Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्राकृतिक स्रोत आर्थिक विकासका निम्ति मोडेल बन्न सक्छ : अध्यक्ष दाहाल
प्राकृतिक स्रोत आर्थिक विकासका निम्ति मोडेल बन्न सक्छ : अध्यक्ष दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १९, २०७८
Hardik health
चितवन– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हाम्रो प्राकृतिक स्रोतहरू जल, जंगल र जमिनको सही ढंगले प्रयोग गर्न सके आर्थिक विकासका निम्ति मोडेल बन्न सक्ने बताएका छन् । भरतपुर महानगरपालिकाले शनिबार आयोजना गरेको सिबीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहमा उनले यस्तो मोडलको चर्चा गरेका हुन् । उनले भने, ‘जल, जंगल र जमिनको सही ढंगले सदुपयोग गरी पूर्वाधार निर्माण गर्न सके यहाँको समृद्धिको यात्रामा गुणात्मक उपलब्धि हासिल गर्न सक्छौँ ।’ उनले नारायणी, राप्ती, रिउ, राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीयस्थल सबै यही ठाउँमा हुनु विकासका लागि अति राम्रो कुरा भएको भन्दै यसलाई प्रभावकारी ढंगले प्रयोग गर्न आग्रह गरे । यी सबै प्राकृतिक स्रोतहरू जल, जमिन र जंगलसँगै सम्बन्धित रहेको भन्दै उनले जिल्लाको विकासका निम्ति मात्रै नभई राष्ट्रियरूपमा आर्थिक विकासका निम्ति मोडेल रहेको बताए । आफूले यसलाई चितवनको विकासको मोडेलको रूपमा लिएको उनको भनाइ थियो । उनले सिबीच मोडलको रूपमा नारायणी नदीको विकास गर्नुले यहाँको पर्यटन, सौन्दर्य र जलको सदुपयोगको दिशामा पनि एउटा महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपालका धेरै ठाउँमा जल, जंगल र जमिनको प्रयोग गरी विकास गर्न सकिने ठाउँ रहेको भन्दै उनले सिंगापुरको सन्तोसा आइल्यान्डजस्तै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताए । यसले आन्तरिक मात्रै नभई बाह्य पर्यटकसमेत आकर्षित गर्ने उनको भनाइ थियो । विकासको मोडल चितवनले प्रस्तुत गर्नुपर्ने भन्दै उनले सबै नागरिक एक ठाउँ भएर काम गर्न जरुरी रहेको बताए । उनले भरतपुरमा तीव्र गतिमा भौतिक विकासका काम भइरहेका जनाउँदै चितवन र भरतपुरमा हुने आर्थिक विकासका गतिविधि राष्ट्रियरूपमा सबैका निम्ति अध्ययन गर्ने विषय हुन् सक्ने उनको भनाइ थियो । जिल्लाको विकासका लागि ठूला–ठूला परियोजना सोचिएको उनले बताए । विशेष गरी शक्तिखोरबाट सुरुङमार्ग बनाउने, रेललाइन ल्याउने, मकवानपुर चितवन र नवलपुरलाई जोडेर बृहत्तर आर्थिक परियोजना बनाउने परिकल्पना भएको बताए । यो विकासको पनि केन्द्र विन्दु होस् भन्नका लागि सबैले सपना देखेको उनको भनाइ छ । त्यस्तै उनले देशभरिका जनताले अध्ययन गर्ने गरी यहाँको विकास गरिने बताए । देशको राजनीतिको केन्द्र चितवन बनेको भन्दै अब यो ठाउँ सबैको नजरमा परिसकेको बताए । सो अवसरमा महानगर प्रमुख रेणु दाहालले सो ठाउँमा पर्यटकीय पूर्वाधारका लागि विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको बताइन् । जसका लागि २९ करोड आवश्यक हुने उनको भनाइ थियो । हाल पर्यटन बोर्डले आह्वान गरेको बोलपत्रमा छ करोड ६७ लाखमा ठेकेदार कम्पनीले स्वीकार गरेको छ । दाहालका अनुसार गत वर्ष उद्योग वाणिज्य संघसँग मिलेर ९७ लाखको पदमार्ग निर्माण गरी सकिएको छ । हाल दुई दशमलव पाँच किलोमिटर लामो पदमार्ग, तीन वटा पार्किङस्थल र जग्गा व्यवस्थापन गरिने उनले जानकारी दिईन् । नारायणीको किनारलाई नमूना पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न महानगर लागिपरेको उनले बताईन् । पुलबाट पूर्वतर्फको नारायणी किनारको करिब ३० बिघा क्षेत्रमा पर्यटकीय पूर्वाधार बन्ने र पश्चिमतर्फको नगरवनलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने दाहालले जानकारी दिइन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  ०२:१६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP