Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस महाधिवेशन १३४ पदमा ५४८ को भिडन्त
कांग्रेस महाधिवेशन १३४ पदमा ५४८ को भिडन्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २६, २०७८
RS_Ktm-2
Hardik health
काठमाडौं– शुक्रबारदेखि काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान सभापति शेरबहादुर देउवासहित ६ जनाले शनिबार उम्मेदवारी मनोनयन गराएका हुन् । संस्थापन इतरसमूहबाट साझा उम्मेदवार तय गर्ने अन्तिम समयसम्म प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि सभापति पदमा मनोनयन गराउनेको संख्या आधादर्जन पुगेको हो । सभापति पदमा वर्तमान सभापति देउवा, नेताहरू प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानलेले उम्मेदवारी दर्ता गराएका हुन् । यद्यपि मुख्य रूपमा देउवा र डा. कोइरालाबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । वर्तमान सभापति देउवा र केन्द्रीय सदस्य डा. कोइरालाले पदाधिकारीसहित केन्द्रीय सदस्यमा समेत प्यानल नै बनाएका छन् । देउवाको प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले उम्मेदवारी दिएका छन् । त्यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् भने सहमहामन्त्री पदमा डिना उपाध्याय, भीष्मराज आङ्देम्बे, महेन्द्र राय यादव, किशोरसिंह राठोर, उमाकान्त चौधरी, फरमुल्ला मन्सुर, जीवनबहादुर शाही र मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् । डा. कोइरालाको प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ, महामन्त्रीमा मिनेन्द्र रिजाल र गगनकुमार थापा तथा सहमहामन्त्री पदमा कमला पन्त, विकास लामा, रामकृष्ण यादव, देवराज चालिसे, तेजुलाल चौधरी, शेख वकिल, बद्री पाण्डे र जीवन परियारले उम्मेदवारी मनोनयन गराएका छन् । नेता सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले मनोनयन गराएका छन् । हाल प्रवक्ताको समेत जिम्मेवारी सम्हालिरहेका शर्मालाई देउवाले आफ्नो समूहमा स्थान दिने अनुमान गरिएको थियो । तर, कृष्णप्रसाद सिटौलाको तर्फबाट प्रदीप पौडेलले उम्मेदवारी दिने तय भएपछि शर्मा सिंहको प्यानलमा पुगेका हुन् । सिंहले अन्य पदमा उम्मेदवार बनाएका छैनन् । त्यस्तै उपसभापतिमा महेश आचार्य र दिव्यश्वरी साहले पनि उम्मेदवारी दिएका छन् । महामन्त्रीमा डा.राजाराम कार्की, सहमहामन्त्रीमा सुरेन्द्र चौधरी, रञ्जित कर्ण, चेतनाराज बजाल र गंगा सुनारले उम्मेदवारी मनोनयन गराएका छन् । सभापतिसहित कांग्रेसको १३ सदस्यीय पदाधिकारीका लागि ३९ जनाले मनोनयन गराएका छन् । नयाँ कार्यसमिति चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा शनिबार भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीका लागि उक्त संख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन समयावधि तोकिएको थियो । त्यस्तै केन्द्रीय सदस्यतर्फ पिछडिएका समूहबाट दुई, अपांगत भएको कोटामा १७, अल्पसंख्यकमा ६, मुस्लिम कोटामा १६, थारु समुदायबाट १४, मधेशीमा ३२, दलित ३९, महिला ३१, खसआर्यतर्फ ८३ जना, आदिवासी जनजाति क्लस्टरबाट ८७ जना र खुलातर्फ ११० जनाको उम्मेदवारी परेको छ । यसैगरी प्रदेश १ बाट १३, प्रदेश २ बाट पाँच, लुम्बिनी प्रदेशका लागि ११, गण्डकीका लागि ६, कर्णालीका लागि छ, सुदूरपश्चिम प्रदेशका लागि १२, वाग्मतीका लागि नौ जनाले उम्मेदवारी मनोनयन गराएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभागृहबाट भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीयसदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ । निर्वाचन समितिका अनुसार सभापतिसहित कुल १३४ सिटका लागि ५४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त संख्यामा महाधिवेशन प्रतिनिधि चयन गरिएका थिए । पौडेलको सन्न्यास वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन् । सभापति देउवाविरुद्ध उम्मेदवार बन्न चाहेका उनी आफ्नै समूहमा सहमति हुन नसकेपछि उम्मेदवारी नदिने मनस्थितिमा पुगेका हुन् । शनिबार एक विज्ञप्तिमार्फत पौडेलले १४औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट आफू अलग भएको बताएका छन् । उनले राष्ट्रिय राजनीतिमा भने आफ्नो भूमिका रहिरहने प्रष्ट पारेका थिए । पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने थलो मात्र नभएर यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिन आवश्यक हुने उनले बताएका छन् । ‘म नेपाली कांग्रेस पार्टीका तमाम कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूलाई यो दिशामा आफ्नो ध्यान लगाउन र सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रह गर्दछु,’ पौडेलले विज्ञप्तिमार्फत भनेका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  ०३:१८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP