Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानन्यायाधीशबिनाको फुलकोर्ट, गोलाप्रथाबाट मुद्दाको पेसी
प्रधानन्यायाधीशबिनाको फुलकोर्ट, गोलाप्रथाबाट मुद्दाको पेसी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर ३, २०७८
Hardik health
काठमाडौं– बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बसेको छ । प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरू तथा कानुन व्यवसायीहरूबीचको लामो रस्साकस्सीपछि बिहीबार जबराबाहेकका १८ जना न्यायाधीशहरू सम्मिलत भएको फुलकोर्टले सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्नका लागि गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ । सर्वोच्चमा विवाद सुरु हुँदा ताका नै प्रधानन्यायाधीश जबराले फुलकोर्ट आह्वान गरे पनि न्यायाधीश तथा नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले बहिष्कार गरेको थियो । ८ कात्तिकदेखि इजलास बहिष्कार गरेर आन्दोलनमा उत्रिएका न्यायाधीशहरूको समूहमा विभाजन आएपछि भने बाँकी न्यायाधीशहरू फुलकोर्टमा बस्न राजी भएका हुन् । केही दिनअघि आन्दोलनरत १९ मध्ये पाँच न्यायाधीशले गोालप्रथा प्रणालीबाट मुद्दाका पेसी तोक्नका लागि अन्य न्यायाधीश उदासिन भएको भन्दै विद्रोह गरेपछि बिहीबार प्रधानन्यायाधीश बाहेकको फुलकोर्ट बसेको हो । प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्च अदालतकै न्यायाधीशहरू र कानुन व्यवसायीहरूले आन्दोलन थालेपछि न्यायपालिका अस्तव्यस्त छ । सर्वोच्च अदालतबाट प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग गर्दै सर्वोच्चकै अन्य सबै न्यायाधीशहरू र नेपाल बार र सर्वोच्च बार आन्दोलनमा उत्रिएपछि लामो समयदेखि सर्वोच्चको काम कारबाही प्रभावित भएको हो । यसबीचमा लामो समयदेखि सर्वोच्चमा इजलास प्रभावित भइरहेको छ । यस्तो परिस्थितिमा बिहीबारको फुट कोर्टले परिस्थिति केही सहज बनाएको बताइएको छ । यद्यपि न्यायाधीशहरू र नेपाल तथा सर्वोच्च बारले प्रधानन्यायाधीशको बहिर्गमनको मागलाई भने यथावत् राखेका छन् । बिहीबार बसेको फुलकोर्टले गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोक्ने नियमावली संशोधन गर्ने निर्णय गरेको छ । उक्त निर्णयसँगै अब प्रधानन्यायाधीशले पेशी तोक्न नपाउने भएका छन् । न्यायपालिकाको सुधारसम्बन्धी सुझाव दिन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले न्यायापालिकामा सुधारका लागि मुद्दाको पेसी गोलाप्रथा प्रणालीद्वारा तोक्न सुझाव दिएको थियो । उक्त प्रतिवेदन कार्यान्वयनको माग गर्दै बार आन्दोलनमा छ । मुद्दाको पेसी तोक्दा नै विचौलियाले अदालतभित्र चलखेल गर्ने भएकाले गोलाप्रथा लागू गर्नुपर्ने तर्क छ । उक्त सुझाव कार्यान्वयनका लागि प्रधानन्यायाधीश जबराले पटक–पटक प्रतिवद्धता जनाए पनि कार्यान्वयन भने गरेका थिएनन् । तर, बिहीबारको बैठकले उक्त नियमावली संशोधन गरेसँगै अब मुद्दाको पेसी तोक्नका लागि प्रधानन्यायाधीशको तजबिजी अधिकार खोसिएको छ । ‘फुलकोर्ट बैठकले गोलाप्रथा प्रणालीसँग सम्बन्धित नियमावली र निर्देशिका स्वीकृत गरेको छ । बैठकबाट स्वीकृत नियमावली र निर्देशिका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने र राजपत्रमा सूचना प्रकाशित भएपछि पुनः फुलकोर्ट बसेर त्यसले तोकेपछि गोलाप्रथा लागू हुनेछ’, बैठकबारे जानकारी दिदै एक न्यायाधीशले भने । १८ जना न्यायाधीशहरू छुट्टै बसेर गोला प्रथा नियमावली संशोधन र निर्देशिका पारित गर्ने निर्णय गरेको हो । ‘प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका हामी १८ जना न्यायाधीशको फुलकोर्टले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको निर्देशिका कार्यविधि पारित गरेर निर्णय प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र मुख्य रजिस्टार लालबहादुर कुँवरलाई पठायौँ’, ती न्यायाधीशले भने, ‘उहाँहरूले हस्ताक्षर गरेपछि पास हुन्छ । हस्ताक्षर गर्नुहुन्छ होला भन्ने आशा छ ।’ प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरू बिहीबार फुलकोर्ट बैठकमा सहभागी थिए । सर्वोच्च स्रोतका अनुसार नियमावलीको नियम २० मा रहेको निर्देशिका परिवर्तन गरिएको हो । यो निर्देशिका अब राजपत्रमा प्रकाशित पछि लागू हुनेछ भने त्यो लागू भएपछि सर्वोच्चका अदालतले गोलाप्रथाबाट आफ्नो पेसी रोज्नेछन् । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आएका न्यायाधीशहरू पनि गोला प्रथाबाट मुद्दा हेर्न तयार भएका छन् । यद्यपि उनीहरू प्रधानन्यायाधीशसँग इजलास सेयर नगर्ने भएका छन् । गोला प्रथा लागू नभएसम्म न्यायाधीशहरूले शुक्रबारदेखि बन्दी प्रत्यक्षीकरण, पुनरावेदन फिर्ता, फैसला संशोधन, निवेदन फिर्ताजस्ता मुद्दाहरू हेर्ने बताएका छन् । ‘इजलासमा फर्किने कुरामा सहमति भए पनि प्रधानन्यायाधीशसँग बेञ्च शेयर नगर्ने कुरामा सबैको सहमति भएको छ’, ति न्यायाधीशले भने, ‘भोलि (शुक्रबार)देखि बन्दी प्रत्यक्षीकरण, पुनरावेदन फिर्ता, फैसला संशोधन, निवेदन फिर्ताजस्ता मुद्दाहरू हेर्नेछौँ ।’ बारको अल्टिमेटम नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन शुक्रबारसम्मको ‘अल्टिमेटम’ दिएको छ । बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआए आफूहरूले थप सशक्त कार्यक्रम ल्याउने चेतावनी दिए । बार एशोसिएसनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा अनियमितता र भ्रष्टाचारको नेतृत्व गरेको आरोपसमेत लगाए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  ०२:१४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP