Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वाग्मती प्रदेशको सभापतिमा बानियाँको उम्मेदवारी घोषणा
वाग्मती प्रदेशको सभापतिमा बानियाँको उम्मेदवारी घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १६, २०७८
Indra Bahadur Baniya (1)
Hardik health
काठमाडौं– नेपाली कांग्रेसका वागमती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्रबहादुर बानियाँले पार्टीको वागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै बानियाँले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा र समर्थकमा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा रहेका छन् । बानियाँले वागमती प्रदेशको उन्नति र प्रगतिका लागि आफूले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास दिलाए । उनले भने, ‘हामी १४औँ महाधिवेशनमा जुटिरहेका छौँ । १६ गते प्रदेश अधिवेशन प्रारम्भ हुँदै छ । कांग्रेसलाई जनमुखी बनाउन र सबैलाई आफ्नो पार्टी भन्ने विश्वास दिलाउनका लागि पनि हामीले भोलिका दिनमा अझै सशक्त भूमिका खेल्नु पर्नेछ । परिवर्तनको आन्दोलनदेखि संविधान जारी र यसको कार्यान्वयनसम्म आउँदा यो अवधिसम्म कांग्रेसले लोकतान्त्रिक मूल्य र मान्यतामा देशलाई डोर्‍याएको छ ।’ उनले कांग्रेसले लिएको विचार र नीतिका कारण पार्टीमा ठूलो उभार र लहर आएको पनि विश्वास दिलाए । उनले भने, ‘शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने हाम्रो उद्देश्य छ । अब आन्दोलन र परिवर्तनको गाथा धेरै लामो भइसक्यो ।’ बानियाँले वागमती प्रदेशमा कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी भएको र अझै आगामी दिनमा झनै जनताको पक्षमा खरो उत्रिने पनि विश्वास दिलाए । उनले भने, ‘ नेपाली कांग्रेसले गरेको राजनीति जात, धर्म र कुनै संस्थाको नाममा होइन, हामीले जनताको सेवाका लागि राजनीति गरेको हो । कांग्रेस वास्तवमा जनताकै जगमा उठेको पार्टी हो । हामी विगतदेखि वर्तमानसम्म यही बाटोमा छौँ । सबैको आकर्षणको केन्द्रको रूपमा कांग्रेस रहँदै आएको छ ।’ उनले वागमती प्रदेशमा रहेका ५५ लाख जनताको सुख, सुमृद्धिका लागि आफूले दत्तचित्त भएर काम गर्ने पनि बताए । उनले आफ्नो उम्मेदवारी घोषणासभामा उपस्थित सबै नेता तथा कार्यकर्ताहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका थिए । बानियाँका समर्थक काभ्रेका सभापति लामाले नेपालको स्थायी शक्ति नै नेपाली कांग्रेस भएको बताएका छन् । उनले भने, ‘कांग्रेस नै नेपालको स्थायी शक्ति हो । नेपाली जनताले चाहेको समाज यो पार्टीले बनाउन सक्छ भनेर आज तमाम बुद्धिजीवी, फरक–फरक क्षेत्रका चर्चित व्यक्तित्वहरू यसमा लामबद्ध भएर लागेका छन् । यो पार्टीले मात्रै बेरोजगारी अन्त्य गर्न सक्छ भन्ने विश्वास छ ।’ उनले बानियाँलाई जुझारु नेताको रूपमा चित्रण गरे । उनले बानियाँलाई जिताउनका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नु पर्ने भन्दै सोहीअनुसार गृहकार्यमा जुट्न पनि आग्रह गरे । त्यस्तै, बानियाँको उम्मेदवारीको समर्थक भक्तपुरका सभापति थापाले पनि बानियाँ योग्य र सक्षम उम्मेदवार भएको भन्दै जिताउनका लागि सबैले भूमिका खेल्नुपर्ने बताए । उनले आफूहरूले धेरै लामो छलफलपछि आफूहरूको समूहबाट उक्त प्रदेशका पार्टीको तर्फबाट पनि प्रदेश संसदीय दलका नेता रहेका बानियाँलाई प्रदेशको सभापतिमा उम्मेदवारको रूपमा अघि बढाएको सुनाए । उक्त घोषणा कार्यक्रममा नेताहरू बहादुरसिंह लामा, अर्थराज्यमन्त्री उदयशमशेर राणा, वागमती प्रदेशका सांसद कल्पना नेपाली, नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, ललितपुर जिल्लाका निवर्तमान सभापति मदन अमात्य र रामेछापका सभापति कान्छाराम तामाङलगायत नेताहरूको बाक्लो उपस्थिति थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  ०२:५४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP