Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओलीको शरणमा बार
ओलीको शरणमा बार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर २२, २०७८
download
Hardik health
काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा प्रस्तुत गरिने महाअभियोगको प्रस्तावको पक्षमा उभिन नेपाल बार एसोसिएसनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि गुहार मागेको छ । २८ मंसिरमा संसदको हिउँदे अधिवेशन सुरु हुन लागेको बेला एमालेलाई गुहार्न बारको टोली मंगलबार एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट नै पुगेको हो । एमालेको समर्थनबिना महाअभियोगको प्रस्ताव पारित नहुने भन्दै बारका पदाधिकारीले न्यायलयको सुधारका लागि महाभियोगको पक्षमा उभिन ओलीलाई आग्रह गरेका थिए । प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलनमा उत्रिएका वरिष्ठ अधिवक्ताहरूसहित बालकोट पुगेका बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले एमालेको सहयोगबिना महाअभियोग पारित नहुने बताए । सत्ता गठबन्धनले महाअभियोग लगाउन सहमति जनाएको संकेत गर्दै उनले एमालेको सहयोग भए मात्र पारित हुने भएकाले ओलीको सहयोग माग गरिएको बताए । उनले अदालतभित्रबाट अहिलेको समस्या समाधान नहुने र चोलेन्द्रशम्शेर भ्रष्टाचारीको नाइके भएकाले अदालतमा राख्न नहुने दाबी गरे । श्रेष्ठले भने, ‘सबै दल नमिल्दा महाअभियोग पास हुँदैन । दलहरूले आन्तरिक गृहकार्य गरिरहेको होलान् तर बाहिरबाट हेर्दा बेवास्ता भइरहेको देखिन्छ । जिम्मेवार प्रतिपक्षको नेता र हिजोको दिनमा पनि न्यायपालिकाभित्र विसंगतिका कुरा हुँदा बेठिक भइरहेको छ भनेर आवाज उठाएको नेतालाई भौतिक रूपमै भेटेर कुरा राख्न आएका हौँ ।’ जवाफमा अध्यक्ष ओलीले सत्तारुढ दलहरू प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउने पक्षमा नरहेको बताएका छन् । बारका अध्यक्ष श्रेष्ठले सत्ता गठबन्धनले महाअभियोग लगाउने संकेतप्रति असहमति प्रकट गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नामै लिएर सत्तापक्ष प्रधानन्यायाधीश जबरालाई संसदमा महाअभियोग लगाउन तयार नरहेको दाबी गरेका हुन् । उनले देउवा र दाहाल ‘प्रधानन्यायाधीश जबराले मन्त्री पद लेनदेन नगरेको’ भन्दै बचाउमा उभिएको तर्कसमेत गरे । ‘कसरी उहाँहरूबाट महाअभियोग प्रस्ताव दर्ता हुन्छ ?’ उनको प्रश्न थियो । उनले सैद्धान्तिक हिसाबले बारको प्रस्तावमा आफ्नो असहमति नभए पनि न्यायालय स्वच्छ र निष्पक्ष रहन नसकेको बताए । उनले बारले स्वच्छ न्यायालयको कुरा बारले उठाए पनि निष्पक्षताको कुरा नउठाएकामा असन्तुष्टि जनाए । अध्यक्ष ओलीले बारका पदाधिकारीलाई महाभियोग पास गर्न सहयोग गर्न नसक्ने जनाउ दिएका छन् । उनले जबरालाई हटाएपछिको सेटिङ प्रष्ट भएको भन्दै बारका पदाधिकारीप्रति उल्टै शंकाको नजर तेस्र्याए ।  
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  ०२:२०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP