Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अनिर्णित पौडेल समूह
अनिर्णित पौडेल समूह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर २२, २०७८
Hardik health
काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु हुन जम्मा दुई दिन बाँकी छ । संस्थापन पक्षबाट सभापतिमा पुनः शेरबहादुर देउवाले नै उम्मेदवारी दिने निश्चित भइसहेको छ । तर, सभापति देउवाविरुद्ध सहमतिमा उम्मेदवारी दिने प्रतिबद्धता जनाएको सस्थापन इतर समूहका नेताहरूले भने हालसम्म उम्मेदवार तय गर्नै सकेका छैनन् । संस्थापन इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, डा. शेखर कोइराला मुख्य रूपमा आकांक्षी छन् । उनीहरूले वडा सम्मेलन सुरु हुने भएपछि हताहतार १७ भदौमा पत्रकार सम्मेलन गर्दै आफू पक्षका कार्यकर्तालाई सहमतिमा साझा उम्मेदवार बनाउने प्रतिबद्धता जनाएका थिए । तर, उनीहरू सो प्रतिबद्धतापछि सबै सभापति पदका आकांक्षीहरू आफैँ उम्मेदवार बन्न लिगलिगे दौडमा लागे । जसका कारण उनीहरूको पकड भएको जिल्ला तथा प्रदेश समितिमा नेतृत्व चयनका क्रममा ठूलो क्षति भोग्नु परेको छ । प्रदेश १ मा फराकिलो अन्तरले जित्ने आँकलन गरिएका संस्थापन इतर समूहका प्रदेश सभापतिका उम्मदेवार गुरुराज घिमिरे २ मतले पराजित भइसकेका छन् । यसबीचमा उनीहरूले साझा उम्मेदवार बनाउने पहल नगरेका होइनन् । पटक–पटक उनीहरू द्विपक्षीय, त्रिपक्षीयदेखि सामूहिक छलफलसमेत गरे । तर, उनीहरूले साझा उम्मेदवार तय गर्न सकेका छैनन् । मंगलबार पनि संस्थापन इतर पक्षका सभापतिका आकांक्षीहरूबीच छलफल भयो । तर, सहमति जुट्न सकेन । पटकपटकको छलफल अनिर्णित हुँदा सो समूहको छलफललाई ‘भ्यागुताको धार्नी पु¥याउने प्रयास’का रूपमा अर्थ लगाउन थालिएको छ । मंगलबारको छलफलमा नेताहरूबीच बुधबार साँझसम्ममा सहमतिको उम्मेदवार तय गर्ने सहमति भएको छ । यद्यपि कसरी, कसको नाममा सहमति हुन्छ भन्ने बारेमा भने ठोस सहमति हुन सकेन । पौडेल पक्षले बुधबार साँझसम्म पार्टीको १४औँ महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने निर्णय गरेको छ । मंगलबार चाक्सीबारीस्थित नेता सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरूको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेदवार बुधबारसम्ममा तय गरी सार्वजनिक गर्ने निर्णय गरेको हो । महाधिवेशनबाट कांग्रेसलाई सफल बनाउने गरी नयाँ नेतृत्व चयन गर्नका लागि बुधबार साँझसम्म आफूहरू पक्षले सहमतिमै उम्मेदवार चयन गर्ने निर्णय गरेको वरिष्ठ नेता पौडेलले जानकारी दिए । त्यसका लागि मंगलबारको बैठकमा सहमतिको नजिक पुगिएको पनि उनले दाबी गरेका छन् । वरिष्ठ नेता पौडेलले भने, ‘नेपाली कांग्रेसको रूपान्तरण चाहने विचार समूहको बीचमा हामी साथीहरूले आज विभिन्न कोणबाट छलफल ग¥यौँ । हामी सहमतिको निकै नजिक पुगेका छौँ । हाम्रो निर्णय भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ । हामीले विभिन्न कोणबाट छलफल ग¥यौँ र अबको चुनौतीको सामना कसरी हामी गर्छौँ । महाधिवेशनमा हामी कसरी पार्टी जोगाउन सफल हुन्छौँ । सबै पक्षमा छलफल गरेर हामी एउटा निष्कर्ष नजिक नजिक पुगेका छौँ । केही प्रक्रिया पूरा गर्न बाँकी छ । त्यो प्रक्रिया पूरा गरेर हामी भोलि साँझसम्म साझा उम्मेदवारको निर्णय सार्वजनिक गर्छौँ ।’ वरिष्ठ नेता पौडेलले सहमति नजिक पुगेको र बुधबार उम्मेदवारको तय हुने बताइरहँदा सभापति पदका आकांक्षी डा.शेखर कोइराला भने बुधबारको छलफलमा सहभागी नहुने बताएका छन् । मंगलबारको बैठकपछि औपचारिक प्रतिक्रिया दिन भने नमानेका डा.कोइरालाले अनौपचारिक रूपमा आफू बुधबारको भेलामा सहभागी नहुने बताए । वरिष्ठ नेता पौडेलले भेलाबाट निर्णय हुने बताएको बैठकमा नगए पनि निर्णय मान्य हुने वा नहुने भन्ने विषयमा भने उनले केही भनेनन् । उनले भने, ‘भोलिको बैठकमा म जान्न, उहाँहरूले छलफल गर्नुहुन्छ ।’ उनको प्रतिक्रियाले मंगलबारको छलफलका क्रममा भएको छलफलप्रति उनी असन्तुष्ट रहेको प्रष्ट हुन्छ । शशांक ब्याक, पौडेललाई समर्थन कांग्रेसको आसन्न महाधिवेशनमा सभापति देउवालाई परास्त गर्न शशांक कोइरालाले सभापतिको दाबी छाडेका छन् । गणेशमान भवन चाक्सीबारीमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न बसेको बैठकमा महामन्त्री सशांक कोइरालाले पौडेललाई समर्थन जनाउँदै उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । यसअघि कोइराला परिवारभित्र शंशाक, शेखर र सुजाताबीच शेखरलाई उम्मेदवार बनाउने सहमति भएको समाचार सार्वजनिक भएका थिए । तर, मंगलबारको छलफलमा शशांकले पौडेललाई समर्थन गर्दै सभापतिको उम्मेदवार नबन्ने बताएका हुन् । बैठकमा कोइरालाले भने, ‘रामचन्द्रजी सिनियर पनि हो । मलाई उहाँले एकपटक सहयोग गर्नुस् भन्नुभएको छ । उहाँकै नेतृत्वमा चुनावमा जानु उपयुक्त हुन्छ ।’ कांग्रेसको १४औँ महाधिवेशन २४ मंसिरबाट काठमाडौंमा सुरु हुँदै छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  ०२:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP