Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राप्रपा महाधिवेशनः प्रतिनिधिमा कीर्तेको आरोप
राप्रपा महाधिवेशनः प्रतिनिधिमा कीर्तेको आरोप
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १७, २०७८
rpp2021-03-28-08-08-39
Hardik health
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूको नाममा विवाद उत्पन्न भएपछि निर्वाचन कार्यक्रम प्रभावित भएको छ । बुधबारदेखि सुरु भएको महाधिवेशनअन्तर्गत बिहीबार उम्मेदवारी दर्ताको कार्यतालिका थियो । तर, प्रतिनिधिको नामावलीका सम्बन्धमा विवाद भएपछि निर्वाचन कार्यतालिका प्रभावित भएको हो । यो समाचार तयार पार्दासम्म राप्रपा महाधिवेशनमा उम्मेदवारी मनोनयन हुन सकेको छैन । विवादित पाँच जिल्लाको नामावली अध्यक्ष कमल थापापक्षले केरमेट गरेको आरोप राजेन्द्र लिङ्देनपक्षले लगाएपछि विवाद भएको हो । यसअघि सहमतिमा अन्तिम रूप दिइएको नामावलीमा थापा पक्षले टिपेक्स लगाएको आरोप लिङ्देन पक्षले लगाएको छ । लिङ्देनले थापाविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । दुवै समूह प्यानल बनाएर निर्वाचनमा होमिने तयारीमा छन् । बिहीबार बिहान १० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने भनिए पनि साँझ अबेरसम्म प्रकाशन हुन सकेको छैन । सर्लाही, कपिलवस्तु, ललितपुर, रोल्पालगायतका जिल्लाका प्रतिनिधिको नामावली हेरफेर भएको आरोप लिङ्देनपक्षको छ । थापापक्षले भने यसअघि नै विवादित जिल्लामा दुवैपक्षका बीचमा एक प्रकारको सहमति भएको र त्यही अनुरूपको अन्तिम सूची प्रकाशन गर्ने तयारी भइरहँदा अनावश्यक विवाद झिकिएको बताएको छ । यी हुन् दुवै पक्षका उम्मेदवार राप्रपाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्देनले पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो लगाएका छन् । राप्रपा नेता भुवन पाठकका अनुसार थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानको नाम उपाध्यक्षको उम्मेदवारको रूपमा टुंगो लागेको लागेको छ । यस्तै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् । यसैगरी महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ । यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ भने महामन्त्रीमा डा.धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको छ । विक्रम पाण्डेको नाम भने दुवै पक्षले प्यानलमा राखेका छन् । यस विषयमा पाठकले आफूहरूले टुंगो लगाएको सूची यही भएको र अर्को प्यानलमा राखे नराखेको बारे थाहा नभएको बताए । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदै छ भने अध्यक्षमा थापा र लिङ्देन भिड्ँदै छन् । राप्रपामा उपाध्यक्ष र महामन्त्रीपछि सहमहामन्त्री, सहायक महामन्त्री, प्रवक्ताहरू रहने व्यवस्था छ । यद्यपि, तिनीहरू प्रतिनिधिको भोटबाट नभइै अध्यक्षबाट मनोनित हुन्छन् । विधानअनुसार ७ जना सहमहामन्त्री र ७ जना सहायक महामन्त्री मनोनीत हुनेछन् । राप्रपाको १९९ सदस्यीय केन्द्रीय समिति रहने छ । जसमध्ये १४९ जना महाधिवेशनबाट निर्वाचित भएर आउनेछन् भने बाँकी मनोनित हुने व्यवस्था छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  ०२:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेले बोलायाे सचिवालय बैठक
एमालेले बोलायाे सचिवालय बैठक मंगलबार, भदौ १७, २०८२
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव मंगलबार, भदौ १७, २०८२
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP