Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमसिसीः अमेरिका अझै आसावादी
एमसिसीः अमेरिका अझै आसावादी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २, २०७८
MCC
Hardik health
काठमाडौं– अमेरिकाले आफ्नो सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालले संसदबाट पास गर्ने अपेक्षा व्यक्त गरेको छ । आफूले दिएको समय गुज्रिसकेको सन्दर्भमा पनि नेपालले संसदबाट एमसिसी पास भई कार्यान्वयनमा जाने आसा व्यक्त गरेको हो । नेपालले अनुमोदन गर्ने अपेक्षासहित संसदबाट पारित गर्न नेपाललाई अझै केही समय दिने भएको छ । मंगलबार बसेको एमसिसी बोर्ड बैठकले नेपाललाई सम्झौता पारित गर्न समयसीमा नतोकेसँगै नेपालले थप समय पाएको हो । यसअघि मंगलबारसम्म संसदबाट पारित गर्न दबाब दिएको एमसिसी बोर्डले पछिल्लो बैठकबाट भने समयसीमा हटाएको हो । मंगलबार बसेको एमसिसी बोर्ड बैठकले सम्झौता पारित गर्न समय सीमा तोक्ने वा अनुदान फिर्ता लैजाने निर्णय गर्ने अनुमान गरिएको थियो । तर, सञ्चालक समितिको चौमासिक बैठकमा चाँडै नै कम्प्याक्टलाई संसदबाट अनुमोदन गर्ने प्रतिवद्धता नेपाल सरकारबाट आएको जानकारी गराइएको र त्यसतर्फ ध्यान दिइएको एमसिसी मुख्यालयले जनाएको हो । सोही दिन नेपालमा प्रतिनिधिसभा बैठक डाकिएको थियो । एमसिसी पक्षधरहरूले सोही दिन नेपाल सरकारले एमसिसी सम्झौता संसदबाट अनुमोदन नभए एमसिसीले पनि तत्काल सहायता फिर्ता लिने भन्दै दबाब बढाएका थिए । तर, सो दिन नेपालको संसद बैठक एमसिसीका विषयमा प्रवेश नै गरेन । एमसिसी सञ्चालक समितिले पनि नेपालले सम्झौता अझै संसदबाट पारित गर्ने आसा राख्दै बैठक टुंग्याएको हो । पछिल्लो समय काठमाडौं आएका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले पनि अरू मुलुकहरूले अनुदानका लागि कुरिरहेकाले नेपालले धेरै ढिला गर्न नहुने बताएका थिए । काठमाडौंमा भएका परामर्शहरूमा केही विज्ञले राष्ट्रिय सहमति जुटाउन नेपाललाई समय लाग्ने भएकाले एमसिसीबारे तत्काल ठोस निर्णय नगर्न अमेरिकी अधिकारीहरूलाई सुझाव दिएका थिए । मंगलबारको एमसिसी बोर्ड बैठकले नेपाल सम्झौतामा भएका पछिल्ला अपडेटहरूबारे छलफल गरेको र सरकारले छिट्टै संसदबाट सम्झौता पारित गर्ने भनेको कुरालाई नोटमा लिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  ०३:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
ओलीको बोलीमा राप्रपाको आपत्ति
ओलीको बोलीमा राप्रपाको आपत्ति शुक्रबार, भदौ १३, २०८२
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने
प्रधानमन्त्रीले शुक्रबार  संसद् बैठक सम्बोधन  गर्ने बिहीबार, भदौ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP