

काठमाडौं– दोस्रो ढाका वस्तु प्रदर्शनी पुस महिनामा आयोजना हुने भएको छ । नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघले आगामी २ पुस देखि ४ पुस सम्म ढाकाबाट तथा हाते तानबाट उत्पादन भएका वस्तुहरूको प्रदर्शनी आयोजना गर्ने भएको हो ।
ढाकाका मौलिक उत्पादनलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गर्न लागिएको संघले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । प्रदर्शनीमा ४० वटा बिक्री कक्ष राखिने संघका संयोजक रमेश श्रेष्ठले बाएका छन् । पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले परापूर्वकालदेखि नै ढाका कपडा उद्योग सञ्चालनमा रहेको बताउँदै यसबाट उत्पादित सामग्री तथा सिर्जना हुने रोजगारीले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उल्लेख बताए ।
नेपालमा राम्रो रूपमा चले पछि छिमेकि देशबाट त्यस्तै कपि गरेर कमसल आउने गर्नाले पनि उद्योगलाई समस्या परेको उनले बताएका छन् । संगठित भएर विदेशी कपडा आयातलाई रोक्नका लागि आवश्यक रहेको उनले बताए । कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यम प्रसाद गिरीले नेपालीहरूको संस्कारको रूपमा रहेको ढाकाका उत्पादनहरू सस्ता र कमसल विदेशी कपडाका कारण लोप हुने अवस्थामा पुगेको पुगेको भन्दै त्यसको संरक्षणमा लाग्नु पर्ने बताएका छन् । बजारमा आएको सस्तो र कृतिम ढाकाका कारण असली पाल्पाली ढाका लोप हुने अवस्थामा पुगेको भन्दै यसकको संरक्षणमा लाग्नु पर्ने आजको आवश्यता रहेको उनले बताए । नेपालमा तेह्रथुमे र पाल्पाली ढाका प्रचलनमा रहेको भन्दै यसले धेरै महिला दिदी बहिनीहरूलाई रोजगारीको अवसर प्रदान गरेको उनको दाबी छ । नेपालको अर्थतन्त्रलाई आत्म निरर्भर बनाउनका लागि समेत ढाका उद्योगले सकारात्म प्रभाव पार्ने भन्दै राज्यले नै यसको संरक्षमा लाग्नु पर्ने उनले बताए ।
यस क्षेत्रका स्वदेशी उत्पादन वृद्धि गरी विदेशबाट हुने आयात न्यूनीकरण गर्ने र मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्ने लक्ष्यका साथ प्रदर्शनीको आयेोजना गर्न लागिएको बताइएको छ । नेपालमा अहिले एकिन तथ्यांक नभए पनि करिब ८० करोड मिटर कपडा बार्षिक रूपमा आवश्यक रहेको बताइएको छ । त्यसमध्ये नेपालका तानहरूबाट बार्षिक रूपमा २ कराड मिटर मात्रै कपडा उत्पादन हुने गरेको बताइएको छ । त्यसमध्ये ५० लाख मिटर विदेश निर्यात हुने गरेको जनाइएको छ । साथै नेपालमा करिब २० हजार ताना सञ्चालनमा रहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।