Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती, गोलाप्रथाबाट पेसी तोकिने
प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती, गोलाप्रथाबाट पेसी तोकिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर ७, २०७८
Hardik health
काठमाडौं– सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको पेसी तोक्ने तजबिजी अधिकार अन्ततः औपचारिक रूपमै खारेज भएको छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) को निर्णयअनुसार सर्वोच्चमा पेसी गोलाप्रथाबाट तोक्नेसम्बन्धी निययामवली संशोधन गरिएपछि प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती भएको हो । उक्त नियमावाली संशोधन सम्बन्धी सूचना सोमबार राजपत्रमा प्रकाशित गरिएपछि सर्वोच्चको पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको छ । नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको छ । राजपत्रमा सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको हो । यद्यपि, यसलाई औपचारिकता दिन सर्वोच्च अदालतको ‘फुलकोर्ट’ ले निर्णय गर्नुपर्ने छ । मंगलबार फुलकोर्ट बैठक बस्ने विषयमा पनि गृहकार्य भइरहेको बताइएको छ । सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न लामो समयदेखि माग हुँदै आएको थियो । न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको समितिले न्यायपालिकाको सुधार सम्बन्धी प्रतिवेदनमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न सिफारिस गरेको छ भने न्यायाधीश मीरा खड्काको प्रतिवेदनले गोलाप्रथामा कसरी जाने भन्नेबारे कार्यविधि सुझाएको छ । पछिल्लो समय सर्वोच्च अदालतमा बढेको विवादका बीच फुलकोर्टले गोलाप्रथाबाट पेसी तोक्न नियमावली संशोधन गरेको थियो । फुलकोर्टले नियमावली संशोधन गरेसँगै राजपत्रमा सूचना प्रकाशित भएको हो । सर्वोच्चमा प्रधानन्यायाधीश जबराले कार्यपालिकासँग अपवित्र सम्बन्ध कायम गरेको भन्दै अन्य न्यायाधीशहरू र कानुन व्यवसायीहरू आन्दोलित छन् । जबराको बहिर्गमनको माग गर्दै आन्दोलन जारी राखेका न्यायाधीश तथा नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले ८ कात्तिकमा उनले बोलाएको फुलकोर्ट बहिष्कार गरेका थिए । जबराविरुद्ध आन्दोलनमा उत्रिएका सर्वोच्चमा १९ न्यायाधीशहरूमध्ये पाँच जनाले विद्रोह गरेपछि २ मंसिरमा प्रधानन्यायाधीश जबराबिना बसेको फुलकोर्टले नियमावली संशोधन गर्दै गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गरेका थिए । उक्त निर्णय सोमबार राजपत्रमा प्रकाशित भएको हो । मंगलबार फुलकोर्ट गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य प्रारम्भ गर्न मंगलबार सर्वोच्च अदालतको पूर्ण बैठक राख्ने तयारी भएको छ । सोमबार सर्वोच्च अदालत नियमावली ०७४ को संशोधन राजपत्रमा प्रकाशन भएपछि मंगलबारका लागि पूर्ण बैठक राख्न लागिएको हो । सर्वोच्च अदालत स्रोतका अनुसार गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्नेसम्बन्धी नियमावली र निर्देशिका राजपत्रमा प्रकाशन भएपछि पेसी व्यवस्थापन निर्देशन समिति बनाउन फुलकोर्ट बस्न लागेको हो । पेसी व्यवस्थापनसम्बन्धी निर्देशिकामा पेसी व्यवस्थापन निर्देशन समितिमा प्रधानन्यायाधीश र दुईजना वरिष्ठतम् न्यायाधीश तथा मुख्य रजिष्ट्रार गरी ४ सदस्य रहने उल्लेख छ । त्यसै निर्देशिकालाई कार्यान्वयनका लागि फुलकोर्ट बैठक बस्न लागेको हो । मंगलबार सर्वोच्चको पूर्ण बैठक बसेको अवस्थामा सोही बैठकले मिति तोकेर गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्नेबारे निर्णय गर्नेछ । मंगलबार नै सर्वोच्चको पूर्ण बैठक बसेको अवस्थामा पनि बुधबारबाटै गोलाप्रथा सुरु हुने सम्भावना भने कमै छ । एक न्यायाधीशका अनुसार फुलकोर्ट बैठकले पेसी व्यवस्थापन सम्बन्धी निर्णय गर्ने भए पनि गोलाप्रथाको तयारी पूरा भइसकेको छैन । उनका अनुसार एक दुई दिनमै गोलाप्रथा सुरु गरिहाल्न सक्ने गरी सर्वोच्च प्रशासन तयार नभइसकेको हुँदा प्रशासन र सूचना प्रविधि टिमसँग बसेर छलफल गरेपछि गोलाप्रथाबाट पेसी व्यवस्थापन सुरु गर्ने दिन तोकिनेछ । यद्यपि ढिलोमा पनि एक साताभित्रै गोलाप्रथाबाट पेसी तोक्नेसम्बन्धी व्यवस्था गर्न न्यायाधीशहरूले दबाब दिएको ती न्यायाधीशले बताए । दलहरूसँग बारको गुहार प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले जबरालाई पदमुक्त गर्न सभामुख अग्नि सापकोटा र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग गुहार मागेको छ । प्रधानन्यायाधीश जबरामाथि लागेको आरोपसहित बारले सभामुख सापकोटा र विभिन्न दलका नेताहरूलाई ज्ञापनपत्र बुझाई अप्रत्यक्ष रूपमा महाभियोगको प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । बार एसोसिएसनले ज्ञापनपत्र बुझाउदै प्रधानन्यायाधीश जबराविरुद्ध ‘आ–आफ्नो संवैधानिक, कानुनी र नैतिक पहल गर्न’ सभामुख र संसदमा रहेका दलहरूलाई अनुरोध गरेको हो । संसदले प्रधानन्यायाधीशविरुद्ध संवैधानिक पहल गर्नु भनेको महाभियोग प्रक्रिया अघि बढाउनु हो । ‘वर्तमान प्रधानन्यायाधीशले संवैधानिक जिम्मेवारी इमान्दारीपूर्वक पालना नगरेको र प्रत्यक्ष रूपमा न्यायपालिकामा विकृति, विसँगति, विचौलिया, भ्रष्टाचार बढाउन मुख्य भूमिका खेलेको भन्ने निष्कर्षमा बार पुगेकोले’ ज्ञापनपत्रमा भनिएको छ, ‘नेपाल बार एसोसिएसनको धारणा पत्र अध्ययन गरी संविधान संशोधन र न्यायालयको वर्तमान गतिरोध अन्त्य गरी न्यायालयको गरिमा बचाउनका लागि आवश्यक कार्य गर्न गराउन आ–आफ्नो संवैधानिक, कानूनी र नैतिक पहलका लागि अनुरोध गरिन्छ ।’ बारले ज्ञापनपत्रमा प्रधानन्यायाधीश जबराले संवैधानिक जिम्मेवारीलाई आफ्नो निजी सम्पत्तिसरह स्वेच्छाचारी ढंगले दुरूपयोग गरेको आरोप लगाइएको छ । अहिले न्यायपालिकाभित्र विकृति, विसँगति र भ्रष्टाचार उत्कर्षमा पुगेको भन्दै बारले बाध्य भएर शान्तिपूर्ण आन्दोलन सुरु गरेको जनाएको छ । ज्ञापनपत्रमा बारले भनेको छ, ‘प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग संविधान र स्वतन्त्र न्यायपालिकाले अपेक्षा गर्ने र गरेका कुनै पनि गुण र विशेषताहरू अब बाँकी रहेनन् ।’ बारले सोमबार सभामुख सापकोटासहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङलगायतलाई भेटी ज्ञापन पत्र बुझाएको थियो । दलका नेताहरूले ज्ञापन पत्रका सम्बन्धमा पार्टीभित्र कुरा राख्ने प्रतिवद्धता जनाएका थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ०२:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP