Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राप्रपाको केन्द्रीय सदस्यमा सिंहको उम्मेदवारी
राप्रपाको केन्द्रीय सदस्यमा सिंहको उम्मेदवारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १२, २०७८
Maha Maya Psd Sing
Hardik health
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को काठमाडौंमा सम्पन्न हुने एकता महाधिवेशनको सरगर्मी बढेसँगै उम्मेदवार बन्नेहरू पनि मैदानमा खुल्न थालेका छन् । मंसिर १५–१६ र १७ गते हुने महाधिवेशनमा राप्रपाका संस्थापक सदस्य, हालका केन्द्रीय सदस्य महामायाप्रसाद सिंहले मधेसी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका हुन् । शान्तिप्रिय नेपाली परम्परालाई संरक्षण गर्न, चार वर्ण, छत्तीस जातबीचको एकता जोगाइराख्न, संवैधानिक राजसंस्था र हिन्दू अधिराज्य पुनर्बहालीका निम्ति आफ्नो उम्मेदवारी भएको उनले बताएका छन् । सप्तरी जिल्लाका खारिएका नेता सिंहले सप्तरी सुरुदेखि नै राष्ट्रवादी जिल्ला भए पनि केन्द्रले कदर नगरेर साथीहरूको मनोबल गिरेको बताए । तर भोलिका दिनमा सम्पूर्ण राष्ट्रवादीहरू मिलेर सप्तरीको राष्ट्रवादी पहिचान जोगाउने प्रष्ट्याए । ‘सप्तरीबाट पार्टीले मन्त्री र उपसभामुख बनाएका व्यक्तिहरूको विगत राष्ट्रवादी थिएनन् । विभिन्न पार्टीबाट आएका थिए, पुनः विभिन्न पार्टीमै फर्किए । तर, पनि हाम्रो उहाँहरूप्रति सम्मान छ,’ सिंहले भने, ‘केन्द्रले राष्ट्रवादीहरूसँग काम लियो, असल राष्ट्रवादीलाई चिन्न सकेन ।’ मुलुकको बिग्रिएको अवस्थालाई सम्हाल्न सक्ने राष्ट्रवादी पार्टी राप्रपा भएकाले नेपाल र नेपालीको पहिचान स्थापित गर्न राप्रपा आजको आवश्यकता भएको सिंहको निष्कर्ष छ । विश्वको एक मात्र हिन्दू अधिराज्य, विश्वका सवा अर्ब हिन्दूहरूको सहानुभूति भएको देश नेपाललाई राप्रपाले हिन्दू अधिराज्य बनाएरै छाड्ने उनको ठोकुवा छ । २ नम्बर प्रदेशमा राप्रपाका विभिन्न तहका पदाधिकारी निर्विरोध निर्वाचित गराउन भूमिका खेलेका सिंहले आप्mनो केन्द्रीय सदस्यमा उम्मेदवारीतर्फ इंगित गर्दै थपे, ‘मैले सबै जात, सबै साथी, सबै राष्ट्रवादीहरूलाई समेटेर अघि बढेको छु, मैले देश, जनता, पार्टी र राष्ट्रियताको हितमा काम गरेको छु भन्ने मलाई आसा छ, मेरो जीत सुनिश्चित छ । मलाई विश्वास छ, नेपाली दाजुभाइ, दिदीबहिनीहरूले मलाई सम्मान गर्नुहुनेछ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा सबैलाई समेट्ने र सबैलाई सम्मान गर्ने नेताको छवि बनाएका महामायाप्रसाद सिंहले आशन्न अधिवेशनमा अध्यक्ष पदमा आकांक्षी थुप्रै देखिएको प्रति लक्षित गर्दै ‘पार्टीहरूले परम्परा छाड्दा आज देशको हालत के भयो ?’ प्रश्न गरे । राप्रपा सम्बद्र्धनवाद परम्परावादी पार्टी भएकाले परम्परा बिर्सनु नहुने उनको तर्क छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ०२:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेले बोलायाे सचिवालय बैठक
एमालेले बोलायाे सचिवालय बैठक मंगलबार, भदौ १७, २०८२
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव मंगलबार, भदौ १७, २०८२
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP