Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवाविरुद्ध मोर्चा कति संभव ?
देउवाविरुद्ध मोर्चा कति संभव ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २, २०७८
Hardik health
काठमाडौं– नेपाली कांग्रेस आसन्न १४औँ महाधिवेशनको तयारीमा छ । पटक–पटक सरेर २४–२६ मंसिरमा हुने महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध संयुक्त उम्मेदवारी बन्ने वा नबन्ने अहिलेसम्म टुंगो लागेको छैन । कही जिल्लामा प्रदेश निर्वाचन क्षेत्र र जिल्ला सम्मेलनसमेत सम्पन्न भइसक्दा पनि देउवाविरुद्धको मोर्चा तयार भएको छैन । गएको १८ भदौमा वडा अधिवेशनहरू सुरु हुनुपूर्व संस्थापनइतर पक्षका नेताहरूले एकै ठाउँमा उभिएर संस्थापनविरुद्ध मोर्चाबन्दी गर्ने उद्घोष गरेका थिए । सभापति पदका आकांक्षीहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा.शशांक कोइराला, डा.शेखर कोइरालालगायतले आफूहरूको तर्फबाट सभापतिको एकजना सर्वसम्मत उम्मेदवार हुने घोषणा गर्दै आफू पक्षका कार्यकर्तालाई आश्वास्त पार्न खोजेका थिए । उनीहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै आफूहरूको तर्फबाट एकजना मात्र सभापतिको उम्मेदवार बन्ने आश्वासन दिए पनि हालसम्म सहमतिको उम्मेदवार चयन हुन सकेको छैन । आफूहरूको तर्फबाट सभापतिको उम्मेदवार छान्न नसकेको संस्थापनइतर समूहका नेताहरू उल्टै अझ विभाजित मानसिकतामा रहेको देखिन थालेको छ । सहमतिमा एक जना सभापतिको उम्मेदवार छान्ने प्रयास सो समूहमा भएको छैन । उल्टै सबै आकांक्षीहरू सभापतिको लिगलिगे डौडमा लागेका छन् । उनीहरू आफू भए मात्र सभापति पद जित्न सकिने भन्दै कुनै पनि हालतमा आफूले टिकट पाउनुपर्ने अडानमा छन् । सभापति देउवाविरुद्ध संयुक्त उम्मेदवारी दिने उद्घोष गरे पनि उनीहरूले त्यसतर्फ छलफल अगाडि बढाएका छैनन् । एकाध भएका सामूहिक छलफलमा सबैले आफू नै सभापतिको उम्मेदवार हुनुपर्ने अडान राखिरहेका छन् । यस्तैमा सभापतिको आकांक्षीहरूमध्ये महामन्त्री डा. शशांक र प्रकाशमानसिंहबीच बुधबार एकअर्कालाई घोचपेच भएको छ । महामन्त्री डा.कोइरालाले अन्य आकांक्षीहरूप्रति टिप्पणी गरेपछि सिंहले पनि जवाफ फर्काएका हुन् । महामन्त्री डा. कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा संस्थापन इतर समूह एकढिक्का हुनुपर्ने भने दोहो¥याएका छन् । उनले महाधिवेशनमा सभापति देउवालाई पराजित गर्न बाँकी सबै उम्मेदवार एक ठाउँमा उभिनुपर्ने धारणा राखे । उनले संस्थापनइतर समूहबाट एक जना मात्रै उम्मेदवार बनाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि समेट्नुपर्ने बताए । ‘सिटौलाजीलाई पनि हामीले तान्नुपर्छ । उहाँसँग पनि धेरै मान्छेको आकर्षण छ,’ सर्लाहीमा आयोजित एक कार्यक्रममा महामन्त्री कोइरालाले भने, ‘एउटै मात्र उम्मेदवार बनायौँ भने शेरबहादुर देउवा हार्नुहुन्छ ।’ उनले प्रकाशमान सिंहलाई काठमाडौं बाहिर कसैले नचिन्ने टिप्पणी गरेका छन् । उनले सभापतिका अर्का आकांक्षी प्रकाशमान सिंह काठमाडौंमै केन्द्रित भएको आरोप लगाए । पार्टीको महामन्त्री भइसके पनि उनलाई देशभरका धेरै कार्यकर्ताले नचिन्ने पनि महामन्त्री कोइरालाको दाबी छ । ‘प्रकाशमानजीलाई सुन्दा नराम्रो लाग्न सक्छ, तर सत्य के हो भने उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ । काठमाडौं बाहिर निस्केपछि उहाँलाई मान्छेले चिन्दैनन् । उहाँ महामन्त्री हुनुभयो, तर कार्यकर्ताबीच उहाँमा आत्मीयता देखिँदैन,’ उनले भने । महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिमा प्रतिष्पर्धा गरिसकेकाले दोहो¥याउन नहुने आशय व्यक्त गरेका छन् । पौडेल आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार बन्ने कसरतमा छन् । तर, सभापति पदका अर्का आकांक्षी डा.शेखर कोइरालाको तयारीप्रति महामन्त्री कोइराला सकारात्मक देखिएका छन् । उनले सभापतिको उम्मेदवार बन्न डा.शेखरले सबैलाई मिलाउन सक्नुपर्ने सुझाव दिए । ‘शेखर दाइ पनि लागिराख्नुभएको छ । उहाँको सक्रियता देखिरहेको छु । उहाँको मिलेर जानुपर्छ भन्ने उहाँको भावनालाई कदर गर्छु,’ उनले भने, ‘उहाँसँग भेट भएको छैन । म भेट्छु । मलाई त उहाँले कन्भिन्स गर्न सकिहाल्नुहुन्छ । अरुलाई पनि कन्भिन्स गर्नुप¥यो ।’ उनी आफैँ पनि सभापति पदका आकांक्षी हुन् । उनले सभापति पदमा देउवालाई हराउनका लागि आफू एक मात्र विकल्प भएको दाबी पेस गर्दै आएका छन् । त्यस्तै, संस्थापनइतर समूहका नेताहरू एक ठाउँमा नआउने हो भने सभापति पद देउवालाई बुझाइ दिए हुने धारणा पनि राख्दै आएका छन् । सिंहको जवाफ : प्रकाशमानको रेकर्ड हेर्नुस् यता कांग्रेसका पूर्वमहामन्त्री सिंहले आफूलाई काठमाडौंबाहिर चिन्दैनन् भन्ने महामन्त्री डा. शशांक कोइरालालाई जवाफ फर्काएका छन् । बुधबार महामन्त्री डा. कोइरालाले सिंह काठमाडौंमा मात्र केन्द्रित भएको आरोप लगाएपछि आफ्नो रेकर्ड हेर्न चुनौती दिएका हुन् । बुधबार विराटनगरमा आयोजित कार्यक्रममा नेता सिंहले आफ्नाबारे दुस्प्रचार भएको बताएका छन् । पहिले काठमाडौंमै चिन्दैनन् भन्ने गरेको र अहिले काठमाडौं बाहिर चिन्दैन भन्ने गरेको भन्दै उनले भने, ‘प्रकाशमानको रेकर्ड हेरोस् ।’ आफूले गिरिजाप्रसाद कोइरालाको उपसभापति र सुशील कोइरालाको महामन्त्री भएर काम गरेको तथा १२औँ महाधिवेशनमा पार्टी सभापतिले भन्दा आफूले बढी भोट ल्याएको भन्दै नेता सिंहले प्रश्न गरे, ‘काठमाडौंको भोटले मात्र जितेको हुँ र ?’ महामन्त्री शशांक कोइरालातर्फ संकेत गर्दै पूर्वहमहामन्त्री सिंहले उनले भने, ‘म फलानो भएकाले मैले मात्र हराउन सक्छु भन्ने, कसरी भन्दा थाहा छैन भन्ने होइन ।’ हरेक नेताको परीक्षा संकटको बेला हुने भन्दै उनले नेता कार्यकर्तालाई रेकर्ड हेर्न आग्रह गरे । सानेपामा रिले अनसन डडेल्धुराको वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग गर्दै जिल्ला सभापति कर्णबहादुर मल्लले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा सुरु गरेका छन् । सभापति देउवा पक्षले एकतर्फी रूपमा वडा र पालिका अधिवेशन गरेको भन्दै जिल्ला सभापति मल्ल पक्षले पुनः अधिवेशन माग गर्दै आएको छ । जिल्लाको सिफारिसबिनै केन्द्रबाट क्रियाशील सदस्यता थप गरिएको भन्दै सभापति मल्ल पक्षले अधिवेशन बहिष्कार गरेको थियो । तर, निर्वाचन समितिले भने अधिवेशन प्रक्रिया अगाडि बढाएपछि जिल्ला मल्ल पक्ष अन्दोलनमा उत्रिएको हो । ११ दिन जिल्ला पार्टी कार्यालयमा अनसन बन्दा पनि सुनुवाइ नभएको भन्दै उनीहरू मंगलबार काठमाडौं आएर बुधबारदेखि अनसन सुरु गरेका हुन् । अनसनमा जिल्ला उपसभापति करुणाकर भट्ट, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष केशव सिंह, महाधिवेशन प्रतिनिधि हरि भट्टसहित स्थानीय नेताहरू सहभागी छन् । उनीहरूले आफूहरूको माग सम्बोधन नभएसम्म अनसन जारी राख्ने बताए । डडेल्धुरामा पालिका अधिवेशन सम्पन्न भइसकेको छ । डडेल्धुरामा ३ मंसिरमा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदै छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  ०३:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP