Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • महाधिवेशनमा साझा धारणा बनाउन जोड
महाधिवेशनमा साझा धारणा बनाउन जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १६, २०७८
Hardik health
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दलका महाधिवेशनले राष्ट्रिय महत्वका विषयमा साझा धारणा बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै राजनीतिक दलका महाधिवेशनको मौसम चलेकाले तिनले राष्ट्रिय महत्वका विषयमा साझा धारणा बनाउनुपर्ने बताएका हुन् । दलका महाधिवेशनले राष्ट्रिय एकतामा सहयोग गर्ने भन्दै प्रधानमन्त्री देउवाले दलका महाधिवेशनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । आफ्नो दल नेपाली कांग्रेस पनि अर्को हप्ता १४औँ महाधिवेशनका तयारीमा जुटेको बताए । महाधिवेशनमा शुभकामना दिन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू पुगेका थिए । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा मालेका अध्यक्ष, सिपी मैनाली, लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झा, राष्ट्रिय जनमोर्चाका नेता लालबहादुर थापालगायत राप्रपा महाधिवेशनमा शुभकामना दिन पुगेका थिए । राप्रपा महाधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्रका अध्यक्ष दाहाल र मालेका अध्यक्ष मैनालीबीच नोकझोक चलेको थियो । दाहालभन्दा पहिले बोलेका मैनालीले नेपालको राष्ट्रवादी नेता राजा महेन्द्र भएको र त्यसयता राष्ट्रवादी नेता नजन्मिएको बताएका थिए । उनले माओवादीको सशस्त्र संघर्षले विदेशी हस्तक्षेत्र भित्र्याएको भन्दै कटाक्ष गरेपछि अध्यक्ष दाहालले पनि मैनालीलाई राप्रपाको अध्यक्ष बन्न लागेको भन्दै बधाइ दिएका थिए । उनले राप्रपासँग आफ्नो विचार नमिल्ने भए पनि आफू पनि राप्रपाजस्तै राष्ट्रवादी भएको बताएका थिए । दुई कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबीच चलेको रोभक दोहोरीले महाधिवेशनको उद्घाटनसत्रमा रौनक थपिएको थियो । उद्घाटनका अवसरमा राप्रपा नेताहरूले फेरि दल नफुट्ने गरी एकताबद्ध बनाएर अघि बढ्न एकता महाधिवेशन आयोजना गरिएकामा जोड दिएका छन् । अध्यक्ष पशुपतिशम्शेर जबराले दललाई एकताबद्ध बनाइराख्न आफू अध्यक्षको उम्मेदवार नहुने निर्णयमा पुगेको जानकारी दिए । ‘मैले जितेपछि पार्टी फुट्यो भने तीतो अनुभव हुन्छ, यसैले अध्यक्ष पदमा उम्मेदवार बन्दिनँ, अध्यक्षका दाबेदार मित्र कमल थापा र राजेन्द्र लिङ्देनलाई पनि सर्वसम्मतरूपमा अध्यक्ष निर्वाचित गरेर एकताको सन्देश दिन आह्वान गर्छु, सम्भव भएन भने प्रजातान्त्रिक प्रक्रियाबाट आउने परिणामलाई सबैले मान्नुपर्छ’, उनले भने । पार्टीका अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले दलमा एकता महाधिवेशनले फुटको अन्त्य भई एकताबद्ध भएर अघि जाने वातावरण बन्नेमा आफू विश्वस्त रहेको बताए । अर्का अध्यक्ष कमल थापाले दलको यो अन्तिम एकता महाधिवेशन हुने बताउँदै यसका लागि तीनै जना अध्यक्षले पार्टी फुट्न नदिने संकल्प गरेको स्मरण गरे । पार्टी नटुक्¥याउन तीनै जना अध्यक्षले गीता छोएर कसम खाएको अध्यक्ष थापाले महाधिवेशन उद्घाटन समारोहमा जानकारी गराएका थिए । देशलाई अहिले पनि ०३३ सालमा बिपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता रहेको उनले बताए । तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । उद्घाटनपछि बुधबार बेलुकीदेखि नै बन्दसत्र सुरु भएको छ । यसपटक अध्यक्षमा कमल थापा र नेता राजेन्द्र लिङ्देनबीच प्रतिष्पर्धा हुने छ । दुवै जनाले प्यानलसहित निर्वाचनमा होमिने घोषणा गरिसकेका छन् । साविक तीन अध्यक्षमध्ये पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले चुनाव नलड्ने घोषणा गरिसकेकाले अध्यक्षमा थापा र लिङ्देनको द्विपक्षीय प्रतिष्पर्धा निश्चित भएको हो । लोहनीले लिङ्देनलाई समर्थन गर्ने बताएका छन् भने राणा अहिलेसम्म खुलेका छैनन् । यद्यपि राणाका पनि धेरै मानिसहरू लिङ्देनकै समर्थनमा उभिएका छन् । राप्रपामा अध्यक्षपछि उपाध्यक्ष र महामन्त्रीमा पनि चुनाव हुने व्यवस्था छ । पार्टीको विधानअनुसार एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीन महामन्त्री महाधिवेशनले निर्वाचित गर्नेछ । राप्रपाको इतिहासमा पहिलोपटक अध्यक्षबाहेकका पदाधिकारीमा निर्वाचन हुन लागेको हो । अध्यक्षका दुवै दाबेदारले पदाधिकारीमा आ–आफ्नो प्यानल अघि सार्ने तयारी गरेका छन् । लिङ्देनको प्यानलबाट एक महामन्त्रीमा धवलशम्शेर राणाको उम्मेदवारी घोषणा भइसकेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका राणा अध्यक्षकै आकांक्षी थिए । तर, पछि अध्यक्षमा लिङ्देनलाई समर्थन गर्दै आफू महामन्त्री उठ्न तयार भएका हुन् । महामन्त्रीका लागि उनलाई सबैभन्दा बलिया आकांक्षीका रूपमा हेरिएको छ । आफ्नो पक्षबाट चार उपाध्यक्ष र तीन महामन्त्री उम्मेदवारहरूको सूची लिङ्देन पक्षले चाँडै टुंग्याउने तयारी गरेको छ । कमल थापा पक्षबाट उपाध्यक्षमा बुद्धिमान तामाङले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै महानमन्त्रीमा कुन्ती शाही र भुवन पाठकले उम्मेदवारी घोषणा गरेका छन् । बाँकी पदहरूमा भने थापा पक्षले पनि टुंगो लगाइसकेको छैन । लिङ्देन पक्षबाट श्याम तिमल्सिना गोविन्दराज खनिया, मुकुन्दश्याम गिरी, विन्दु पौडेल, दुर्गा श्रेष्ठ, रेखा थापालगायतले पदाधिकारीको आशा गरेका छन् । कमल थापा पक्षबाट भाष्कर गहतराज, ध्रुवबहादुर प्रधान, जयन्त चन्द, भीम प्रसाद गौतन, अर्जुन राई, वसन्त मानसिंह अधिकारी, गीता बस्नेत, रोशन कार्कीलगायत नेताहरू उपाध्यक्ष र महामन्त्रीका आकांक्षी हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  ०२:५८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP