Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले महाधिवेशन : सर्वसम्मतिको प्रयास जारी
एमाले महाधिवेशन : सर्वसम्मतिको प्रयास जारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १२, २०७८
uml sauraha
Hardik health
काठमाडौं– नेकपा एमालेको चितवनमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा शनिबारदेखि बन्दसत्र सुरु भएको छ । सौराहास्थित सेभेन स्टार होटलमा बिहान १० बजे सुरु हुने भनिए पनि नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास जारी रहेको भन्दै ढिलो गरी मात्र बन्दसत्र सुरु भएको थियो । करिब दिउँसो ३ बजेबाट सुरु भएको बन्दसत्रमा विदेशी पाहुनाहरूले शुभकामना मन्तव्य दिएका थिए । त्यसपछि अध्यक्ष केपी ओलीले करिब डेढ घन्टा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा अध्यक्ष ओलीले पार्टी एकतालाई बिथोल्ने गरी अस्वस्थ प्रतिस्पर्धा नगर्न आह्वान गरेका थिए । लोकतान्त्रिक अभ्यासलाई प्रतिष्पर्धाका रूपमा मात्रै बुझ्न नहुने उनको भनाइ छ । उनले एकजना मात्रैको अस्वस्थ व्यवहारले सिँगै पार्टीको छविमा आँच आउने चेतावनी दिएका छन् । उनले भने, ‘कसै न कसैले कुनै न कुनै जिम्मेवारी सम्हाल्नैपर्छ । तर, आफ्नो महत्वाकांक्षालाई लिएर अस्वस्थ प्रतिस्पर्धा नगरौंँ । प्रतिस्पर्धाले संस्थालाई नोक्सानी पु¥याउने काम नगरौँ । पार्टीको एकतामा प्रतिकूल असर पार्ने कामहरू नगरौँ ।’ उनले थपे, ‘फेरि पनि पालो आउँछ । हामीसँग सानो भए पनि देश छ । यत्रा पालिकाहरू छन् । प्रदेशसभा छन् । प्रतिनिधिसभा छ, राष्ट्रिय सभा छ । अनेक शाखा, टोलदेखि केन्द्रीय कमिटीसम्म विभिन्न ठाउँहरू छन् । अहिले नभए अर्को समय आउँछ । हतारोका साथ प्रतिस्पर्धा नगरौँ । लोकतान्त्रिक अभ्यास भनेको प्रतिस्पर्धा मात्र होइन । यतिबेला सिँगो देशले हामीलाई हेरिरहेको छ ।’ अध्यक्ष ओलीले आफ्नो पार्टीका कार्यकर्ताको हातमा लोकतन्त्रको भविष्य सुरक्षित रहेको उल्लेख गरेका छन् । उनले भने, ‘यसै पनि मानिसको जिन्दगीको टुंँगो हुँदैन । म त झन् धेरैपटक मरेर बाँचेको हुँ । धेरैपटक अपरेसन गरेको शरीर हो । त्यसैले कति बाँच्छु थाहा छैन । तर, मलाई मिठो निद्रा लाग्छ, खाना रुच्छ, जब तपाईंहरूलाई अगाडि देख्छु । तपाईंहरूको हातमा देशको भविष्य सुरक्षित देख्छु । आन्दोलनको भविष्य सुरक्षित देख्छु । समृद्धिको यात्रा सुरक्षित देख्छु, त्यसैले ढुक्क भएर सुत्न सक्छु ।’ साहसी कार्यकर्ताहरूको अगुवाइ गर्ने अध्यक्ष हुन पाएकामा आफूलाई गर्व लाग्ने गरेको ओलीले बताएका छन् । ‘म आफूलाई गौरवान्वित महसुस गर्छु कि अध्यक्षको रूपमा तपाईंहरूलाई लिड गर्ने मौका पाएको छु । तपाईंहरूले साथ नदिएको भए यो पार्टीको बेहाल हुने थियो,’ उनले भने । एमाले आज देशको सबैभन्दा ठूलो र निर्णायक पार्टीका रूपमा रहेको उनले बताए । ‘एक वर्ष पनि भएको छैन, हामीलाई पार्टीबाट लखेटिएको थियो । हाम्रो पार्टीलाई धुलोमा पछारिएको थियो । तर, यति चाँडै हामी यो स्थितिमा आइपुगेका छौँ,’ ओलीले भने । अध्यक्ष ओलीले आफ्नै पार्टीभित्रको षड्यन्त्रका कारण पार्टी फुटेको र सरकारबाट हट्नुपरेको बताएका छन् । उनले संसदलाई थाहा नै नपाई परमादेशबाट संसारमा कहीँ नभएको विधिबाट सरकारबाट बाहिरिनु परेको गुनासो गरे । उनले भने, ‘हामीमाथि अनेक खालका प्रहार भए । हाम्रै भित्रका अनेक तत्वहरू, अनेक व्यक्तिहरूलाई दुरूपयोग गर्ने, भड्काउने क्रियाकलापहरू भए । हाम्रो पार्टी क्रमशः तिनै शृंखलाहरूको हमलामा प¥यो । पार्टी झन्झन अप्ठेरो स्थितिमा पर्दै गयो र अन्ततः पार्टी विभाजन गराइयो । हाम्रै पार्टीभित्रका त्यस्ता तत्वहरूका कारण दुईपटक विभाजन भयो ।’ पदाधिकारी र केन्द्रीय समिति बढाउने प्रस्ताव एमाले नेतृत्वमा केन्द्रीय कमिटी तथा पदाधिकारी बढाउने प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट पारित भएको छ । जसअनुसार अब एमालेको केन्द्रीय समिति ३०१ सदस्यीय हुने भएको छ भने १९ जना पदाधिकारीहरू रहनेछन् । शुक्रबार राति बसेको केन्द्रीय समितिको अन्तिम बैठकले केन्द्रीय समितिको आकार बढाउने निर्णय लिएको थियो । यसअघि २२५ सदस्यिय केन्द्रीय समिति रहेकोमा ७६ जना थप्ने निर्णय भएको हो । यस्तै, पदाधिकारी संख्या १५ बाट ४ जना थप भएको छ । उपाध्यक्षमा दुई र उपमहासचिवमा दुई जना थपिने भएको हो । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार ९९ सदस्यिय पोलिटब्युरो गठनको प्रस्ताव पनि बन्द सत्रबाट प्रतिनिधिहरूले अनुमोदन गरेका छन् । यसअघि गत असोजमा ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनले तय गरेको केन्द्रीय कमिटीको आकार बढाइएको हो । एमालेमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल भइरहेको छ । सर्वसम्मत नेतृत्व चयनका लागि धेरै नेताहरूको व्यवस्थापन गर्नुपर्ने भएकाले पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउनु परेको बताइएको छ । शनिबार बन्दसत्र सुरु हुनुपूर्व शीर्ष नेताहरूबीच सर्वसम्मत नेतृत्व चयनका विषयमा लामो छलफल भएको थियो । नेताहरूबीच छलफल चलिरहँदा बाहिर प्रतिनिधिहरूले पनि दबाब सिर्जना गरेका थिए । उनीहरूले नेतृत्व चयनमा सहमति गर्न दबाब दिँदै नाराबाजी गरेका थिए । नामावली ओलीले प्रस्ताव गर्ने पार्टीका पदाधिकारी छान्ने अधिकार अध्यक्ष ओलीलाई दिएको छ । एमाले महाधिवेशनको बन्दसत्रबाट अध्यक्ष ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार दिएको हो । चितवनमा जारी १०औंँ महाधिवेशनबाट एमालेले सहमतिमा नेतृत्व चयनको प्रयास जारी राखेको छ । यद्यपि, उक्त निर्णयको उपाध्यक्ष भीम रावलले भने विरोध जनाएका छन् । अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उनले ओलीलाई नामावली प्रस्ताव गर्ने अधिकार दिइएकोमा विरोध जनाएका हुन् । उनले महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्न थालिसकेका छन भने ३२ पृष्ठको प्रतिवद्धता पत्र पनि बाँडिरहेका छन् । विदेशी पाहुनाहरूको शुभकामना शनिबार एमाले महाधिवेशनको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ । कम्युनिस्ट पार्टी अफ बंगलादेशका अम्दुल्लाह अल काफी चौधरी, भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का जोगिन्दर शर्मा, भारतीय कम्युनिस्ट पार्टीका पल्लव सेन गुप्ता, कम्बोडियन पिपुल्स पार्टीका स्वोस याराले उपस्थित भएर शुभकामना दिएका थिए । उनीहरूले दुई पार्टी र आफ्ना देशहरूबीचको आपसी सम्बन्ध अझ मजबुत हुनेमा जोड दिएका थिए । भारतीय जनता पार्टीका हर्षवद्र्धन शुक्रबारको उद्घाटनसत्रमा सहभागी भई फर्किएका थिए । यसैगरी बन्दसत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय मामिला विभागका उपमन्त्री छेन चाबोले पठाएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । पार्टीका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले भारतको कंग्रेस आइका अध्यक्ष सोनिया गान्धीले पठाएको शुभकामना सन्देश पनि प्रस्तुत गरेका थिए । साथै अन्य विभिन्न देशका राजनीतिक दलका तर्फबाट प्राप्त शुभकामना सन्देश प्रस्तुत गरिएको थियो । यस्तै, टर्की, रुस, भियतनाम, श्रीलंकालगायत मुलुकका पार्टीबाट प्राप्त सन्देश सुनाइएको थियो ।  
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ०२:५३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेले बोलायाे सचिवालय बैठक
एमालेले बोलायाे सचिवालय बैठक मंगलबार, भदौ १७, २०८२
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव मंगलबार, भदौ १७, २०८२
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP