

काठमाडौं – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९.५७ अङ्कले ओरालो लागेर दुई हजार २८१.६७ अङ्कमा ओर्लेको छ ।
केही समय पहिले बुलिस टे«ण्डमा अगाडि बढेको बजार वियरिसमा झर्दा यो हालसम्मकै कम बिन्दुमा आइपुगेको हो । नेप्से झण्डै ११०० अङ्कले घटेको छ भने बजार पूँजीकरण रु १२ खर्बले घटेको छ । नेप्सेका अनुसार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.४७ अङ्कले घटेर ४३७.५९ मा ओर्लिएको छ । कूल २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता सेयर रु तीन अर्ब ९९ करोड ५६ लाख चार हजार १७८ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये आइतबार सबै उपसमूहको सेयर ओरालो लागेको छ ।
बैंकिङ ३४.११, व्यापार ९९.११, होटल तथा पर्यटन ५४.९२, विकास बैंक २११.७६, जलविद्युत् १०५.८२, वित्त १०९.७८, निर्जीवन बीमा ५४५.९८, उत्पादन १७१.७२, अन्य ६९.३५, लघुवित्त १८७.३३, जीवन बीमा ४२५.३३, सामूहिक लगानी कोष ०.२४ र लगानी ३.५५ अङ्कले ओरालो लागेको छ । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब सात अर्ब ७८ करोड १० लाख ९५ हजार ९० बराबर पुगेको छ ।
कारोबारका आधारमा सोमबार नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १८ करोड तीन लाख ५९ हजार ३०२ बराबरको कारोबार भयो । यस्तै, नेशल हाइड्रोपावर रु १३ करोड ४१ लाख ९८ हजार ३३०, हिमालयन डिस्टिलरी रु १२ करोड आठ लाख २६ हजार ४५०, मञ्जुश्री फाइनान्स रु १० करोड ९२ लाख ९५ हजार ७७४ रमहालक्ष्मी विकास बैंक रु १० करोड १३ लाख आठ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।