Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले महाधिवेशन : अन्ततः निर्वाचन हुँदै
एमाले महाधिवेशन : अन्ततः निर्वाचन हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १४, २०७८
UMl
Hardik health
सौराहा– नेकपा एमालेको चितवनको सौराहामा जारी १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि अन्ततः निर्वाचनको साहारा लिइएको छ । सर्वसम्मतिका लागि भएको सबै प्रयत्न काम नलागे पनि नेतृत्व चयनका लागि अन्नतः निर्वाचन गर्नु परेको हो । अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि बन्दसत्रको कार्यक्रम नै रोकेर शनिबार र आइतबार कसरत गरेका थिए । सोहीअनुसार उनले केही नेताहरूलाई व्यवस्थापन गरेर बन्दसत्रमा केन्द्रीय समिति र विभिन्न आयोगका सदस्यहरूको नामावली प्रस्ताव गरेका थिए । तर, ओलीको सूचीमा नपरेका नेताहरूले मनोनयन गराएपछि अन्नतः महाधिवेशन निर्वाचनतर्फ धकेलिएको हो । सर्वसम्मतिको प्रयास गरेको ओली आफैँ सर्वसम्मत हुन सकेनन् । उनलाई उपाध्यक्ष भीम रावलले चुनौती प्रस्तुत गरेका छन् । अन्य वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भएका छन् । अन्य केही क्लष्टरहरूमा पनि ओलीको सूचीअनुसार निर्विरोध भएको छ । केन्द्रीय सदस्यमा प्रस्तावित लालबाबु पण्डितले भने सो पद अस्विकार गरेका छन् । सोमबार उम्मेदवारी दर्ता गराएपछि दिनभर नेताहरू प्रतिनिधिहरूसँग मत माग्न व्यस्त बनेका थिए । अध्यक्षका प्रत्यासी रावलले आफूले जिते पार्टीलाई एकतावद्ध बनाउँदै आगामी निर्वाचनमा बहुमत दिलाउने प्रतिवद्धतासहित मत मागेका थिए । पार्टीको निर्वाचन आयोगले सोमबार राति ९ बजेदेखि राति १ बजेसम्म मतदानको समावधि तोके पनि यो समाचार पार्दासम्म मतदान सुरु हुन सकेको छैन । एमालेले यसपटक विद्युतीय मेसिनमार्फत भोटिङ गर्दै छ । यो हो ओलीको सूची एमालेको १०औँ महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्रमा अध्यक्ष ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटीको सूची पेस गरेका थिए । ओलीले पेस गरेको ३०१ जना केन्द्रीय कमिटी सदस्यको सूची एमाले महाधिवेशनको बन्दसत्रले अनुमोदन गरेको थियो । आइतबार राति पौने १ बजे प्रस्तुत नामहरू अनुमोदनका लागि ओलीले ताली बजाउन भनेका थिए । लगत्तै बन्दसत्रले ताली बजाएको थियो । एमाले केन्द्रीय कमिटीमा विभिन्न समूहबाट प्रतिनिधित्व हुने व्यवस्था छ । खुला प्रतिस्पर्धाअन्तर्गत महिला ५३ र खुला ८४ गरी १३७ जनाको प्रतिनिधित्व हुनेछ । भौगोलिक क्षेत्रअन्तर्गत ४४ खुला २३ महिला गरी ६७ जना हुनेछन् । ७ प्रदेश (प्रत्येक प्रदेशबाट ६ खुला र ३ महिला गरी) ६३ जना तथा उपत्यका विशेष २ जना (१ खुला र १ महिला) र सम्पर्क समन्वय (१ खुला र १ महिला)को प्रतिनिधित्व हुनेछ । समावेशीतर्फत खुला ५४ र महिला २४ जना गरी ७८ जनाको प्रतिनिधित्व हुने व्यवस्था एमालेको विधानमा छ । जसअन्तर्गत आदिवासी जनजाति १७ खुला र महिला गरी २५ जना, मधेसी १३ खुला र ६ महिला गरी १९ जना, दलित ८ खुला र ४ महिला गरी १२ जनाको प्रतिनिधित्व हुने व्यवस्था छ । यस्तै, थारु ५ खुला र २ महिला गरी ७ जना, मुस्लिम ४ खुला र १ महिला गरी ५ जना, श्रमिक ४ खुला र २ महिला गरी ६ जना तथा पिछडिएको क्षेत्र ३ खुला र १ महिला गरी ४ जनाको प्रतिनिधित्व हुनेछ । ओलीले बन्दसत्रमा पेस गरेको सूचीको अध्यक्षमा केपी ओली, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल छन् । जसका कारण निर्वाचन भयो एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी र विभिन्न केन्द्रीय आयोगका पदाधिकारी र सदस्यको सूची दोस्रो दिनको बन्दसत्रमा प्रस्ताव गरेका थिए । सर्वसम्मतिसहित ती नामहरू पारित हुने अपेक्षा थियो । तर, निर्वाचन प्रक्रियामा जाँदा ओली आफैँले अध्यक्षमा रावलको चुनौती सामना गर्नु परिरहेको छ भने अन्य पदमा पनि उनले प्रस्ताव गरेभन्दा बढीको उम्मेदवारी परेको छ । उपाध्यक्षमा घनश्याम भूसालले ओलीले प्रस्ताव गरेका ७ जनाविरुद्ध उम्मेदवारी दिएका छन् । सचिवमा टंक कार्की र भीम आचार्यले उम्मेदवारी दिएपछि निर्वाचन भएको छ । आदिवासी जनजातितर्फ १७ जनाको कोटा रहेको थियो । ओलीले १७ जनाकै नाम सार्वजनिक गरेका थिए, तर निर्माण बुढा र सुवास कर्माचार्यले समेत उम्मेदवारी दिँदा चुनाव हुने भएको छ । सम्पर्क समन्वयको महिला कोटामा ओलीले कल्पना थापाको नाम प्रस्ताव गरे, तर जानुका रोकाले उनका विरुद्ध उम्मेदवारी दिएकी छन् । मधेसीतर्फ १३ जनाको कोटा थियो । ओलीले १३ जनाकै नाम हलमा पढेर सुनाइए पनि बिल्टु यादव र शम्भुप्रसाद गुप्ताले ती नामलाई स्वीकार्न नसकिने भन्दै उम्मेदवारी दिएका छन् । ८ जना निर्वाचित हुने दलित कोटामा १० जनाको उम्मेदवारी परेको छ । नरबहादुर विक र अनुभूति वम नेपालीले ओलीको प्रस्ताव बाहिरबाट दाबी गरेका हुन् । थारु खुलामा पाँचजनाको कोटा छ, तर जयप्रकाश थारुले ओलीको सूची बाहिरबाट उम्मेदवारी दिएर निर्वाचनमा जान बाध्य पारेका छन् । समावेशीतर्फत मुस्लिममा ४ जनाको कोटा छ । ओलीले प्रस्ताव गरेका ४ जनाबाहेक इसलाम हवारी र नजिर मियाले पनि उम्मेदवारी दिएका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  ०३:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP