Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओलीको दोस्रो इनिङ : प्रस्तावित सूचीका सबै विजयी
ओलीको दोस्रो इनिङ : प्रस्तावित सूचीका सबै विजयी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १५, २०७८
uml-sapatha
Hardik health
काठमाडौं– नेकपा एमालेको अध्यक्षमा दोस्रो कार्यकालका लागि केपी ओली निर्वाचित भएका छन् । १०औँ महाधिवेशनको बन्दसत्रअन्तर्गत चितवन सौराहामा मंगलबार भएको मतदानमा अध्यक्षका अर्का प्रत्यासी डा. भीमबहादुर रावललाई धेरै मतान्तरले पराजित गर्दै उनी दोस्रो कार्यकालका लागि पार्टीको नेतृत्वमा निर्वाचित भएका हुन् । यसअघि उनी नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गर्दै पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । १०औँ महाधिवेशनमा अध्यक्ष ओलीसहित उनले प्रस्ताव गरेका सबै नेताहरू निर्वाचित भएका छन् । मंगलबार विद्युतीय मेसिनमार्फत भएको मतदानमा अध्यक्ष ओलीले १८३७ मत प्राप्त गरेका थिए । अध्यक्षका अर्का प्रत्यासी डा. रावलले २२३ मत पाएका थिए । महाधिवेशनमा कुल २१५३ जना प्रतिनिधि थिए । तर, केही प्रतिनिधि महाधिवेशन लम्बिएको भन्दै घर फर्किएका थिए भने केहीले मतदान बहिष्कार गरेका थिए । ५७ जना प्रतिनिधिले मतदानमा सहभागी नभएको एमाले निर्वाचन आयोगका सदस्य डा.विजय सुब्बाले जानकारी दिए । मंगलबार भएको मतदानमा २ हजार ६० जना प्रतिनिधिले मतदान गरेका थिए । अध्यक्ष ओलीसँगै उपाध्यक्षमा उनले प्रस्ताव गरेका सबै उम्मेदवार विजय भएका छन् । ओलीले बन्दसत्रमा पेस गरेको सहमतिको प्रस्तावित सूचीमा नपरेका उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल पराजित भएका छन् । उनले ७२५ मत प्राप्त गरे । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा बढी मत पाइन् । शाक्यले १९७६ मत पाएकी छन् । शाक्यपछि सुरेन्द्र पाण्डेले १९२५ मतसहित दोस्रो स्थानमा रहेर विजय हासिल गरे । सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र माओवादी केन्द्रबाट आएका रामबहादुर थापाले १७६८ मत ल्याएका छन् । त्यस्तै निर्वाचनको भएको अर्को पदाधिकारी सचिवमा पनि ओलीले प्रस्ताव गरेका सबै उम्मेदवार विजयी भएका छन् । ओलीको सूची बाहिरबाट उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित भएका छन् । सचिवमा गोकर्ण विष्टले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले १९७४ मत प्राप्त गरे । त्यसपछि योगेश भट्टराईले १९६० मत पाएका छन् । टोपबहादुर रायमाझीले १८०४, छबिलाल विश्वकर्मा १८०३, पद्माकुमारी अर्याल १७९९, मत पाएका छन् । यसैगरी लेखराज भट्ट १७०४ र रघुवीर महासेठ १५०० मत ल्याएर विजयी बनेका छन् । प्रस्ताव बाहिरबाट चुनाव लडेका आचार्यले ७८८ र टंक कार्कीले ५५९ भोट ल्याएका छन् । पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखेरल, महाचिवमा शंकर पोखरेल, उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका थिए । ओलीले बन्दसत्रमा पेस गरेको सूची बाहेक आदिवासी जनजाति खुलातर्फ निर्माण बुढा र सुवास कर्माचार्य, सम्पर्क समन्वयको महिला कोटामा जानुका रोका, मधेशीतर्फ खुलामा बिल्टु यादव र शम्भुप्रसाद गुप्ता, दलित खुलामा नरबहादुर विक र अनुभूति वम नेपाली, थारु खुलामा जयप्रकाश थारु, समावेशीतर्फ मुस्लिममा खुलामा इसलाम हवारी र नजिर मिया, पिछडिएको क्षेत्रबाट भरत साउँद र लालवहादुर रावलले सूचीबाहिरबाट उम्मेदवारी दिएका थिए । प्रदेश १ खुलामा धर्मराज निरौला, पर्शुराम अधिकारी र दुर्गाकुमार थापा, वाग्मतीमा केदार क्षेत्री र रामवीर मानन्धर, सुदूरपश्चिममा खुला पुरुषमा कृष्णप्रसाद जैशी, दीपकप्रकाश भट्ट र सहदेव बोगटी, महिला खुलामा पनि कलसादेवी महरा, पशुपति कुँवर र मन्जु मलासी, कर्णालीबाट योगेन्द्रबहादुर शाहीले सूची बाहिरबाट उम्मेदवारी दिएका थिए । केन्द्रीय सदस्य खुलातर्फ ओलीले प्रस्ताव गरेका लालबाबु पण्डितले अस्वीकार गर्दै उम्मेदवारी दर्ता गराएनन् । केन्द्रीय सदस्यमा विजयी अध्यक्षका उम्मेदवार डा रावलले पनि केन्द्रीय सदस्य पद अस्वीकार गर्दै सपथ लिएनन् । निर्वाचित केन्द्रीय कमिटीले मंगलबार नै सपथ लिएको छ । निर्वाचनमा केन्द्रित हुन आह्वान १०औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको एमालेले सबै पार्टी कमिटीलाई अब हुने निर्वाचनमा केन्द्रित हुन आह्वान गरेको छ । महाधिवेशनको बन्दसत्रबाट पारित प्रस्तावमा सबै पार्टी कमिटीलाई आ–आफ्नो क्षेत्रमा विजय सुनिश्चित गर्न आह्वान गरिएको छ । ‘यो महाधिवेसन पार्टीका सबै तहका कमिटीहरूलाई निर्वाचनको तयारीमा लाग्न अनुरोध गर्दछ । आफ्नो कार्यक्षेत्रमा पार्टीको विजय सुनिश्चित गर्न त्यसका लागि आवश्यक संगठनात्मक व्यवस्थापनलाई तत्काल तीव्रता दिन आह्वान गर्दछ,’ प्रस्ताव पढ्दै प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘त्यसका लागि आवश्यक संगठनात्मक व्यवस्थापनलाई तत्काल तीव्रता दिन आह्वान गर्दछ ।’ पार्टी संरचनालाई थप समावेशी बनाउँदै पार्टीलाई श्रमिक वर्ग, महिला, युवा, दलितलगायत समाजका आधारभूत वर्गमा अझ बढी आधारित बनाउने संकल्प गरिने पनि ज्ञवालीले बताए । नवनिर्वाचित अध्यक्ष ओलीले अब तीन महिनासम्म एकीकरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । यस्तो एकीकरण अरु पार्टीसँग नभएर कार्यकर्ताहरूको हुने उनको भनाइ छ । पार्टीका निर्वाचित केन्द्रीय सदस्यहरूको सपथग्रहण समारोहपछि ओली अब एमालेमा अरु पार्टीका कार्यकर्ता प्रवेश गराउने अभियान चलाइने बताए । उनले भने, ‘पार्टी–पार्टी भेला गरेर हुँदैन, कार्यकर्ता भेला गर्नुपर्छ । विभिन्न पार्टीबाट कार्यकर्ता हामीले प्रवेश गराउनुपर्छ । यस्तो अभियान सिर्जना गरेर पार्टीलाई माथि उठाइन्छ ।’
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  ०३:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेले बोलायाे सचिवालय बैठक
एमालेले बोलायाे सचिवालय बैठक मंगलबार, भदौ १७, २०८२
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव मंगलबार, भदौ १७, २०८२
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP