Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वामपन्थी र कम्युनिस्टहरूबीच एकता आवश्यक छ : उपाध्यक्ष ज्ञवाली
वामपन्थी र कम्युनिस्टहरूबीच एकता आवश्यक छ : उपाध्यक्ष ज्ञवाली
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १७, २०७८
yubraj gyawali final
Hardik health
काठमाडौं– नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीप्रति जनताको आकर्षण निरन्तर बढ्दो रहेको दाबी गरेका छन् । उनले १०औँ राष्ट्रिय महाधिवेशन भव्य रूपमा सम्पन्न भएको पनि बताए । बिहीबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमाले नै आगामी निर्वाचनपछि पनि पहिलो दल बन्ने र बहुमत ल्याउने दाबी गरे । उनले भने, ‘नेपालको इतिहासमा यति धेरै जनसहभागिता कुनै पनि पार्टीको कार्यक्रममा भएको थिएन । मैले सबै दलका महाधिवेशन, अधिवेशन, आमसभा हेरेको छु, यसपटकको हाम्रो महाधिवेशनमा पाँच लाख जनता उतार्ने योजना थियो । तर, त्योभन्दा पनि धेरै जनसमूदायको उपस्थितिमा हाम्रो उद्घान सम्पन्न भयो । एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो अवस्थामा छ । जनहसहभागिताको हिसाबले १०औँ महाधिवेशन ऐतिहासिक भयो । इतिहासमै कुनै एउटा पार्टीले यत्रो जनसमुदायको उपस्थितिमा कार्यक्रम गरेको थिएन । अहिले पनि एमाले संसदमा सबैभन्दा ठूलो पार्टी छ । आउने दिनमा पनि यो पार्टीले बुहमत ल्याउने कुरा स्थापित भइसकेको छ । यो कुरा चितवनको जनसभाले पुष्टि भयो ।’ उपाध्यक्ष ज्ञवालीले फेरि पनि वामपन्थीहरूबीच एकताको आवश्यकत्ता रहेको औँल्याए । उनले भने, ‘एमालेसामु चुनौति छन्, एउटा पार्टी फुटेर तीन टुक्रा भयो । एमाले पनि फुटेको छ । हामीले सरकार ५ वर्ष चलाउन सकेनौँ । अहिले कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । हामीले कमिकमजोरी कहाँ रह्यो भनेर समीक्षा गर्नुपर्छ ।’ उनले एमाले अब सशक्त भएर अघि बढ्ने पनि दाबी गरेका छन् । उनले भने, ‘हामी कमीकमजोरी सच्याएर र फराकिलो छाती लिएर अघि बढ्नेछौँ ।’ ज्ञवालीले महाधिवेशन भव्य र सफल रूपमा सम्पन्न भएको दाबी गरे । यद्यपि महाधिवेशनमा केही कमीकमजोरी भने रहेको उनले स्विकारे । उनले आफूले पार्टीको चौँथोदेखि १०औँ महाधिवेशनसम्म सक्रियताका साथ भाग लिएको पनि स्मरण गराए । उनले भने, ‘चौँथोदेखि अहिले चितवनमा सम्पन्न भएको १०औँ महाधिवेशनसम्म म आफैँ सहभागी छु । यी सबै महाधिवेशनमा म निर्वाचित भएको छु । म सक्रिय छु । ती सबै महाधिवेशन कुनै सहमति र कुनै प्रतिस्पर्धामा गरेका छौँ । अहिलेको महाधिवेशनको नयाँ विशेषता भनेको धेरै संख्या सहमतिमा छनोट भएको छ । केही प्रतिस्पर्धाको माध्यमबाट छनोट भए । दुवै तरिकाबाट हामीले नेतृत्व छनोट गरेका छौँ । यो महाधिवेशनमा उन्नत किसिमको अभ्यास ग¥यौँ । हार्दिकताका साथ महाधिवेशन सम्पन्न भयो । असाध्यै शान्तिपूर्ण वातावरणमा व्यवस्थित ढंगले सम्पन्न भएको छ । यसर्थ प्रतिस्पर्धा र सहमतिको आधारमा नेतृत्व छनोट भएकाले यो महाधिवेशनको नयाँ विशेषता हो । नयाँ अभ्यास हो । लोकतान्त्रिक अभ्यासको कारणले पनि यो महत्वपूर्ण रह्यो । प्रतिनिधिहरू खुसीसाथ फर्किनुभएको छ । कतिपयमा असन्तुष्टि होला । आउनै पर्ने साथीहरू छुट्नुभएको छ ।’ उनले नेपालको राजनीतिमा एमालेले मूख्य भूमिका निर्वाह गर्नुपर्ने भएकाले आफूहरू सोहीअनुसार तयारीका साथ अघि बढेको पनि सुनाए । उनले भने, ‘अहिले पनि जनमत एमालेको पक्षमा रहेको छ । एमालेसँग दुई तिहाईको बहुमतको सरकार सञ्चालन गरेको अनुभव छ । विगतको सकारात्मक र नकारात्मक अनुभवबाट शिक्षा लिएर एमालेले सिंगै मुलुकलाई हाँक्ने गरी आफ्नो योजना, नीति र कार्यक्रम प्रस्तुत गरिसकेको छ ।’
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  ०२:३६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP