Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • शैक्षिक संस्थालाई राजनीतिक केन्द्र बनाउनु हुँदैन : प्रमुख शेरचन
शैक्षिक संस्थालाई राजनीतिक केन्द्र बनाउनु हुँदैन : प्रमुख शेरचन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस ४, २०७८
amik serchan
Hardik health
चितवन– लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शैक्षिक संस्थालाई राजनीतिक केन्द्रका रूपमा चलाउन नहुने बताएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रथम सभामा उनले व्यावहारिक र उत्पादनमूलक शिक्षमा जोड दिनुपर्ने उल्लेख गर्दै राजनीतिक आस्थाको केन्द्रका रूपमा शैक्षिक संस्था चलाउन नहुने बताए । उनले भने, ‘शैक्षिक संस्था शिक्षाको केन्द्रमा रहेर अघि बढ्नुपर्छ ।’ प्रदेश प्रमुख शेरचनले क्याम्पस स्थापनाका समयमा वामपन्थी गुरिल्ला उत्पादन गर्ने क्याम्पस भनिने गरिएको स्मरण गर्दै उनले अब त्यो तरिकाले शिक्षा क्षेत्र नचल्ने बताए । शैक्षिक संस्था राजनीतिक पार्टीको केन्द्र बन्नुहुँदैन भन्दै अहिलेको शिक्षा व्यावहारिक शिक्षा नभएका कारण बेरोजगार बढ्दै गएको बताए । प्रदेश प्रमुख शेरचनले शैक्षिक नीतिमा समस्या भएका कारण शैक्षिक क्षेत्रमा सोचे जस्तो विकास गर्न नसकिएको बताउँदै क्याम्पसलाई शिक्षाको साझा मन्दिरका रूपमा विकास गरिनुपर्ने बताए । उनले कलेजले प्राविधिक शिक्षातर्फ केन्द्रित भएर पठनपाठन गर्नुपर्ने सुझाव दिए । सो अवसरमा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेलले शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न राज्यले शैक्षिक नीति परिवर्तन गर्नुपर्ने बताए । विसं २०४५ मा स्थापना भएको सो क्याम्पसले ३३ वर्षपछि पहिलो क्याम्पससभा गरेको हो । क्याम्पस अहिले पनि नारायणी माविको जग्गामा सञ्चालन हुँदै आएको छ । क्याम्पसले भोग चलन गरेको जग्गा अर्काको नाममा हुँदा राज्यबाट पाउने सेवा सुविधा पाउन नसकिएको सभामा बोल्नेले वक्ताले बताएका थिए । कार्यक्रममा वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल, क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापा, उपाध्यक्ष बालकृष्ण पौडेललगायतले शिक्षाको विविध पक्षमाथि विचार राखेका थिए । सभाले पाँच सदस्यीय सञ्चालक समिति चयन गर्नेछ । अन्य समिति पहिलो बैठकले चयन गर्ने सो अवसरमा जानकारी दिइयो ।
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ०३:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP