Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • हामी ओलीकै नेतृत्वमा अघि बढ्छौँ : नेता तामाङ
हामी ओलीकै नेतृत्वमा अघि बढ्छौँ : नेता तामाङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ५, २०७८
Hardik health
काठमाडौं– नेकपा (एमाले) का पार्टी कार्यालय सचिव तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टीको १०औँ महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी ओली नै सर्वसम्मत् रूपमा अध्यक्षमा निर्वाचित हुने बताएका छन् । उनले भने, ‘हामी केपी शर्मा ओलीको नेतृत्वमा नै एमालेलाई अघि बढाउँछौँ ।’ शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अब एक ढिक्का भएर अघि बढ्ने बताएका छन् । उनले भने, ‘अहिले हामी केपी ओलीकै अगुवाइमा अघि बढ्छौँ । एमालेभित्रको गुट र सबैखाले समस्या समाधान गर्ने प्रयत्न गरेका छौँ । तल्लो तहदेखि उच्च तहसम्म सहमतिको वातावरण छ । म सुरक्षित छु भन्ने भावना सबैमा विकास भएको छ । महािधवेशनपछि पार्टी सदस्यताको आह्वान गर्दै छौँ । अहिले हाम्रो पार्टी सदस्यता ९ लाख प्लस छ । महाधिवेशनलगत्तै हामी पन्ध्र लाख बनाउँछौँ । हामी एकताबद्ध रूपमा आगामी चुनावमा अघि बढ्छौँ ।’ उनले १०औँ महाधिवेशनमा सर्वसम्मत् रूपमा पदाधिकारी चयन गरिने वातावरण बनेको पनि सुनाएका छन् । तर, सहमति नभए चुनावका लागि पनि तयारी अवस्थामा रहेको उनको भनाइ छ । उनले भने, ‘हामी सर्वसम्मत् रूपमा पदाधिकारी चयन गर्ने प्रयत्नमा छौँ । अहिले महाधिवेशन प्रतिनिधिको कुरा गर्दा पनि सबैजना पालिकादेखि केन्द्रसम्म सर्वसम्मत् प्रक्रियाबाट आएका छौँ । हामी उम्मेदवार हुन पाइँदैन भन्दैनौँ ।’ उनले महाधिवेशनमा बजेटको हिसाबले साढे ७ करोड लाग्ने अनुमान गरिएको सुनाए । आमनेता तथा कार्यकर्ताले उत्साहपूर्वक पार्टी कोषमा पैसा जम्मा गरिरहेको र यो चार÷पाँच दिनको अवधिमा करिब २५ लाख जम्मा भइसकेको पनि उनले जनाए । उनले भने, ‘हाम्रो सिंगो पार्टीको मनोविज्ञान एकताबद्ध पार्टी नै हो, पार्टीमा सबै उचित स्थान र सम्मान हुन्छ ।’ उनले महािधवेशन प्रतिनिधिहरूको अहिले रजिस्टर र इन्ट्री प्रोसेस सुरु भएको पनि जनाए । उनले भने, ‘हामीले सबै प्रक्रिया हाई–टेक गरेका छौँ । अनलाइन गरेका छौँ । १० गते चितवनको नारायणी नदीमा उद्घाटन सत्र हुन्छ, त्यहाँ पाँच लाख जनसमुदायको सहभागिता रहनेछ । जनपरिचालन समिति पनि बनाएका छौँ । जनता जुटाउने काम गरिएको छ । म आफैँ मञ्च व्यवस्थापनको संयोजक हुँ । खुला सत्र, जनसभा कस्तो हुन्छ ? भनेर झझल्को देखिने गरी तयारी गरेका छौँ, महाधिवेशनस्थल हाइटेक गर्छौं । त्यहीअनुसारको सजिसजाउ गरेका छौँ । मञ्चको व्यवस्था पनि भव्यता छ । चारैतिरबाट स्टेजको सम्बोधन देख्न मिल्नेगरी एलइडीको व्यवस्था छ । मिडियालाई लाइभको व्यवस्था गरेका छौँ ।’ उनले आफूहरू सहमतिको साथ महाधिवेशन सम्पन्न गर्नेतर्फ लागिरहेको सुनाए । उनले भने, ‘हामी सहमतिको प्रयासमा छौँ । देखाउने हिसाबले, प्रचारप्रसारको हिसाबले रौनकता छ । तर, उम्मेदवारको तानातान नभएको भनेर अहिले बाहिर चर्चा भएको छ, यो कुराबाट एमाले मुक्त भएको छ । पार्टीमा सबै कुरा मिल्दै छ अनि सहमतिको साथ नेतृत्व घोषणा हुँदै छ। यो कुरा राम्रो हो नि । कुनै पनि दलमा झगडा हुनुभन्दा मिल्नु राम्रो हो नि । अहिले हाम्रो पार्टीमा मिल्ने वातावरण बन्दै गएको छ । मतदान हुने, गुटबन्दी हुनुभन्दा त मिलेर जानु र सर्वसम्मति बनाउनु राम्रो होला ।’ उनले पार्टीमा नेताहरू एक आपसमा झगडा गरेकोभन्दा मिलेको र एकताबद्ध भएर अघि बढेको समाचार नै ठूलो हुने सुनाए । उनले कोरोनाको कारणले धेरै मुलुकका प्रतिनिधिलाई महाधिवेशनमा बोलाउन नसकिएको पनि स्मरण गराए । तर, विभिन्न देशका विभिन्न दलबाट आफूहरूलाई शुभकामना सन्देश प्राप्त भइरहेको भने उनले जनाए । महाधिवेशनमा अतिथिको रूपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिइसकिएको र देउवाले पनि आउने विश्वास दिलाएको उनले जनाए । उनले भने, ‘हामीले प्रधानमन्त्रीलाई अतिथिको रूपमा निम्तो गरेका छौँ । उहाँले आउँछु भन्नुभएको छ । अरु राष्ट्रिय दलका नेताहरूलाई निम्तो गरेका छौँ । तर, माधव नेपालको पार्टीलाई भने बोलाएका छैनौँ । हाम्रो यसमा प्रष्टै धारणा छ– माधव नेपालको पार्टी गठनको प्रक्रियाप्रति हाम्रो असहमति छ । अलग दल बनाउन पाइन्छ, तर एमालेको विभाजनको लागि जुन हर्कत गरियो, त्यो विधिप्रति हाम्रो असहमति छ । माधव नेपालहरू पार्टी निर्माण गर्ने प्रक्रियामा हुनुहुन्छ । अर्को निर्वाचनपछि कस्तो बन्ला ? वा बन्छ कि बन्दैन, त्यो हेर्न बाँकी छ, हाललाई उहाँहरूलाई हाम्रो महाधिवेशमा निम्तो गर्दैनौँ ।’ तर, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भने निम्तो गरिएको र उनी आउने वा नआउने भनेर सन्देश पर्खिरहेको पनि तामाङले सुनाए । उनले दाहाल महाधिवेशनमा आउने विश्वास दिलाए । तामाङले आफ्नो पार्टीमा कालापानी, लिपुलेक र लिम्पियाधुराको जिल्लाबाट पनि महाधिवेशनमा प्रतिनिधित्व रहेको सुनाए ।
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ०३:०१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP