Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस महाधिवेशनः २७ मंसिरमा मतदान
कांग्रेस महाधिवेशनः २७ मंसिरमा मतदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २३, २०७८
mahadhibeshan
Hardik health
काठमाडौं– आगामी शुक्रबारदेखि सुरु हुन लागेको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका प्रकाशित गरिएको छ । पार्टीको निर्वाचन समितिले महाधिवेशनबाट नेतृत्व चयनका लागि बुधबार निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो । जसअनुसार २७ मंसिरमा मतदान हुनेछ । कांग्रेस निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली शुक्रबार (२४ मंसिर) बिहान १० बजे हुनेछ भने उम्मेदवारको मनोनयन दर्ता शनिबार (२५ मंसिर) बिहान १० देखि ५ बजेसम्म हुनेछ । यस्तै दाबी विरोधको समय शनिबार बेलुका ७ देखि ९ बजेसम्म राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशन सोही राति ९ देखि १२ बजेसम्म हुनेछ । यस्तै, मनोनयनपत्र फिर्ताका लागि २६ मंसिर बिहान ११ बजेसम्मको समय दिइएको समितिले जनाएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आगामी सोमबार (२७ मंसिर) बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् । निर्वाचन सम्पन्न भएपछि सभापति पदको मतगणनालगत्तै सुरु गरिनेछ भने निर्वाचनसम्बन्धी सबै कार्यक्रम राष्ट्रियसभा गृहमा हुनेछ । यस्तै सभापतिको लागि दोस्रो चरणको निर्वाचन गर्नुपरेमा पनि लगत्तै गरिने कार्यतालिका बनाइएको छ । पहिलो चरणमा सभापति पदका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेमा सबैभन्दा धेरै मत ल्याउने दुई जना उम्मेदवारबीच दोस्रो चरणको प्रतिस्पर्धा हुने विधानमा व्यवस्था छ । सोही अनुसार यो महाधिवेशनमा पनि कुनै पनि उम्मेदवारमा पहिलो चरणमा आवश्यक प्राप्त गर्न नसकेको अवस्थामा मत गणना सकिएलगत्तै अर्को चरणको मतदान गर्ने कार्यतालिका बनाइएको छ । सभापतिको हकमा राष्ट्रिय सभागृहमै र अन्य पदाधिकारी र सदस्यहरूको मतगणना पार्टी कार्यालयमा गर्ने निर्वाचन समितिले जनाएको छ । कांग्रेसको सभापतिमा हालसम्म शेरबहादुर देउवा र विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेका छन् भने इतर पक्षबाट साझा उम्मेदवार छलफल भइरहेको छ । संस्थापन इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइराला आकांक्षी छन् । ६ बुँदे आचारसंहिता जारी कांग्रेसको १४औँ महाधिवेशनका लागि ६ बुँदे आचारसंहिता जारी गरिएको छ । कांग्रेस निर्वाचन समितिले उम्मेदवार रहने केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरूको लागि आचारसंहिता लागू गरेको हो । जसअनुसार उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपिल विवरणमा गर्न सकिनेछ । तर, कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्नेगरी प्रचार–प्रसार गर्न रोक लगाइएको छ । समितिले मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचारप्रसार गर्न अनुरोध गरेको छ । यस्तै, कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुर र महाधिवेशनस्थल भृकुटीमण्डप तथा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गस्थल वरपर ५०० मिटर क्षत्रीभत्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामग्रीहरू व्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्प्लेटलगायत टाँस्न एवं माइकिङ गर्न मनाही गरिएको छ । यदि निर्धारित क्षत्रीभत्र प्रचार सामग्री राखिएको पाइएमा निर्वाचन समितिले हटाउने आचारसंहितामा उल्लेख गरिएको छ । त्यस्तै निर्वाचन समितिले निर्वाचनको क्रममा संयमित भएर शान्तिपूर्वक मतदानमा सहभागी हुन अनुरोध गर्दै मतदानस्थलभित्र प्रवेश गर्न प्रतिनिधिलाई मोबाइल निषेध गरिएको जनाएको छ । पौडेल पक्ष अझैँ अनिर्णित कांग्रेसको महाधिवेशन सुरु हुन एक दिन मात्र बाँकी रहँदा पनि संस्थापन इतर पक्षका नेताहरूले सहमतिको साझा उम्मेवार तय गर्न सकेका छैनन् । मंगलबार संस्थापन इतर पक्षका नेताहरूले साझा उम्मेदवार तय गर्ने विषयमा सहमति भएको र बुधबार नाम सार्वजनिक गरिने बताएका थिए । बुधबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकले साझा उम्मेदवार तय गर्न नसकेको हो । बुधबारको बैठकमा उल्टै सभापति पदका आकांक्षीहरू मन अमिलो पारेर उठेका थिए । बैठकमा पार्टीका वरिष्ठ नेता पौडेल आक्रोशित मुद्रामा प्रस्तुत भए थिए । नेताहरू यसैगरी आपसमा नमिल्ने हो भने राजनीतिबाटै सन्न्यास लिनेसम्मको अभिव्यक्ति नेता पौडेलले बैठकमा व्यक्त गरेका थिए । स्रोतका अनुसार डा. शेखर र सिंहले सभापतिको उम्मदेवार बन्ने दाबी नछाडेपछि आक्रोशित हुँदै पौडेलले बैठकमा भने, ‘तपाईंहरू कि आपसमा मिल्नोस्, कि मेरो नेतृत्व स्वीकार्न तयार हुनोस् । आफूहरू पनि नमिल्ने र अरुको नेतृत्व पनि नस्विकार्ने हो भने मलाई राजनीतिबाटै सन्न्सास लिन दिनोस् ।’ बैठकमा सिंहले कुनै पनि हालतमा आफूले सभापतिको दाबी नछाड्ने भन्दै बरु एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएपछि पौडेल आक्रोशित बनेको नेताहरूको भनाइ छ । सिंहले जस्तै डा. शेखरले पनि अडान नछाड्ने बताएपछि पौडेल थप तनावमा परेका छन् । सभापतिका आकांक्षी महामन्त्री डा. शशांक कोइरालाले भने मंगलबार नै पौडेललाई समर्थन गर्दै दाबेदारी फिर्ता लिएका थिए । बुधबारको छलफलमा सहमति नजुटेपछि सो पक्षले बिहीबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ । उक्त बैठकबाट साझा उम्मेदवार तय गर्ने नेताहरूले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०३:२२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP