Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘नो एकता, नो एकीकरण’
‘नो एकता, नो एकीकरण’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ९, २०७८
Hardik health
काठमाडौं– नेपालका राजनीतिक दलहरूबीच जुट्ने र फुट्ने क्रम चलिरहन्छ । सबैजसो दलहरू बिनाकारण जुट्छन् र बिनाकारण फुट्छन् पनि । पछिल्लोपटक नेकपा एमाले, जनता समाजवादी पार्टीदेखि साझा विवेकशील पार्टीसमेत फुटेको छ । एमाले फुटेर तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको छ । जसपा फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको छ भने साझा र विवेकशील पार्टी फुटेर करिब–करिब पूर्ववत् अवस्थामा फर्किएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा सर्वोच्च अदालतको निर्णयपछि अलग भयो । त्यसपछि एमालेसमेत विभाजित भइसकेको छ । एमाले र माओवादी केन्द्रले साझा घोषणापत्रका आधारमा गएको प्रदेशसभा र राष्ट्रियसभामा निर्वाचन लडेका थिए । उनीहरूको एकतालाई जनताले पनि स्वीकार गर्दै करिब दुई तिहाइनजिकको मत दिएका थिए । पार्टीभित्र आन्तरिक संघर्ष चर्कैँदै जाँदा अदालतले दुई पार्टीबीचको एकता बदर गरिदिएको थियो । ऋषि कट्टेलले आफ्नो पार्टीको नामसँग एकीकृत पार्टीको नाम जुधेको भनी दिएको रिटमा अदालतले एकता बदर गरिदिएको हो । त्यसपछि सरकारमा रहेको एमाले सत्ताबाट बाहिरिएको छ । संघीय सरकार र प्रदेश सरकारबाट समेत बाहिरिएको छ । एमालेबाहेकका दलहरूले गठबन्धन गरेका छन् । सत्तागठबन्धन दलहरूबीच आगामी निर्वाचनमा कार्यगत एकतादेखि पार्टी एकतासम्मको चर्चा चलिरहेको छ । केहीले एमाले र माओवादी केन्द्रबीच नै फेरि एकता हुन सक्नेसम्मको चर्चा गरिरहेको छन् । केही मिडियामा एमाले र माओवादीका नेताहरूबीच एकताको विषयमा छलफल भइरहेकोसम्म समाचार सार्वजनिक भएका थिए । यस्ता चर्चाहरू चलिरहँदा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अब आफ्नो पार्टीले अन्य कुनै पनि पार्टीसँग एकता नगर्ने बताएका छन् । उनले एमालेले एकता नगर्ने बरु अरु पार्टीमा रहेकाहरू एमालेमा भने आउन सक्ने बताए । युवा संघले बुधबार बनाएको साइबर सर्कल घोषणा कार्यक्रममा ओलीले एमालेले एकता गर्नुपर्ने कुनै पार्टी नरहेको बताए । ‘अब नेकपा एमालेले एकता एकीकरण गर्नुपर्ने पार्टी कुनै रहेन, त्यसकारण नो एकता, नो एकीकरण’ उनले भने, ‘जो साथीहरू हुनुहुन्छ आउनुस्,, एमाले मिलेर काम गरौँ ।’ ओलीले अघि भने, ‘एकता एकीकरणको वार्ता को सँग गर्ने ? माधव नेपालसँग गर्ने एकीकरण ? माधव नेपालले झुक्याएर लगेका साथीहरू निद्राबाट ब्यूँझिनुस् र फर्किनुस् ।’ अध्यक्ष ओलीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलनलाई पाँच दलीय छट्पटीको संज्ञा दिएका छन् । ‘अहिले सर्वोच्च अदालततिर प्रकट भइरहेको छ । हामीलाई फ्याँकेको ब्रह्मास्त्र ठोक्किएर फर्किँदाखेरी आफैँलाई लागेर भएको छट्पटी हो,’ उनले भने, ‘यो केही होइन, देखिएको त्यहाँ (सर्वोच्च अदालतमा) छ । तर पाँच दलीय छट्पटी हो । यो कुराको प्रमाण सर्वोच्च अदालतका श्रीमान्् न्यायाधीशले अमेरिकाबाट इमेल पठाएर साविती बयान दिएका छन् ।’ ओलीले अदालतमा देखिएको आन्दोलनलाई नेकपा एमालेमाथि प्रहार गरिएको ब्रह्मास्त्र फर्किएर पाँच दलका नेताको टाउकोमा लागेको संज्ञा दिएका छन् । ‘यस लडाइँमा ब्रह्मास्त्रको प्रयोग हुने ठाउँसम्म पुगेछ,’ उनले भने । उनले न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको तर धामीमार्फत उपचार खोजिएको पनि टिप्पणी गरे । ‘न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, तर त्यसको उपचार कसरी खोजिँदै छ भने धामी बोलाएर, कुखुराको अण्डा ल्याएर, दुनामा लगेर मन्सिने । त्यो विचरा अण्डा मन्साएर क्यान्सर निको हुन्छ ?’ उनले भने । अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि कटाक्ष गरेका छन् । माधव नेपालले हिन्दी फिल्मका भिलेनको डाइलग बोलेको भन्दै कटाक्ष गरेका हुन् । कांग्रेसका पिछलग्गुले एमालेलाई धाक दिन नसुहाउने उनको भनाइ छ । उनले भने, ‘कतिले ठानेका छन्, अदालतको फैसलाबाट जनताका पक्षधरलाई पराजित गरियो । अन्तिम विजय ठानेका छन् । केही व्यक्तिहरूले बोल्दै हिँडेको सुन्नुभएको होला । एकजना सात वर्षजति अगाडि अध्यक्षको चुनावमा मसँगै पराजित भएको मान्छेले हिन्दी फिल्मको भिलेनको डाइलग बोलेछन् । के भनेछन् भने– जो हम्से टकराएगा ओ चुरचुर हो जायगा । सात वर्षअगाडि हारेको मान्छे । त्यसबेलाको चुरचुर भएको थियो ? मलाई अचम्म लाग्यो । कसरी बोल्न सक्या होला ।’ कांग्रेसको पुच्छर समातेर धेरै फूर्ति नलगाउन ओलीले चुनौति दिएका छन् । उनले भने, ‘यिनीहरू दुई चार दिनका मेहमान हुन् । अहिले कांग्रेसको पुच्छर समातेर बडा फूर्ति लगाइरहेका छन् । पिठ्यूँमा झिँगो बसेर कांग्रेसले यसो पुच्छर हल्लायो भने यिनीहरू कहाँ पुग्छन् कहाँ । कांग्रेसका पुच्छरले यत्रो धाक लगाउने एमालेसँग ?’ उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई बिगार्न सक्ने टिप्पणी गरेका छन् । दाहालबाट कुनै काम नभएको र अब कांग्रेसलाई बिगार्न सक्ने बताएका हुन् । एमाले बिगार्न नसकेर कांग्रेसलाई बिगार्न दाहाल लागिपरेको भन्दै ओलीले भने, ‘हामीलाई बिगार्न प्रचण्डले खोजेका थिए । तर, सकेनन् । अहिले कांग्रेसमा गएका छन् । म भन्छु, होसियार कांग्रेस प्रचण्डले सिध्याउलान् ।’ कांग्रेस दाहालको हात समाएर अघि बढ्नुपर्ने अवस्थामा रहेको टिप्पणी गर्दै ओलीले कांग्रेस विचार र नीतिमा पनि पुरानो भइसकेको बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  ०२:५१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP