Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस महाधिवेशन : प्रतिनिधिद्वारा विवेक प्रदर्शन
कांग्रेस महाधिवेशन : प्रतिनिधिद्वारा विवेक प्रदर्शन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २, २०७८
Hardik health
काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको परिणाम प्राप्त भएपछि प्रतिनिधिहरूले विवेकको प्रदर्शन गरिएको भन्दै प्रशंसा सुरु भएको छ । बिहीबार सम्पन्न मत गणनाअनुसार महामन्त्री पदका गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका थिए । कांग्रेसको सभापति र उपसभापति पदमा करिब करिब प्यानल मत हालिएको अवस्थामा महामन्त्रीमा भने प्रतिनिधिले विल्कुलै गुट नहेरी मतदान गरेको भन्दै कांग्रेस शुभेच्छुक तथा समर्थकले प्रतिनिधिहरूको निर्णयको प्रशंसा गरेका हुन् । २७ मंसिरमा भएको मतदानको बिहीबार मतगणना गरिएको थियो । पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिएको मतगणनाको अन्तिम परिणामअनुसार थापाले ३ हजार २३ र शर्माले १ हजार ९८४ मत प्राप्त गरेका थिए । त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवारहरू क्रमशः डा प्रकाशशरण महतले १ हजार ५५६, प्रदीप पौडेलले १ हजार ३९३, डा.मीनेन्द्र रिजालले ८०९ र डा. राजाराम कार्कीले १०६ मत प्राप्त गरेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । चार हजार ६८२ मत गणनामा भएकोमा सबैभन्दा बढी मत थापाले ल्याएका थिए भने शर्माले दोस्रो स्थानमा जित हासिल गरेका हुन् । महामन्त्रीमा निर्वाचित थापा सभापतिका उम्मेदवार डा.शेखर कोइरालाको समूहबाट निर्वाचन लडेका थिए भने शर्मा प्रकाशमान सिंहको समूहबाट निर्वाचन लडेका थिए । पहिलो चरणमा कोइरालाले कुल १ हजार ७०२ मत मात्र प्राप्त गर्दा महामन्त्रीमा थापाले भने ३ हजार मत कटाएका हुन् । कोइराला समूहकै डा. रिजालले भने एक हजार मत पनि कटाउन सकेनन् । शर्मा उम्मेदवार रहेको समूहका सभापतिका उम्मेदवार सिंहले भने जम्मा ३७१ मत पाएका थिए । तर, शर्माले भने दोस्रो सर्वाधिक मत पाएर निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित शेरबहादुर देउवाको समूहबाट निर्वाचन लडेका महामन्त्री पदका उम्मेदवारहरू भने विजयी हुन सकेनन् । उनको समूहबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार बनेका थिए । यसअघि उपसभापति पदमा पनि मिश्रित नै नतिजा आएको थियो । उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ विजयी भएका थिए । गुरुङले देउवा समूहका अर्का उम्मेदवार विजयकुमार गच्छदारलाई २ मतले पछि पार्दै विजयी बनेका थिए । हालसम्म प्राप्त नतिजाले यसपटकको कांग्रेस महाधिवेशनमा प्रतिनिधिहरूले विवेकपूर्ण निर्णय गरेको भन्दै प्रशंसा भइरहेको छ । उनीहरू पार्टीभित्रको गुटविरुद्ध मत जाहेर गरेको पनि उनीहरूको प्रतिक्रिया छ । कांग्रेसका शुभेच्छुक तथा समर्थकहरूले प्रतिनिधिहरूले नेताहरूको आदेश नमानी पार्टीमा योग्य व्यक्ति छान्न विवेक प्रयोग गरेको भन्दै खुसी व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा अधिकांशले थापा र शर्मा विजयी भएको खुसी व्यक्त गर्दै यसले सकारात्मक सन्देश दिएको प्रतिक्रिया दिएका छन् । महाधिवेशन प्रतिनिधिहरू गुटको राजनीतिमा अल्झिएको भए शर्माले जित हासिल गर्ने कुरा कुनै पनि कोणबाट संभव थिएन । सुरुदेखि नै देउवा समूहमा रहेको उनी महामन्त्रीको टिकट नपाएपछि सिंहको प्यानलमा पुगेका थिए । देउवा प्यानलबाट महामन्त्रीको बलियो दाबेदार मानिएका उनी अर्का नेता कृष्णप्रसाद सिटौलाको समूहबाट प्रदीप पौडेलले मौका पाएपछि उनी कमजोर मानिएका सिंहको समूहबाट उम्मेदवार बनेका थिए । देउवा–सिटौलाको बलिया साथ रहेको पौडेल निर्वाचित हुने आँकलन गरिए पनि प्रतिनिधिले भने त्यसलाई अस्विकार गरिदिएका छन् । यसलाई कतिपयले ‘विद्रोहको अनुमोदन’को रूपमा पनि व्याख्या गरेका छन् । महामन्त्रीमा थापा र शर्मा निर्वाचित भएपछि विशेष गरेर पार्टीका युवापंक्तिले खुसी व्यक्त गरेका छन् । युवाहरूले पार्टी कार्यालय परिसरमै थापा र शर्माको पक्षमा नाराबाजीसमेत गरेका थिए । उनीहरूले पार्टीभित्र युवाहरूको प्रवेशले अब नयाँ उत्साह र जोस जाँगर थपिने प्रतिक्रिया दिएका छन् । महामन्त्रीमा निर्वाचित भएपछि थापाले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने बताएका छन् । पत्रकारहरूसँग कुरा गर्दै थापाले आफूलाई एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताए । ‘यो मतप्रति मैले न्याय गर्नुपर्छ । मसँग एक दिन पनि चुक्ने सुविधा छैन, एक दिन पनि थाक्ने सुविधा छैन । म अझै इमान्दारिपूर्वक, परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्छु,’ उनले भने । यो महाधिवेशनले कांग्रेसलाई सम्पूर्ण रूपमा नेतृत्व बदल्ने अवसर दिए पनि महाधिवेशनले त्यो म्याण्डेट नदिएको भन्दै यसलाई स्वीकार्नुपर्ने बताए । आफूले महामन्त्रीको हैसियतले सभापतिलाई काम गर्न बल र तागत पुर्‍याउने भन्दै गल्ती गर्न लागे घचघच्याउने पनि थापाले बताए । अर्का महामन्त्री शर्माले आफ्नो जित कांग्रेसलाई रूपान्तरित गर्ने यात्राको प्रारम्भ भएको बताएका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन । सिंगो नेपाली कांग्रेसलाई रूपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो ।’ डा.रिजालले दिए राजीनामा कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्री डा.मीनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिएका छन् । मतपरिणाम सार्वजनिक भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा पत्र बुझाएका थिए । डा.कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका उनी पाँचौँ स्थानमा सीमित भएका थिए । राजीनामा पत्रमा कांग्रेस महाधिवेशनपछि आफूलाई मन्त्री भइरहन नैतिकताले नदिने उल्लेख गरेका छन् । राजीनामा बुझाएपछि उनले रक्षामन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफू सामाजिक काममै सक्रिय भइरहने बताएका छन् । अबका दिनमा जे गर्छु भन्ने लागेको थियो, त्यसका लागि जे राजनीति आवश्यक थियो, त्यो आफूसँग नरहेकाले राजीनामा दिने निर्णय गरेको उनको भनाइ छ । उनले भने, ‘निकै ठूलो मतान्तरले हारिसकेपछि आफ्नो अनुहार त राम्रो छ भन्न बहाना खोज्नु राम्रो होइन । चार वर्ष कांग्रेस चल्नुपर्छ, त्यसका लागि मेरो यो रक्षामन्त्रीबाट राजीनामा दिने निर्णय उपयुक्त छ ।’
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  ०३:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
ओलीको बोलीमा राप्रपाको आपत्ति
ओलीको बोलीमा राप्रपाको आपत्ति शुक्रबार, भदौ १३, २०८२
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने बिहीबार, भदौ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP