Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राप्रपाको केन्द्रीय सदस्यमा सिंहको उम्मेदवारी
राप्रपाको केन्द्रीय सदस्यमा सिंहको उम्मेदवारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १२, २०७८
Maha Maya Psd Sing
Hardik health
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को काठमाडौंमा सम्पन्न हुने एकता महाधिवेशनको सरगर्मी बढेसँगै उम्मेदवार बन्नेहरू पनि मैदानमा खुल्न थालेका छन् । मंसिर १५–१६ र १७ गते हुने महाधिवेशनमा राप्रपाका संस्थापक सदस्य, हालका केन्द्रीय सदस्य महामायाप्रसाद सिंहले मधेसी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका हुन् । शान्तिप्रिय नेपाली परम्परालाई संरक्षण गर्न, चार वर्ण, छत्तीस जातबीचको एकता जोगाइराख्न, संवैधानिक राजसंस्था र हिन्दू अधिराज्य पुनर्बहालीका निम्ति आफ्नो उम्मेदवारी भएको उनले बताएका छन् । सप्तरी जिल्लाका खारिएका नेता सिंहले सप्तरी सुरुदेखि नै राष्ट्रवादी जिल्ला भए पनि केन्द्रले कदर नगरेर साथीहरूको मनोबल गिरेको बताए । तर भोलिका दिनमा सम्पूर्ण राष्ट्रवादीहरू मिलेर सप्तरीको राष्ट्रवादी पहिचान जोगाउने प्रष्ट्याए । ‘सप्तरीबाट पार्टीले मन्त्री र उपसभामुख बनाएका व्यक्तिहरूको विगत राष्ट्रवादी थिएनन् । विभिन्न पार्टीबाट आएका थिए, पुनः विभिन्न पार्टीमै फर्किए । तर, पनि हाम्रो उहाँहरूप्रति सम्मान छ,’ सिंहले भने, ‘केन्द्रले राष्ट्रवादीहरूसँग काम लियो, असल राष्ट्रवादीलाई चिन्न सकेन ।’ मुलुकको बिग्रिएको अवस्थालाई सम्हाल्न सक्ने राष्ट्रवादी पार्टी राप्रपा भएकाले नेपाल र नेपालीको पहिचान स्थापित गर्न राप्रपा आजको आवश्यकता भएको सिंहको निष्कर्ष छ । विश्वको एक मात्र हिन्दू अधिराज्य, विश्वका सवा अर्ब हिन्दूहरूको सहानुभूति भएको देश नेपाललाई राप्रपाले हिन्दू अधिराज्य बनाएरै छाड्ने उनको ठोकुवा छ । २ नम्बर प्रदेशमा राप्रपाका विभिन्न तहका पदाधिकारी निर्विरोध निर्वाचित गराउन भूमिका खेलेका सिंहले आप्mनो केन्द्रीय सदस्यमा उम्मेदवारीतर्फ इंगित गर्दै थपे, ‘मैले सबै जात, सबै साथी, सबै राष्ट्रवादीहरूलाई समेटेर अघि बढेको छु, मैले देश, जनता, पार्टी र राष्ट्रियताको हितमा काम गरेको छु भन्ने मलाई आसा छ, मेरो जीत सुनिश्चित छ । मलाई विश्वास छ, नेपाली दाजुभाइ, दिदीबहिनीहरूले मलाई सम्मान गर्नुहुनेछ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा सबैलाई समेट्ने र सबैलाई सम्मान गर्ने नेताको छवि बनाएका महामायाप्रसाद सिंहले आशन्न अधिवेशनमा अध्यक्ष पदमा आकांक्षी थुप्रै देखिएको प्रति लक्षित गर्दै ‘पार्टीहरूले परम्परा छाड्दा आज देशको हालत के भयो ?’ प्रश्न गरे । राप्रपा सम्बद्र्धनवाद परम्परावादी पार्टी भएकाले परम्परा बिर्सनु नहुने उनको तर्क छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ०२:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP