Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस महाधिवेशनः मतदान सम्पन्न
कांग्रेस महाधिवेशनः मतदान सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २८, २०७८
mahadhibeshan
Hardik health
काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । सोमबार बिहान ८ बजेदेखि नै मतदानको समय तोकिए पनि चार घन्टा ढिलो गरी मध्याह्न १२ बजेदेखि मात्र मतदान सुरु भएको थियो । मतपत्र छपाइमा भएको ढिलाइ तथा अन्य प्राविधिक कारणले मतदान निर्धारित समयभन्दा ढिलो सुरु भएको निर्वाचन समितिले जनाएको छ । मतदान चलिरहेकै समयमा पनि मतपत्र सकिएपछि केहीबेर मतदान रोकिएको थियो । मत हाल्न लाइनमा बसेका प्रतिनिधिहरूलाई मतपत्र सकिएको भन्दै कुराइएपछि उनीहरूले केहीबेर नाराबाजीसमेत गरेका थिए । यसअघि निर्वाचन समितिले सोमबार साँझ ५ बजेसम्म मतदानको समय तोके पनि ढिलो गरी सुरु भएकाले राति ९ बजेसम्म मतदानको समय थप गरिएको थियो । कांग्रेसको नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा गरेका थिए । कांग्रेसले मतदानका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको थियो । निर्वाचन समितिका अनुसार र भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको थियो । मतदान सम्पन्न भएलगत्तै मत गणना हुने भनिए पनि यो समाचार तयार पार्दासम्म मत गणना सुरु हुन भएको छैन । कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका थिए । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घन्टा बढी समय लागेको थियो । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । महाधिवेशनमा प्रतिनिधिको संख्या जम्मा ४ हजार ७४३ रहेको छ । सभापतिमा को बलियो ? मतदान सकिएसँगै कांग्रेस नेता तथा कार्यकर्ताहरूबीच आगामी नेतृत्व कसले हत्याउने हो भन्ने विषयमा चासो र चर्चा सुरु भएको छ । सुरुमा सभापति पदको मतगणना गरिनेछ भने त्यसपछि मात्र बाँकी पदाधिकारीको मतगणना हुनेछ । यसपटक सभापति पदमा वर्तमान सभापति शेरबहादुर देउवा, नेताहरू प्रकाशमान सिंह, डा.शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिष्पर्धा हुँदै छ । सभापतिमा पाँच जना चुनावी मैदानमा रहेकाले पनि प्रतिष्पर्धा निकै पेचिलो हुने देखिएको छ । तर, मुख्य गरी देउवा र कोइरालाबीच द्विपक्षीय प्रतिस्पर्धा हुने सबैले आँकलन गरिरहेका छन् । उनीहरूमध्ये को अगाडि छ भन्न सकिने स्थिति छैन । यद्यपि, एकथरि विश्लेषणअनुसार यदि देउवाले पहिलो चरणमा चुनाव जितेनन् भने दोस्रो चरणमा शेखरले खेल उल्टाउन सक्छन् । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत अर्थात ५१ प्रतिशत प्राप्त गर्नुपर्ने हुन्छ । यदि त्यसो भएन भने नयाँ सभापतिका लागि फेरि अर्को निर्वाचन गर्नुपर्ने हुन्छ । पहिलो चरणको चुनावमा पहिलो र दोस्रो सर्वाधिक मत प्राप्त गर्ने दुई उम्मेदवारले मात्रै दोस्रो चरणको चुनाव लड्न पाउने छन् । त्यसैले, दोस्रो चरणमा दुईमध्ये एक जनाले बहुमत ल्याउने निश्चितप्रायः हुन्छ । अघिल्लो निर्वाचनमा बल्ल दोस्रो चरणमा निर्वाचित भएका देउवा यसपटक भने पहिलो चरणमा नै ५१ प्रतिशत मत पाउने अपेक्षामा छन् । उनले सोहीअनुसार मेहनत पनि गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ०२:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP