Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओलीको रणनीति : निर्वाचनबाटै नेताहरूको व्यवस्थापन
ओलीको रणनीति : निर्वाचनबाटै नेताहरूको व्यवस्थापन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर ८, २०७८
Hardik health
काठमाडौं– नेकपा एमालेको १०औँ महाधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी छ । शुक्रबारदेखि चितवनमा हुने एमालेको महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुनेछ । यसअघि गत असोजमा विधान महाधिवेशनमार्फत पार्टी नीति, कार्यक्रम र विधान संशोधन गरिसकेको एमालेले यो महाधिवेशनमा मुलतः अध्यक्षसहित १५ पदाधिकारी र २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । एमालेको महाधिवेशन सुरु हुन लाग्दा अब नेतृत्वमा को को आउँछन् भन्ने सर्वत्र चासोको विषय छ । यसअघि एमालेमा प्यानल नै बनाएर आन्तरिक निर्वाचन हुने गरेकामा यसपटक भने त्यस्तो हुने छैन । पार्टीको आन्तरिक निर्वाचनमा समूह बनाउन नपाउने पार्टीले नीति पारित गरेअनुसार तल्लो कमिटीसम्म सर्कुलर गरिसकिएको छ । अझ एमालेविरुद्ध सबै दल एक भएको र पार्टी पनि फुटेको अवस्थामा यो महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने शुभेच्छुकहरूको अपेक्षा छ । तर, महाधिवेशनको मिति नजिकिँदै जाँदा सर्वसम्मत नेतृत्व चयन हुने संभावना क्षीण हुँदै गएको छ । एमालेको अध्यक्षमा पुनः केपी ओलीको विकल्प नभएको चर्चा चलिरहँदा उपाध्यक्ष डा.भीम रावलले पत्रकार सम्मेलनमार्फत् अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले आफ्नो उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष ओलीको नेतृत्वमा नदोहोरिने प्रतिबद्धताको सम्मान गर्न पनि उम्मेदवारी दिन लागेको बताएका थिए । उनले ओलीले पनि आफूलाई अध्यक्ष बनाउन सहयोग गर्ने अपेक्षा राख्दै भरोसा गर्न आग्रह गरेका थिए । हुन त अध्यक्ष ओलीले सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गरिरहेका छन् । महाधिवेशनका लागि प्रतिनिधि छान्ने क्रममा पनि सकेसम्म सहमति गर्न उनले आग्रह गरेका थिए । सोहीअनुसार एकाध जिल्लाबाहेक सबैजसो ठाउँमा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छानेका छन् । एमाले विभाजनका बेला १० बुँदे सहमति गरेर पार्टीमा बसेका र पूर्व नेकपा माओवादी केन्द्र पृृष्ठभूमिका नेताहरूलाई व्यवस्थापन गर्न पनि सर्वसम्मत नेतृत्व चयनको अपेक्षा गरिएको थियो । यदि उनीहरूलाई यो महाधिवेशनले समेट्न सकेन भने एकताको सन्देश नजाने र पार्टीभित्र चौतर्फी घेराबन्दी भइरहेका बेला कठीन हुने विश्लेषण गरिँदै आएको थियो । त्यसैले अध्यक्ष ओलीले सबै समूह र पृष्ठभूमिका नेताहरूलाई समेटेर केन्द्रीय समिति बनाउने अपेक्षा गरिए पनि आकांक्षी धेरै भएपछि त्यो संभावना कम हुँदै गएको हो । एमालेले अध्यक्षसहित एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सात जना सचिवसहित १५ पदाधिकारीका लागि मात्रै दर्जनौँ आकांक्षीहरू देखिएका छन् । वरिष्ठ उपाध्यक्षमा नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल र रामबहादुर थापा तीव्र आकांक्षी देखिएका छन् । महासचिवमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतका नेताहरूको तीव्र आकांक्षा छ । उपमहासचिव र सचिव पदमा चार दर्जन बढी नेताहरू आकांक्षी देखिएका छन् । यद्यपि अहिलेसम्म कसैले पनि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छ्रैनन् । अध्यक्ष ओलीको सहमति र समर्थन बिना उम्मेदवार बन्दा नजितिने आँकलन गरेका सबैजना उनको समर्थन प्राप्त गर्न प्रयासरत छन् । तर, अध्यक्ष ओलीले भने नेतृत्व व्यवस्थापनका लागि निर्वाचनको विकल्प रोज्ने संकेत गरेका छन् । मंगलबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले सहमति हुन नसके लोकतान्त्रिक अभ्यासको बाटो खुला रहेको बताए । उनले भने, ‘साथीहरू विना करकाप सहमतिमा जानुहुन्छ भने सबै ठाउँमा सहमति गरे हुन्छ । तर, लोकतान्त्रिक अभ्यासमा मनोवैज्ञानिक पनि दबाव पुग्ने काम गर्दिन । मैले आग्रह मात्र गर्दा पनि दबाब पर्न सक्छ, त्यसकारण म आग्रह पनि नगरी बस्छु भनेको छु ।’ उनले अगाडि भने, ‘कसैले मेरो इच्छा सोध्छ भने मिलेर जानु सबभन्दा राम्रो हो । सहमतिका साथ साथीहरू जानुभयो, ठीक छ । अध्यक्षमा लड्नुहुन्छ, लड्नुहुन्छ । लड्नुहुन्न, सहमति हुन्छ, सबभन्दा राम्रो । भरसक कर लगाए उठिदिनुस् न भन्न परोस् । त्यसमा सहमति हुनु राम्रो हो ।
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ०२:३८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP