Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओलीको दाबी :१९ माघ दाहालको सहमतिमा
ओलीको दाबी :१९ माघ दाहालको सहमतिमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस १, २०७८
Hardik health
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएर १९ माघको घटना भएको दाबी गरेका छन् । दाहालसँगको साँठगाँठकै कारण शाहले १९ माघको दिन शासनसत्ता हातमा लिएको उनको दाबी छ । बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शपथ गराउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो ।’ उनले उक्त सहमति के थियो भन्ने जनतालाई थाहा दिनुपर्ने माग गरेका छन् । उनले भने, ‘के सहमति भएको थियो, कसका विरुद्ध सहमति भएको थियो ? त्यो प्रचण्ड र ज्ञानेन्द्रले भन्नुप¥यो नि ।’ उनले शाह र दाहालबीच पाँचबुँदे सहमति भएको दाबी गर्दै उक्त सहमति सार्वजनिक हुनुपर्ने माग गरे । १९ माघमा शाहले सत्ता हातमा लिँदै दलहरूमाथि प्रतिबन्ध लगाएर प्रत्यक्ष शासन सुरू गरेका थिए । ओलीले त्यही सहमतिपछि शाहले माओवादीको बिनाकुनै अवरोध अभिनन्दन कार्यक्रम गर्न पाएको बताएका छन् । ओलीको प्रश्न छ, ‘त्यही सहमतिपछि अभिनन्दन कार्यक्रम चलाइयो । हामी रुकुम, रोल्पा जान नसक्ने, ज्ञानेन्द्र खुलुमखुल्ला जान सक्ने कसरी भयो ?’ उनले अगाडि भने, ‘यहीँ काठमाडौंमा हामीले देख्यौँ, थापाथलीदेखि हिँडेर मंगलबजारसम्म उधुम स्वागत, को थिए स्वागत गर्नेहरू ? कसरी युवाशक्तिलाई दुरूपयोग गरियाथ्यो ? कसरी गुमराहमा पारिएको थियो ?’ दाहालले बाहिर क्रान्ति र राष्ट्रियताको कुरा गर्ने तर भित्रभित्र प्रतिक्रियावादी शक्तिसँग साँठगाँठ गरेको ओलीले आरोप लगाए । त्यसको सिकार नेपाल भएको र त्यसको मार अहिले आफूहरूले खाइरहेको ओलीले बताए । ‘बाहिर क्रान्तिको कुरा, बाहिर राष्ट्रियताका कुरा, बाहिर एक खालका परिवर्तनका कुरा, भित्रभित्र प्रतिक्रियावादी साँठगाँठ,’ ओलीले भने, ‘यसको सिकार नेपाल हुने ग¥यो र हामी अहिले पनि त्यसको मार खाइरहेका छौँ ।’ दाहाल र नेपाल अस्थिरताका संवाहक अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताका संवाहकको संज्ञा दिएका छन् । नेपालमा अस्थिरता मच्चाउन खोज्ने नियन्त्रित शक्तिहरू सक्रिय रहेको र त्यसका संवाहक दाहाल र नेपाल रहेको आरोप ओलीले लगाए । उनले भने, ‘नियन्त्रित अस्थिरताका संवाहक शक्तिहरू यहाँ छन् । अहिले ती शक्तिहरूमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी, माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थिरताका सम्बाहक तत्वहरू यिनीहरू नै हुन् । कुनै भ्रम राख्नु पर्दैन ।’ कतिपयले अझै पनि कम्युनिस्ट एकताको कुरा गरिरहेको भन्दै ओलीले भने, ‘त्यस्ताहरूसँग एकता ? अस्थिरताका शक्तिहरूसँग एकता गरेर कहाँ पुगिन्छ ? त्यो एकीकरण सम्भव नै छैन ।’ उनीहरूको सम्बन्ध कहाँ छ भन्ने कुरा आफूले राम्ररी चिनिसकेको ओलीले बताए । उनले भने, ‘हामीले राम्ररी चिनिसकेका छौँ यिनीहरूको कनेक्सन कहाँ छ, तार कहाँ जोडिएको छ, कहाँबाट स्वीच अन अफ हुन्छ, त्यो हामीले देख्या छौँ । छर्लंग देख्या छौँ ।’ बार्गेनिङका लागि दाहालको नेतृत्वमा जनयुद्ध सुरु गरेको दाबीसमेत ओलीले गरेका छन् । दाहाल एक ‘मामुली कर्मचारी’ भएको भन्दै उनले धोकापूर्ण ढंगले उनी महान् नेताको रूपमा प्रस्तुत भएकोसमेत बताए । ‘नेपालमा जनयुद्ध नामको गतिविधि सफल हुँदैनथ्यो किनभने त्यो सफल गर्न सुरु गरेकै होइन,’ ओलीले भने, ‘त्यो त बार्गेनिङका लागि लगाम आफ्नो हातमा राख्ने विधि हो ।’ त्रसित, अशान्त, अस्तव्यस्त बनाइदिने र आफ्नो दुनो सोझ्याउने नीतिअन्तर्गत जनयुद्ध सुरु गरेको भन्दै उनले, के गर्न खोजिएको हो भन्ने कुरा जनताले बुझ्नै नसकेको बताए । उनले भने, ‘महान् क्रान्तिको सेन्टिमेन्ट त्यतातिर लगियो, बुझ्न उनीहरूले सकेनन्, के गर्न खोजिँदै छ र मामुली कर्मचारीहरू, मामुली पेड मान्छेहरू महान् नेताको रूपमा प्रस्तुत भए ।’ ओलीले सेयर कारोबारीले चन्दा नदिएकाले दाहालले सेयरबजारबारे टिप्पणी गरेको आरोपसमेत लगाएका छन् । ‘प्रचण्डले सेयरबजारका बारेमा बडो क्रान्तिकारी भएर बोलेछन्, साम्राज्यवाद विकसित भएपछि सेयर बजारमा जान्छ भनेछन्,’ ओलीको भनाइ छ, ‘लेनिनभन्दा दुई कदम अघि बढेर नयाँ सिद्धान्त ल्याए छन् । कुन सेयर कारोबारीले चन्दा दिएन छन्, अनि त्यसविरुद्ध बोले । न रहे बाँस, नबजे बाँसुरी ।’ ‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए । प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए,’ ओलीले भने, ‘त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन । कुन सेयर कारोबारीले चन्दा दिएन होला । अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए ।’ ओलीले नेपाली कांग्रेसलक्षित टिप्पणी पनि गर्न छुटाएनन् । उनले जहिले पनि नेपाली कांग्रेसले गलत तत्वसँग साँठगाँठ गरेको आरोप लगाए । ‘नेपाली कांग्रेसले अहिलेसम्म खराब तत्वसँग साँठगाँठ गर्ने र वामपन्थी परिवर्तनकारीका विरुद्धमा उभिने ग¥यो,’ उनको भनाइ छ, ‘यो पहिलोदेखि अहिलेसम्म भएको छ । नेपाली कांग्रेसले प्रतिगामीहरूसँग साँठगाँठ गर्ने काम छाडोस् ।’
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  ०३:२७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP