तै पारित गर्नुपर्ने पक्ष्ँमा छ । तर, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलहरू भने केही बुँदा शंसोधन गरेरमात्र पारित गर्नुपर्ने पक्षमा छन् । एमालेले बहिष्कार गर्ने प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ । एमालेका महासचिव शंकर पोखरेलले उक्त बैठकमा आफूहरूको सहभागिता नहुने बताएका छन् । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा आफूहरूले कारबाही गरेका माधवकुमार नेपालको पनि सहभागिता हुने भएपछि एमालेले बहिष्कार गर्ने निर्णय लिएको हो । महासचिव पोखरेलले भने, ‘हामीले स्वीकार नगरेको दलको उपस्थिति त्यहाँ हुन्छ भने हामी सर्वदलीय बैठकमा जाँदैनौँ ।’ महासचिव पोखरेलले दलहरूबीच हुने दुई पक्षीय वार्ता र छलफलमा भने आङ्खनो पार्टीले सहभागिता जनाउने पनि जानकारी दिएका छन् । ‘हामी दुई पार्टीबीच हुने छलफल तथा संसदमा मान्यता पाएका दलहरूसँग छलफल गर्न तयार छौँ,’ उनले भने, ‘तर हामी हामीले दलको हैसियतका रूपमा नस्वीकारेको पार्टी उपस्थित हुने बैठकमा सहभागी हुन सक्दैनौँ । को–को सहभागी हुन्छन् भनेर प्रधानमन्त्रीलाई सोध्छौँ, यदि त्यस पार्टी सहभागी भए हामी सर्वदलीय बैठकमा सहभागी हुँदैनौँ ।’
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ०३:०७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP