Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कर्णालीको नयाँ इतिहास सुरु भयो : राष्ट्रपति
कर्णालीको नयाँ इतिहास सुरु भयो : राष्ट्रपति
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर २७, २०७८
Hardik health
कर्णाली– राष्ट्रपति विद्यादेवी भण्डारीले ७६ करोड लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनको शिलन्यास गरेकी छन् । आइतबारदेखि कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबिबिएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक रुपमा सुरुवात भएको छ । आइतबारदेखि एमबिबिएस, बी.फार्मा, बिएनएस, बिएमएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ सुरु भएको प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले जानकारी दिएका छन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थापनाले कर्णालीको नयाँ इतिहास निर्माण भएको बताईन् । उनले कर्णालीको विशिष्ट पहिचान भएको भन्दै प्राचीनकालदेखि खस सभ्यताको आधार भूमिका रुपमा परिचित कर्णाली नेपाली भाषाको जननी बनेर गौरवशाली सिञ्जा सभ्यता विकास गरेको जानकारी गराईन् । उनले कर्णालीले नै विश्वसामु हाम्रो मौलिकता प्रवद्र्धन गरिरहेको बताईन् । राष्ट्रपति भण्डारीले यस्तो गौरवशाली इतिहास बोकेको कर्णालीलाई थप प्रसिद्ध बनाउन प्रतिष्ठानको ठूलो भूमिका रहने उनको विश्वास थियो । मुलुकको ठूलो प्रदेश कर्णाली विकासका दृष्टिले अस्थायी रुपमा पछि परे पनि पवित्र एवं उर्वर भूमिको प्राकृतिक सम्पदाको अपार सम्भावनालाई सदुपयोग गर्न सकिए आर्थिक समृद्धि हुने र त्यसले समुन्नत प्रदेश रुपान्तरणमा सहयोग पुर्‍याउने उनले दाबी गरिन् । राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘कर्णालीमा उत्पादित उच्च मूल्यका मह, जडीबुटी, हस्तकला, बहुमूल्य यार्सागुम्बा, कटुकी, सुगन्धित वनस्पति शिलाजित जस्ता वस्तुहरु विदेशमा कम मूल्यमा निर्यात हुने तर त्यसबाट उत्पादित औषधि नेपालीले महँगोमा किन्नुपर्ने बाध्यताबाट छुट्कारा पाउन प्रतिष्ठानले अनुसन्धान केन्द्र स्थापना गर्नुपर्दछ । यहाँ उपलब्ध बहुमूल्य जडीबुटीको पहिचान र उपयोग नेपालमै हुने वातावरण बनाउन सक्नुपर्दछ ।’ उनले पहाडी भेकको जुम्ली मार्सी धानको उत्पादनमा जोड दिन आग्रह गरिन् । चन्दननाथ ब्रान्ड पनि नेपाली बजारमा लोकप्रिय हुँदै गएकाले जुम्ली मार्सी धान उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो । राष्ट्रपति भण्डारीका अनुसार कर्णालीको भौतिक पूर्वाधारमा लगानी बढाएर ‘स्वर्गकी अप्सरा’ का नामले परिचित मुगुको राराताल, विश्व प्रसिद्ध धार्मिक–सांस्कृतिकस्थल मानसरोवरसम्म पहुँच र हिल्सा जोड्ने सडकमार्ग निर्माणमा जोड दिई अन्तर्राष्ट्रिय सीमा नाकालाई पूर्वाधारयुक्त र सुदृढ तुल्याउनुपर्दछ । लामो समयदेखि आफ्नै घर आँगनमा उच्चस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्न पाउने सपना देखेका नागरिकको सपना पूरा भएकामा यसका लागि प्रयास गर्ने सबैलाई राष्ट्रपति भण्डारीले बधाईज्ञापन गरिन् । उनले प्रतिष्ठान स्थापनाकालदेखि बहुप्रतिक्षित एमबिबिएसलगायत शैक्षिक कार्यक्रम शुभारम्भ गर्ने अवस्थामा ल्याउन योगदान पु¥याउने कर्णालीवासी जनता, विद्वत समुदाय, प्राज्ञिकजगत्, नेपाल सरकार र सम्बद्ध निकायलाई हार्दिक धन्यवादका साथै बधाईज्ञापन गरेकी थिईन् । कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रतिष्ठानको स्थापनाले कर्णालीको स्वास्थ्य सूचाङ्कमा प्रगति भएकोे बताए । उनले कर्णाली मात्र नभई प्रतिष्ठान सिङ्गो मुलुकको स्वास्थ्य अवस्थामा कोसेढुङ्गा साबित हुँदै गएको तर्क गरे । प्रतिष्ठानका संस्थापक एवं पूर्वमन्त्री नरेश भण्डारीले पिछडिएको क्षेत्रको जीवनमा नयाँ स्वास्थ्य युगको प्रारम्भ भएको बताए । उनले सेतो हिउँमा एप्रोनधारी डाक्टर उत्पादन गर्ने सपना बोकेका कर्णालीवासीको व्यग्र प्रतीक्षा पूरा भएको जनाए । प्रतिष्ठानका उपकुलपति रावलले कर्णालीका लागि फरक र विरलै दिन भएको भन्दै प्रतिष्ठानलाई यहाँ पु¥याउन योगदान पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गरे । उनले राष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरवको आयोजनामा दस्तावेज गर्न कार्यक्रमबाटै अपिल गरे । उपकुलपति रावलले कर्णाली सुनको थाल भएकाले अब त्यो थाल थापेर कतै पनि अनुदान माग्नुपर्ने अवस्था नआउने बताए ।
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  ०३:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP