Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस महाधिवेशनः आज मतदान
कांग्रेस महाधिवेशनः आज मतदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २७, २०७८
Hardik health
काठमाडौं– काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि सोमबार मतदान हुँदै छ । १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय समिति चयनका लागि मतदान हुन लागेको हो । कांग्रेस निर्वाचन समितिले सोमबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान गर्ने कार्यक्रम तय गरेको छ । समितिले निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको छ । यसैगरी १ हजार १ सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाएको छ । मतदाताको संख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको महाधिवेशन मिडिया सेन्टरका संयोजक सुरेश आचार्यले जानकारी दिएका छन् । महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ÷शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ । उनका अनुसार भृकुटीमण्डपको प्रांगणमा प्रदेश २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ भने भृकुटीमण्डपको हलमा प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ । सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको समितिले जनाएको छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्रांगणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिने छ । अन्तिम नामावली प्रकाशन कांग्रेस निर्वाचन समितिले आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । जसअनुसार सभापति पदमा पाँचजना बीच प्रतिष्पर्धा हुनेछ । यसअघि सभापति पदमा उम्मेदवारी दिएका युवराज न्यौपानले अर्का प्रत्यासी डा.शेखर कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । अब सभापति पदमा डा. कोइरालासहित वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिष्पर्धा हुनेछ । निर्वाचन समिति दिएको समयसीमाभित्र सहमहामन्त्री पदका उम्मेदवार सुरेन्द्र चौधरीले पनि उम्मेदवारी फिर्ता गरेका छन् । पदाधिकारीका अन्यको भने उम्मेदवारी कायम छ । त्यस्तै, केन्द्रीय सदस्य पदका विभिन्न क्लस्टरमा उम्मेदवारी दिएका ५५ जनाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । सोमबार उपसभापति पदमा दुई सिटका लागि सात जना, दुई महामन्त्री पदका लागि छ, सहमहामन्त्रीतर्फ महिला एक सिटका लागि दुई जना, दलित एक सिटका लागि तीन, आदिवासी जनजाति एक सिटका लागि दुई, खस आर्य एक सिटका लागि दुई, मधेसी एक सिटका लागि तीन, मुस्लिम एक सिटका लागि दुई, थारु एक सिटका लागि दुई र पिछडिएको क्षेत्र एक सिटका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने छ । त्यस्तै, केन्द्रीय सदस्य खुला ३५ सिटका लागि ९९, केन्द्रीय सदस्य महिला खुला नौ सिटका लागि ३० जनाबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेशतर्फ महिला एक जना र खुलातर्फ दुई जना निर्वाचित हुने विधानको व्यवस्था छ । सोहीअनुसार प्रदेश १ महिलामा तीन, खुलामा सात जनाबीच अन्तिम प्रतिस्पर्धा हुनेछ । प्रदेश २ मा महिला एक सिटका लागि दुई जनाबीच प्रतिस्पर्धा हुनेछ भने खुलातर्फ आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । वाग्मती प्रदेशमा महिलाका लागि तीन जना, खुलातर्फ छ, गण्डकी प्रदेश महिलातर्फ दुई, खुलातर्फ चार, लुम्बिनीमा महिलातर्फ तीन, खुलातर्फ छ, कर्णालीमा महिलातर्फ दुई तथा खुलातर्फ पाँच र सुदूरपश्चिममा महिलातर्फ तीन र खुलातर्फ छ जनाबीच प्रतिष्पर्धा हुनेछ ।
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  ०३:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP