

काठमाडौं – नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्दै आएको रियालन्स फाइनान्स लिमिटेड कम्पनी १३ औं वर्षमा प्रवेश गरेको छ । प्रदर्शनीमार्गबाट आप्mनो कारोबार शुरु गर्दै आएको यस फाईनान्सले सेवा दिँदै आएको शनिबार बाह्रौं बर्ष पूरा गरि तेह्रौ बर्षमा प्रवेश गरेको हो ।
का.म.न.पा. २८ प्रर्दशनीमार्गमा मुख्य शाखा कार्यालय र न्यूरोड काठमाण्डौ, सितापाईला काठमाण्डौ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, टाँडी चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, गोरखा बजार गोरखा, चारआली झापा,, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, मणीग्राम रूपन्देही, भैरहवा रूपन्देही, धनगढी कैलाली, अत्तरीया कैलाली, महेन्द्रनगर कन्चनपुर र कोहलपुर बाँकेमा शाखासहित २० शाखाबाट सेवा दिँदै आएको छ ।
संस्थाको बार्षिकोत्सवको अवसरमा संस्थाले “संस्थागत सामाजिक उत्तरदायित्व” अन्तर्गत विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरूको लागि सहयोग गरि सामाजिक कार्यमा सहभागिता जनाउने क्रममा आइतबारदेखि काठमाडौ जिल्ला, सलम्बुटार, साँखु, काठमाडौस्थित द्वन्द्वपीडित तथा अपाङ्ग समाज–नेपालमा आश्रित गरिब तथा निमुखा घरबारविहीन सुस्त मनस्थिती भएका बालबालिकाहरूलाई आवश्यक पर्ने औषधी सामाग्रीहरू तथा संगम चोक बानेश्वर स्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न वितरण गर्ने कार्य सम्पन्न गरियो । साथै संस्थाका विभिन्न शाखाले ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्र्तगत विभिन्न सघं संस्थाहरूलाई सहयोग गरेका छन् ।
उक्त कार्यक्रममा रिलायन्स फाइनान्स लि. का अध्यक्ष कुश प्रसाद मल्ली, संचालकहरू सुरकृष्ण बैद्य, रवि कृष्ण श्रेष्ठ, उपेन्द्र बहादुर कार्की, तुल्सी प्रसाद बराल, संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र उप प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले उक्त सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।