Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आजदेखि संसद अधिवेशन कार्यसूचीमा छैन एमसिसी
आजदेखि संसद अधिवेशन कार्यसूचीमा छैन एमसिसी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २८, २०७८
Hardik health
काठमाडौं– संसदको हिउँदे अधिवेशन मंगलबारदेखि सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् । मंगलबार दिउँसो २ बजे दुवै सदनको बैठक सुरु हुनेछ । मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकका लागि संभावित कार्यसूची तयार पारिएको छ । सोमबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकका ५ सम्भावित कार्यसूची तय गरेको हो । सचिवालयका अनुसार बैठकले राष्ट्रपतिले पठाएको संसद आव्हानसम्बन्धी पत्र पढेर सुनाउने, अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन र विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय गरेको छ । त्यस्तै बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तीनवटा अध्यादेश पेस गर्नेछन् । उनले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश ०७८, तेजाब तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेस गर्नेछन् । त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कार्यविधि सम्बन्धी अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ । संसद बैठकका लागि सम्पूर्ण तयारी पूरा गरेको संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयले प्राविधिक तयारी, सिट व्यवस्थापनको काम सकिएको र बैठकमा उपस्थित हुने सांसदहरू र कर्मचारीलगायतको एन्टिजेन विधिबाट कोरोना भाइरस परीक्षण भइसकेको जनाएको छ । कार्यसूचीमा छैन एमसिसी मंगलबारको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतामा छलफल गर्ने कार्यसूची भने समावेश गरिएको छैन । एमसिसीले २८ मंसिरसम्म एमसिसी सम्झौता संसदबाट पारित गर्न अल्टिमेटम दिएकाले सोही सम्झौता पारित गर्न संसद बैठक आह्वान गरिएको अनुमान गरिएको थियो । एमसिसीले मंगलबारसम्म नेपालको संसदबाट एमसिसी पारित गर्र्ने प्रक्रिया सुरु नभए फिर्ता लैजाने चेतावनी दिइसकेको छ । त्यसैले एमसिसी सम्झौताको विषयमा छलफल गर्न र पारित गर्ने प्रक्रियामा लैजानका लागि सरकारले संसद् अधिवेशन आह्वान गरेको चर्चा चलेको थियो । एमसिसीका सम्बन्धमा सत्तारुढ दलहरूबीच नै एकमत छैन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस एमसिसी सम्झौता जस्ताको तस्तै पारित गर्नुपर्ने पक्षमा छ भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केही बुँदा संशोधन गरेर मात्र पारित गर्नु पर्ने पक्षमा छ । जनता समाजवादी पार्टीले भने एमसिसीका सन्दर्भमा खास केही भनेको छैन । तर, सत्ता गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा भने कुनै पनि हालतमा एमसिसी सम्झौता पारित गर्न नहुने पक्षमा छ । उसले एमसिसी सम्झौताको विरोधमा देशभर आन्दोलनका कार्यक्रम नै गर्दैै आएको छ । जनमोर्चाले एमसिसी सम्झौता पारित गरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिइसकेको छ । मंगलबार नै अमेरिकामा एमसिसी बोर्डको बैठक पनि बस्दैछ । उक्त बैठकमा नेपालसँग हुने एमसिसी सम्झौताका विषयमा पनि निर्णय हुने बताइएको छ । एमसिसी सम्झौता यसअघिको सरकारले संसदमा टेबुल गरिसकेको छ । तर, तत्कालीन सभामुख कृष्णबहादुर महरा र वर्तमान सभामुख अग्निप्रसाद सापकोटाले समेत उक्त सम्झौता संसद्मा प्रस्तुत गरेका छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी जस्ताको तस्तै पारित हुनुपर्ने पक्षमा रहँदा पनि सभामुख सापकोटा नेतृत्वको कार्य व्यवस्था परामर्श समितिको बैठकले मंगलबारको बैठकमा एमसिसी सम्झौता सम्बन्धी छलफललाई कार्यसूचीमा समावेश गरेका छैनन् । एमालेले अवरोध कायम राख्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबारको बैठकमा पनि अवरोध कायमै राख्ने भएको छ । अघिल्लो संसद् अधिवेशनमा पनि लगातार अवरोध गरेको एमालेले मंगलबारको बैठकमा पनि अवरोध कायम राख्ने तयारी गरेको हो । सभामुखले आफ्नो पार्टी विभाजनका लागि ‘मतियार’को रूपमा कार्य गरेको भन्दै एमालेले संसद् बैठकमा अवरोध सुरु गरेको थियो । एमालेले कारबाहीको सिफारिस गरेका तत्कालीन सांसदहरू माधवकुमार नेपाललगायतलाई सभामुखले पदमुक्त नगरी पार्टी विभाजनका लागि सहयोग पु¥याएको एमालेको आरोप छ । सभामुखको भूमिकामाथि प्रश्न गर्दै एमालेले पार्टी विभाजन गर्ने एकीकृत समाजवादीका सांसदहरूलाई कारबाही गरिएपछि मात्र जारी अवरोध खुलाउने बताउँदै आएको छ । एमाले अध्यक्ष केपी ओलीले मंगलबारको बैठकमा पनि अवरोध जारी राख्ने संकेत गरिसकेका छन् । एमालेको अवरोध गैरकानुनीः सभामुख सापकोटा सभामुख सापकोटाले संसदको अघिल्लो अधिवेशनमा प्रमुख विपक्षी दल एमालेले गरेको संसद अवरोध कानुन र नियमसम्मत नरहेको बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको अवलोकन गर्दै सभामुख सापकोटाले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै एमालेले गरेको संसद अवरोध नियम र कानुनअनुसार नभएको बताएका हुन् । ‘उहाँहरूले जे गरिराख्नुभएको छ त्यो संविधान, नियम, कानुनअनुसार छैन । नेपाली जनताले यसलाई छर्लंग बुझेका छन्,’ उनले भने । सभामुख सापकोटाले आफूले निष्पक्ष र तटस्थ भूमिका नै निर्वाह गरेको दाबी पनि गरेका छन् । ‘जहाँसम्म मेरो सवाल छ, मैले तटस्थ, निष्पक्ष, स्वतन्त्र रूपमै गरेको छु र अझ मैले भन्नु पर्दाखेरि मैले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर नै सबै कुरा गरेको छु र सधैंभरि त्यही गर्न म प्रतिवद्ध छु,’ उनले भने । उनले संसदको प्रभावकारिता राजनीतिक दलहरूको भूमिकामा निर्भर हुने बताएका छन् । ‘मुख्यतः यो सदन भनेपछि पार्टीहरूकै भूमिका निर्णायक हुन्छ । सभामुखको भूमिका भनेको त समन्वय गर्ने, सहजीकरण गर्ने अर्थात खेलको अम्पायरजस्तो पनि हो सभामुख । जतिबेला खेल सुरु हुन्छ त्यतिबेर सभामुखको भूमिका देखिँदै जान्छ ।’
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ०२:५५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP