Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओली सर्वसम्मत नहुने, अध्यक्षमा उठ्ने रावलको घोषणा
ओली सर्वसम्मत नहुने, अध्यक्षमा उठ्ने रावलको घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ६, २०७८
Dr. Bhim rawal
Hardik health
काठमाडौं– नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशनको संघारमा छ । गत भदौमा विधान महाधिवेशन सम्पन्न गरिसकेको एमालेले १०–१२ मंसिरमा नेतृत्व चयनका लागि चितवनमा महाधिवेशन आयोजना गर्दैछ । चितवन महाधिवेशनका लागि जिल्ला तथा जनवर्गीय संगठनहरूबाट समेत महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । एकाध जिल्लाबाहेक अधिकांशमा सर्वसम्मत महाधिवेशन प्रतिनिधिहरू चयन गरिएका छन् । एमालेले यो महाधिवेशनबाट सर्वसम्मत नेतृत्व छनोट हुने बताइरहेको छ । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन भएको हुनाले र नेकपा माओवादी केन्द्रसँगको एकता भंग भएको कार्यकर्तामा उत्साह भर्नका लागि एमालेले सर्वसम्मत नेतृत्व चयनमा जोड दिइरहेको छ । सोहीअनुसार अध्यक्ष केपी ओलीले महाधिवेशन प्रतिनिधि छान्दा अधिकतम सहमति गरेर सर्वसम्मत रूपमा छान्न आग्रह गरेका थिए । ओलीको सोही आग्रहका कारण पनि अधिकांश स्थानमा नेताहरूले सर्वसम्मतिले प्रतिनिधि चयन गरेका थिए । पार्टीको महाधिवेशनमा अन्य पदाधिकारीमा निर्वाचन हुनसक्ने भनिएता पनि कमसेकम अध्यक्ष पदमा ओली सर्वसम्मत निर्वाचित हुने अपेक्षा एमालेजनले गरिरहेका छन् । अधिकांश प्रभावशाली नेताहरूले समेत अध्यक्ष ओलीको विकल्प नभएको भन्दै उनी नै फेरि अध्यक्ष बन्ने बताइरहेका बेला उपाध्यक्ष डा. भीमबहादुर रावलले आइतबार आफूले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । उनको घोषणासँगै एमालेको अध्यक्षमा ओली निर्विरोध निर्वाचित हुने संभावना सकिएको छ । यद्यपि, रावलले यसबीचमा उम्मेद्वारी नदिने मनस्थिति बनाएमा ओली फेरि पनि सर्वसम्मत अध्यक्ष बन्न सक्नेछन् । हुन त अध्यक्ष ओली आफैँले फेरि पार्टी र सरकारको नेतृत्वमा नदोहोरिने प्रतिवद्धता व्यक्त गर्ने गरेका थिए । उनले ‘आफूले कुनै पनि कक्षा दोहो¥याएर नपढ्ने’ भन्दै अब फेरि पार्टी र सरकारको नेतृत्व नलिने बताइरहेका बेला दुईपटक सरकारको नेतृत्व गरिसकेका छन् भने दोस्रोपटक पार्टीको नेतृत्वमा पुग्ने तयारीमा छन् । उनको उक्त प्रतिबद्धताका विषयमा भने ‘कक्षा नै सकिएकाले दोहोरिने परेको’ जवाफ दिने गरेका छन् । उनीनिकट नेताहरूले पार्टी विभाजनको असर कम गर्न ओलीले रहरले भन्दा पनि बाध्यताले फेरि पार्टी र देशको नेतृत्व गर्नुपर्ने अवस्था सिर्जना भएको बताउने गरेका छन् । अधिकांशले ओलीविरुद्ध दशौँ महाधिवेशनमा कसैले उम्मेद्वारी नदिने अनुमान गरेका थिए । नेता लालबाबु पण्डितले त ‘ओलीविरुद्ध उम्मेद्वारी दिनेको जमानत नै जफत हुने’ दाबी गरिसकेका छन् । यस्तो अवस्थामा पार्टी विभाजनपूर्व वरिष्ठ नेता माधवकुमार नेपालनिकट रहेको डा. रावलले ओलीविरुद्ध अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । नेपालनिकट उपाध्यक्ष डा. रावल अध्यक्ष ओलीसँग १० बुँदे सहमति गर्दै विभाजनको पक्षमा नलागी पार्टीमै रहेका थिए । ओलीको कटु आलोचकमध्येका एक उनले विभाजनका बेला नेपाललाई साथ नदिएपछि उनको चर्को आलोचना भएको थियो । नेपालपक्षमा लाग्ने नेताहरूले सबैभन्दा धेरै डा.रावलको आलोचना गर्ने गरेका थिए । उनले यसबीचमा अध्यक्ष ओलीले सहमतिअनुसार १० बुँदे कार्यान्वयन नगरेको भन्दै पार्टीभित्रै पनि पटक–पटक असन्तुष्टि जाहेर गरिसकेका छन् । १० बँुदे सहमति कार्यान्वयनका लागि बनाएको कार्यदलको संयोजक रहेका उनले सो पदबाट समेत राजीनामा गरिसकेका छन् । मुख्यतः सुदूरपश्चिममा माओवादी केन्द्र पृष्ठभूमिका लेखराज भट्ट र उनीबीच प्रतिष्पर्धा बढेको छ । दुईजनामध्ये को इन्चार्ज भन्ने विवाद जारी छ । १० बुँदे सहमतिअनुसार पार्टी २ जेठ ०७५ अघिको अवस्थामा फर्किदा डा.रावल नै इन्चार्ज हुने छन् । तर, अध्यक्ष ओलीले भट्टलाई सुदूरपश्चिमको इन्चार्ज बनाएर सोहीअनुसार जिम्मेवारी पनि तोकेपछि उनी असन्तुष्ट रहँदै आएका हुन् । उनीसँगै १० बुँदे सहमतिपछि पार्टीमा फर्किएका अन्य ‘९ भाइ’ले अध्यक्षमा ओली नै निर्वाचित हुने बताइरहँदा डा.रावलले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका हुन् । आइबार रिपोर्टस् क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेर डा.रावलले अध्यक्षमा उठ्ने बताएका छन् । ‘मैले राजनीतिक जीवनको आरम्भदेखि नै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराई रहन अघि बढ्ने संकल्प गरेको छु’, उनले भने, ‘यही दृढ संकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लेखित र अनुल्लेखति वा स्पष्ट गर्नुपर्ने उद्देश्य, लक्ष्य र मान्यताको आधारमा २०७८ साल मंसिर १० देखि १२ गतेसम्म चितवन जिल्लामा हुने नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्दछु ।’ उनले ओलीलाई फेरि अध्यक्षमा दाबी नगर्न आग्रह गरेका छन् । पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री भएर गर्न सक्ने काम गरेको भन्दै डा. रावलले भने, ‘उहाँ स्वयंले केही पहिले नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा नदोहोरिने घोषणा गर्नु भएको हो । त्यसको सम्मानका लागि पनि उमेर र सबै दृष्टिकोणले परिपक्क भएकाले मैले अध्यक्षका लागि उग्रसर हुनु उचित सम्झिएको छु ।’ पार्टीमा फुट भएको बेला अरुबाट परिस्थितिको सामना गर्न कठिनाई हुन्छ कि भन्ने लागेको भए ढुक्क भएर आफूमाथि भरोसा गर्न समेत उनले ओलीलाई आग्रह गरे । उनले अघि भने, ‘मैले अध्यक्ष पदको जिम्मेवारी पाए भने उहाँको अनुभव, ज्ञान र दक्षतालाई पार्टीको विकास, विस्तारका लागि सदुपयोग गर्न तत्पर छु ।’ अध्यक्ष पदमा आफ्नो उम्मेद्वारीलाई सहज रूपमा लिन र आफूप्रति सद्भाव प्रकट गर्न समेत उनले अध्यक्ष ओली र अरु नेताहरूलाई आग्रह गरेका छन् । डा.रावलले थापाथलीस्थित पार्टी कार्यालयबाटै उम्मेद्वारी घोषणा गर्न चाहेको ठाउँ नपाएको गुनासो गरे । पार्टी महासचिवले महाधिवेशनका कारण कुनै पनि कक्ष खाली नभएको जानकारी पाएपछि बाहिर पत्रकार सम्मेलन गर्नु परेको उनले बताए । यसअघि नवौँ महाधिवेशनमा रावल सर्वाधिक मत ल्याएर उपाध्यक्ष पदमा विजयी भएका थिए । एमालेको नवौँ महाधिवेशनमा २ हजार १५२ जनाले मतदान गर्दा रावलले १ हजार १४३ मत ल्याएर उपाध्यक्षमा विजयी भएका थिए ।
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  ०२:३१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP